नेप्सेमा ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
- / शुक्रबार, चैत ३, २०७९ ११:५८
- / शुक्रबार, चैत ३, २०७९ ११:५८
काठमाडौं । नेपाल स्टक एक्सेचेन्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । जसमा हिमालयन एभरेष्ट इन्सुरेन्सको २.७५% बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ४०८ रुपैयाँ ७६ पैसा निर्धारण गरेको छ । संस्थाको बिहीबारको अन्तिम कारोबार मूल्य ४२० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
यस्तै, प्रुडेन्सियल इन्सुरेन्सको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ४०० रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ । यसको ३.३२५% बोनस सेयरमा मूल्य समायोजन भएको हो । यसको बिहीबारको अन्तिमा कारोबार मूल्य ४१४ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २०% बोनस सेयरमा नेप्सेले मूल्य समायोजन गरेको छ । समायोजनपछि भाउ १ हजार ५० रुपैयाँ कायम भएको छ । बिहीबार यसको अन्तिम कारोबार मूल्य १ हजार २६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । यी तीन वटै कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि शुक्रबार (चैत ३ गते) बुक क्लोज गरेका हुन् । अब आइतबार यिनीहरुको समायोजित मूल्यमा कारोबार खुल्नेछ ।