थप समाचार मेनु

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वरिष्ठ डेपुटी सीईओमा आचार्य

- / बिहीबार, चैत २, २०७९ १२:२३

 

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको वरिष्ठ डेपुटी सीईओमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् । फागुन २९ गते कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई कम्पनीको वरिष्ठ डेपुटी सीईओमा नियुक्त गरेको हो ।

यसअघि आचार्य साबिकको लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सीईओको रूपमा कार्यरत थिइन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा गाभिएसँगै कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई नयाँ कम्पनीको वरिष्ठ डीसीईओ पदमा पदस्थापन गरेको हो ।

नवनियुक्त वरिष्ठ डीसीईओ आचार्यसँग नेपाली बीमा क्षेत्रमा दुई दशक बढी काम गरेको अनुभव छ । आचार्यले यसअघि शिखर इन्स्योरेन्समा डेपुटी जनरल म्यानेजरको रूपमा काम गरेकी थिइन् । 

सम्बन्धित समाचार

युनाईटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

- / शनिबार, चैत १८, २०७९

काठमाडौँ । युनाईटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।दुई कम्पनीहरुको मर्जर कमिटि सहित अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अन्तिम सम्झौतापश्चात् कम्पनीको स्वाप रेसियो १०० बराबर ८२.५० कायम गरिएको छ ।

प्ररम्भिक मर्जरमा युनाइटेड र अजोड विच स्वाप रेसियो १००ः९० हुने प्रारम्भिक सहमति भएको थियो । तर डिडिएपश्चात् कम्प

काठमाडौँ । युनाईटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।दुई कम्पनीहरुको मर्जर कमिटि सहित अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अन्तिम सम्झौतापश्चात् कम्पनीको स्वाप रेसियो १०० बराबर ८२.५० कायम गरिएको छ ।

प्ररम्भिक मर्जरमा युनाइटेड र अजोड विच स्वाप रेसियो १००ः९० हुने प्रारम्भिक सहमति भएको थियो । तर डिडिएपश्चात् कम्पनीको स्वाप रोसियोमा परिर्वतन आएको छ । जसमा दुबै मर्जर कमिटिको सहमती भएको छ।

मर्जरमा जाने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका यी कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले पुस २९ गते सैद्धान्तिक सहमति दिएको हो ।प्राधिकरणले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम अजोड र यूनाइटेडलाई एक आपसमा गाभ्न र गाभिने (मर्जर) प्रक्रियामा जान सैद्धान्तिक सहमति दिएको हो ।

यस्तै मर्जर पछि बन्ने कम्पनीको नाम यूनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।

Read More

नेको इन्स्योरेन्सद्धारा शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा

- / बिहीबार, चैत १६, २०७९

काठमाडौं ।  नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

कम्पनीको गत माघ १५ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो ।

माघ २ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग

काठमाडौं ।  नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

कम्पनीको गत माघ १५ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो ।

माघ २ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा पठाउन सुरु गरेको हो ।

सो मितिपश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः लाभांश जम्मा हुने कम्पनीले जनाएको छ ।

Read More
ads-image
ads-image
ads-image
ads-image