सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज काठमाडाैंको लैनचौर ब्याङ्क्वेटमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,०१,०६,६९,६६२– को ८.५३४ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज काठमाडाैंको लैनचौर ब्याङ्क्वेटमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,०१,०६,६९,६६२– को ८.५३४ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम रु. १,३५,२२,२१३.४० (अक्षेरुपी एक करोड पैतीस लाख बाईस हजार दुई सय तेह्र र पैसा चालीस मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आ.व. ०७८-७९ को वित्तीय विवरण पारित गरी १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साथै, सोही साधारण सभा मार्फत तपसिल बमोजिम संस्थापक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएङ्का छन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
उक्त ६ जना निर्विरोध निर्वाचित संचालकहरुको नाम:
१. उज्जवल सत्याल – संस्थापक समूह
२. सुशिल काजी बानियाँ – संस्थापक समूह
३. गंगा सागर ढकाल – सर्वसाधारण समूह
४. लिसा शेरचन – सर्वसाधारण समूह
५. सुजन सिद्धि बज्राचार्य – संस्थापक समूह
६. नरेश ढुंङगाना – सर्वसाधारण समूह