एशियन लाइफद्धारा लाभांश प्रस्ताव
- / मंगलबार, फागुन ३०, २०७९ १२:३८
- / मंगलबार, फागुन ३०, २०७९ १२:३८
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ८।५० प्रतिशतका दरले हुन आउने २४ करोड ७१ लख ८९ हजार ४४२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।४४ प्रतिशतका खरले हुन आउने १ करोड ३० लाख ९ हजार ९७० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लाख रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।