थप समाचार मेनु

बेलायतले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि अनुदान सहयोग दिने

- / बिहीबार, चैत २, २०७९ १८:१९

काठमाडौं । बेलायत सरकारले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि रु १४ अर्ब ३१ करोड बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।‘नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रम’का लागि बेलायत सरकारकातर्फबाट उक्त अनुदान सहायता स्वीकार गरिएको हो । द्विपक्षीय सहयोगसम्बन्धी सम्झौतामा अर्थसचिव तोयम राय र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् । 

अर्थसचिव रायले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि बेलायत सरकारले लामो समयदेखि सहयोग गर्दै आएको स्मरण गरे । पछिल्लो सहयोगले स्थानीय तहको पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने र त्यसबाट नागरिकको सार्वजनिक जीवन थप गुणस्तरीय बन्ने विश्वास व्यक्त गरे ।

यस्तै नेपालका लागि बेलायतका राजदूत पोलिटले नयाँ कार्यक्रममार्फत स्थानीय तहलाई बलियो, सक्षम तथा जवाफदेही बनाउन सहयोग पुग्ने बताए । भौतिक पूर्वाधारको विकासपछि नेपाल सरकारले अपेक्षा गरेको विकासको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै राजदूत पोलिटले आगामी छ वर्षभित्र सो परियोजना कार्यान्वयन हुने बताए । नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धमा पछिल्लो परियोजनाको कार्यान्वयनसँगै अर्को महत्वपूर्ण उदाहरणको रूपमा स्थापित हुने उनको भनाइ छ । 

सम्बन्धित समाचार

मानव अधिकार तथा शान्ति समाज गोरखा शाखाद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

- फरक दृष्टि / शुक्रबार, चैत १७, २०७९

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाको आयोजनामा आज गोरखामा लोकतन्त्रको १७ बर्ष संक्रमणकालीन न्याय अलपत्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोरखा शाखा सभापति गोमा दुवाडीको अध्यक्षता र गोरखा नगरपालिका कि उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

संक्रमणकालिन न्याय अलपत्र अन्तरक्रिया कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका के

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाको आयोजनामा आज गोरखामा लोकतन्त्रको १७ बर्ष संक्रमणकालीन न्याय अलपत्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोरखा शाखा सभापति गोमा दुवाडीको अध्यक्षता र गोरखा नगरपालिका कि उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

संक्रमणकालिन न्याय अलपत्र अन्तरक्रिया कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव सिताराम तिवारीले शान्ति समाजको अवधारणा पत्र प्रस्तुत गरेका थिए भने पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडीले सहभागीहरुको जिज्ञासाको जवाफ दिएका थिए।

कार्यक्रममा नेपाली काँग्रसका सहसचिव लुमनाथ लामिछाने, नेकपा एमालेका सचिव काजिराम रोका, शान्ति समाज गोरखाका पूर्व सभापति यदु अधिकारी, जिल्ला प्रशाशन कार्यालयका प्रशासकीय अधिकृत चुडानिधि तिवारी लगायतका वक्ताहरुले आआफ्नो धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा ४८ जनाको सहभागिता रहेको थियो ।

Read More

सरकार र मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता गृहमन्त्रालयमा जारी

- / शुक्रबार, चैत १७, २०७९

काठमाडौं । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता गृहमन्त्रालयमा जारी छ । विहीबार बिहान भएको पहिलो वार्ता निष्कर्षविहीन भएपछि आज बिहानदेखि दोस्रो चरणको वार्ता सुरु भएको हो ।

विहीबार साँझ नै दोस्रो चरणको वार्ता हुने भनिए पनि पीडित पक्षले तयारी नपुग्ने भन्दै आज बिहानसम्मको समय मागेका थिए । संघर्ष समितिका तर्फबाट वार्ता टोली सदस्य संघर्ष दाहालले दोस्

काठमाडौं । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता गृहमन्त्रालयमा जारी छ । विहीबार बिहान भएको पहिलो वार्ता निष्कर्षविहीन भएपछि आज बिहानदेखि दोस्रो चरणको वार्ता सुरु भएको हो ।

विहीबार साँझ नै दोस्रो चरणको वार्ता हुने भनिए पनि पीडित पक्षले तयारी नपुग्ने भन्दै आज बिहानसम्मको समय मागेका थिए । संघर्ष समितिका तर्फबाट वार्ता टोली सदस्य संघर्ष दाहालले दोस्रो चरणको वार्ताका लागि आफूहरु गृहमन्त्रालयमा रहेको बताए ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोज कुमार पासवानले नेतृत्व गरेका छन् ।

विहीबारको वार्तामा संघर्ष समितिले ९ बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएको थियो । आज त्यसमा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुनेछ ।

Read More
ads-image
ads-image
ads-image
ads-image