थप समाचार मेनु

कालीकोटमा उत्पादन हुने कृषि बाली पहिचानसहित बजारीकरण गरिने

- / शुक्रबार, फागुन २६, २०७९ १6:१४

कालीकोट । कालीकोटमा उत्पादन हुने अर्गानिक कृषि बालीलाई पहिचान दिइने भएको छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटले यहाँ उत्पादन हुने कालोमार्सी चामल, बेसार, स्याउलाई छुट्टै पहिचानसहित  बजारीकरणमा सहयोग गर्ने भएको हो । पहिचानसहित बजारीकरण गर्दा सहज हुने कार्यालय प्रमुख बालकराम देवकोटाले बताए । 

“कालीकोटमा उत्पादन हुने कृषि वस्तुको एकद्वार प्रणालीमा बिक्री वितरण नहुँदा पहिचानसमेत हुन सकेको छैन”, उनले भने, “यहाँ उत्पादन हुने कृषि उपजका वस्तु पहिचान दिएर बिक्री वितरण गर्ने व्यवस्था मिलाउँदै छौँ ।”

किसानले उत्पादन गरेका वस्तुको उत्पादनस्थलदेखि तीन किलो मिटरसम्म लागि ढुवानीको व्यवस्था कार्यालयले गर्ने प्रमुख देवकोटाको भनाइ छ । “ढुवानीसँगै उच्च मूल्यका कृषिजन्य वस्तु ठूला सहरमा बिक्री गर्ने व्यवस्था कार्यालयले मिलाउँछ”, उनले भने, “पुरानो रैथाने बाली चिनो, कागुनो र फापरको उत्पादन हुने क्षेत्र पहिचान गरिरहेका छौँ ।”

कालीकोटमा उत्पादन हुने रैथाने तथा अर्गानिक कृषि बाली पहिचानबिना बिक्री हुँदा उत्पादन कहाँ भएको हो भन्नेबारे कुनै जानकारी पनि नहुने भएकाले पहिचानसहित बिक्री गर्न लागिइएको हो । 

सम्बन्धित समाचार

जलवायु अनुकूलित गाउँका किसान व्यावसायिक बन्दै

- / शनिबार, चैत ११, २०७९

 

इलाम । चैत महिनाको सुक्खायाममा समेत नामसालिङका किसानको बारीमा हरियाली छ । खेतबारीमा तरकारी र टनेलमा विभिन्न बाली लगाएर आम्दानीसमेत बढेको छ । 

मौसममा अकबरेको उत्पादन, टमाटर, खुर्सानीका बिरुवा उत्पादन गरी बिक्री गरेको किसानको भनाइ छ । इलामको माइजोगमाई गाउँपालिकाको नामसालिङ गाउँका किसान तरकारीसहितका खेतीमा व्यावसायिक बन्न थालेका छन् । जलवायु अनुकूलन

 

इलाम । चैत महिनाको सुक्खायाममा समेत नामसालिङका किसानको बारीमा हरियाली छ । खेतबारीमा तरकारी र टनेलमा विभिन्न बाली लगाएर आम्दानीसमेत बढेको छ । 

मौसममा अकबरेको उत्पादन, टमाटर, खुर्सानीका बिरुवा उत्पादन गरी बिक्री गरेको किसानको भनाइ छ । इलामको माइजोगमाई गाउँपालिकाको नामसालिङ गाउँका किसान तरकारीसहितका खेतीमा व्यावसायिक बन्न थालेका छन् । जलवायु अनुकूलन गाउँ बनाउने किसानको प्रयासमा नोरेक नर्वेको सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्रले कृषकलाई सहयोग गर्दै आएको छ ।

विगत वर्षहरुमा भन्दा यस वर्ष आफ्नो उत्पादनसमेत वृद्धि भएको किसान मुकेश सञ्जेलले बताए । गएका वर्षमा भन्दा यस वर्ष उत्पादन र आम्दानी बढेको उनको भनाइ छ । किसानको उत्साहमा यहाँ सञ्चालित जलवायु अनुकूलन गाउँ उन्मुख योजनाले थप सहयोग गरेको छ । किसानलाई विभिन्न कृषि सामग्री अनुदान र कृषि सहकारीका सदस्यलाई गोठ सुधार र प्राङ्गारिक मल बनाउन सहयोग पुगेको संस्थाको दाबी छ । 

जलवायु अनुकूलित खेती प्रणाली प्रवद्र्धन गर्न तालिम र नवीकणीय ऊर्जा, प्रवद्र्धन गरिएको छ । गाइखुरे सहकारी संस्थाका सदस्यलाई सिँचाइका लागि स्प्रिङकल, गोठ सुधारका लागि चाहिने सामाग्री, टनेल खेतीमा चाहिने प्लाष्टिक र नेट वितरण गरिएको छ । प्लाष्टिक पोखरी निर्माण र टनेलमा तरकारी खेतीमा किसान अग्रसर भएका छन् ।

Read More

रुकुमपश्चिममा कृषकलाई दूधमा प्रोत्साहन

- / शनिबार, चैत ४, २०७९

काठमाडौं । रुकुमपश्चिममा कृषकले दूधमा प्रोत्साहन पाउन सुरु गरेका छन् । कर्णाली प्रदेश सरकारले पशु अस्पताल तथा पशु सेवा कार्यालयमार्फत जिल्लाका दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गर्न सुरु गरेको हो । 

    चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालनमा आएको हो । कृषकलाई दूधमा प्रतिलिटर रु पाँच प्रोत्साहनस्वरुप अनुदान वितरण भइरहेको पशु अस

काठमाडौं । रुकुमपश्चिममा कृषकले दूधमा प्रोत्साहन पाउन सुरु गरेका छन् । कर्णाली प्रदेश सरकारले पशु अस्पताल तथा पशु सेवा कार्यालयमार्फत जिल्लाका दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गर्न सुरु गरेको हो । 

    चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालनमा आएको हो । कृषकलाई दूधमा प्रतिलिटर रु पाँच प्रोत्साहनस्वरुप अनुदान वितरण भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिए । जिल्लामा अहिलेसम्म ९० कृषकले प्रोत्साहन पाउन सुरु गरेको उनले बताए । अहिलेसम्म प्रोत्साहनस्वरुप रु छ लाख ६५ हजार कृषकको खातामा रकम गएको उनको भनाइ छ ।

    अहिलेसम्म एक कृषकले कम्तीमा रु एक हजार दुई सयदेखि बढीमा रु ६५ हजारसम्म प्रोत्साहन रकम पाएको उनले जानकारी दिए । कृषकले बेचेको दूधका आधारमा प्रतिलिटर रु पाँच प्रोत्साहन रकम दिने व्यवस्था गरिएको छ । यसका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालय र स्थानीय तहमा दर्ता भएका दुग्ध सहकारी, डेरी र चिस्यान केन्द्रमा मात्र दूध बिक्री गर्नुपर्ने हुन्छ ।

    दूधमा प्रोत्साहन कार्यक्रमका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालयले कृषको आवेदन माग गरेको थियो । त्यसअनुसार जिल्लामा चार सय बढी कृषकले आवेदन दिएका थिए । प्रमुख शर्माका अनुसार प्रत्येक तीन–तीन महिनामा कृषकको खातामा रकम जम्मा हुने व्यवस्था गरिएको छ ।

    कृषकले कति दूध बिक्री गरे भनेर कार्यालय आफँैले सम्बन्धित दुग्ध सहकारी, डेरी तथा चिस्यान केन्द्रबाट विवरण लिने गरेको छ । त्यस्ता सहकारी, डेरी र चिस्यान केन्द्र अहिलेसम्म १७ रहेको बताइएको छ । दूधमा प्रोत्साहनका लागि प्रदेश सरकारले जिल्लामा चालु आवका लागि रु ४० लाख पठाएको छ ।

Read More
ads-image
ads-image
ads-image
ads-image