थप समाचार मेनु

सनराईज बैंकको २ लाख ६३ हजार कित्ता सेयर बिक्रिमा

- / शुक्रबार, चैत ३, २०७९ ०९:२७

काठमाडाैं । सनराईज बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्न लागेको छ । बैंकको संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २ लाख ६३ हजार ४९६ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयर बिक्री गर्न लागेको हो । 

बैंककले उक्त सेयरको न्यूनतम मूल्य १२५ रुपैयाँ प्रतिकित्ता तोकेको छ । इच्छुक आवेदकले १२५ वा सो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर, बैंकको बैंकको केन्द्रिय कार्यलय गैरीधारा काठमांडौमा आईपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो । 

सो समयभित्र कुनैपनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम संस्थापक शेयरधनीहरुको दावी नभएको सम्झी अन्य व्यक्तिहरुलाई बिक्री गरिने पनि बैंकले जनाएको छ । 

सम्बन्धित समाचार

सगरमाथा हाइड्रोपावरको आईपीओ बाँडफाँट

- / शुक्रबार, चैत १७, २०७९

 

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सर्वसाधारणमा निष्काशित प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । शुक्रबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले उक्त आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले ८ चैतदेखि १२ चैतसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७६० कित्ता साधारण सेयर सार्वजनि

 

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सर्वसाधारणमा निष्काशित प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । शुक्रबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले उक्त आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले ८ चैतदेखि १२ चैतसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७६० कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको थियो । उक्त आईपीओमा १४ लाख ४४ हजार ९७८ जना आवेदकबाट १ करोड ६२ लाख २९ हजार २३० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

जसमध्ये विभिन्न कारणले आवेदन रद्द भएर १३ लाख ९३ हजार १५३ जनाको कुल १ करोड ५१ लाख ८७ हजार ९९० कित्ता सेयर माग गरेको आवेदन सदर भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । सर्वसाधारणका लागि निष्काशित ३५ लाख ८१ हजार ७६० कित्ता सेयरका लागि माग भन्दा अधिक सेयरको लागि आवेदन प्राप्त भएकोले जनाएको छ ।

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले रितपूर्वक प्राप्त भएका आवेदकहरुमध्ये जम्मा ३ लाख ५८ हजार १७६ जना आवेदकहरुलाई १० कित्ताको दरले आईपीओ बाँडफाँट भएको बिक्री प्रब्न्धकले जनाएको छ ।

Read More

१०.८७ अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

- / बिहीबार, चैत १६, २०७९

 

काठमाडौं । सेयर बजारमा बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि सुस्त बन्दै गएको छ । लगातार दोस्रो कारोबार दिन पनि कारोबार रकम १ अर्ब भन्दा तल झरेको हो । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १०.८७ अंकले गिरावट हुँदा १९०८.५५ अंकमा बन्द भएको छ ।

होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेक सबै उपसूचमा गिरावट भएका छन् । होटल तथा पर्यटन उपसूचक ०.

 

काठमाडौं । सेयर बजारमा बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि सुस्त बन्दै गएको छ । लगातार दोस्रो कारोबार दिन पनि कारोबार रकम १ अर्ब भन्दा तल झरेको हो । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १०.८७ अंकले गिरावट हुँदा १९०८.५५ अंकमा बन्द भएको छ ।

होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेक सबै उपसूचमा गिरावट भएका छन् । होटल तथा पर्यटन उपसूचक ०.५० प्रतिशतले बढेको छ ।

सेयर बजार परिसूचक नेप्से घटेर लल्लो विन्दुमा आउँद लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका छन् । जसले कारोबार रकम पनि घट्दै गएको छ । नेप्सेमा सुस्त बन्दै गर्दा पनि कारोबार रकम लगातार १ अर्ब माथि भएपनि बुधबार र बिहीबार भने १ अर्बबाट तल झरेको हो । बुधबार करिब ८२ करोडको सेयर कारोबार भएको बजारमा बिहीबार ८९ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

२६ हजार ४३४ वटा कारोबारमा २७ लाख ५० हजार ६५५ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ५ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ३ करोड १२ लाख र जीवन विकास लघुवित्तको २ करोड १४ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१५ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १५७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४९ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये सुपरमाइ हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा कालिञ्चाक दर्शनको सेयरमूल्य ६.०८ प्रतिशत र आरएसडीसी लघुवित्तको सेयरमूल्य २.५७ प्रतिशतले वृद्धि भएको छ ।

आदर्श लघुवित्तको सेयरमूल्य ६.०७ प्रतिशत गिरावट हुँदा जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ३.८६ प्रतिशत र सपोर्ट लघुवित्तको सेयरमूल्य ३.७१ प्रतिशतले गिरावट भएको छ ।

Read More
ads-image
ads-image
ads-image
ads-image