थप समाचार मेनु

नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक

- / मंगलबार, जेठ ९, २०८० १४:०८

काठमाडाैं । यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को 'लिरिकल भिडियो' सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ ।

    चलचित्रमा विसं २०७२ को भूकम्पमा परेर परिवारका सदस्य गुमाएको कथाबस्तु समेटिएको छ । प्रस्तुत  गीतमा राजेश पायल राईको स्वर र चन्द्रकुमार दोङको संगीत रहेको छ । सेलो सङ्गीतमा आधारित गीतको लिरिकल भिडियोमा दयाहाङ राई आफ्नो परिवारसँग रमाइरहेका देखिन्छन् तर भूकम्पपछि परिवारका सदस्य गुमाउनुपर्दाको दुःख र पीडाहरु पनि प्रस्तुत गरिएको छ । 

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकीको  अभिनय रहेको यस चलचित्रको निर्देशन फूलमान वलले गरेका हुन् । पटकथा लेखकसमेत रहेका निर्देशक वल यो चलचित्रमा  भूकम्पले तोडेको सम्बन्धलाई जोड्न गरिएको प्रयत्न हो भन्छन् । ‘कन्टेन्ट’ प्रधान चलचित्रका रूपमा रहेको ‘नीरफूल’ मा विगतको त्यो त्रासदीपूर्ण भूकम्पमा आफूले पनि भोग्नुपरेको पीडालाई स्मरण गर्दै दर्शकले रुचाउनेमा उहाँको अपेक्षा छ । 

धादिङको रुवीभ्याली र रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौँमा छायाङ्कन गरिएको यस चलचित्रमा अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको छ । प्रमोद कार्कीले खिचेको यस चलचित्रमा सचिन घिमिरे एशोसिएट निर्देशक, निमेष श्रेष्ठको सम्पादन एवं अर्जुन पोखरेल तथा चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।
नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यस चलचित्रमा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको पनि अभिनय छ । 

सोनाम डोमा कार्यकारी निर्माता रहेको यस चलचित्रमा निर्माताका रुपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा र ईन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा र विके श्रेष्ठलगायत छन् । 

सम्बन्धित समाचार

सङ्गीतकार अर्जुन र गायिका दुर्गा बुबा आमा बन्दै 

- फरक दृष्टि / सोमबार, जेठ २२, २०८०

लामो समय देखि चलचित्र तथा सुगम सङ्गितमा चर्चा र लोक प्रियताको सिखरमा रहनु भएका सङ्गीतकार अर्जुन पोखरेल र सफल चर्चित गायिका दुर्गा  खरेल बुबा आमा बन्ने भएकाछन ।
 
सङ्गीतकार अर्जुन पोखरेलले आफ्नो फेसबुक इन्स्टाग्राममा  गायिका दुर्गा खरेल सङ्गको आत्मिय प्रेमील तस्बिरहरु सेयर गर्दै यो सुन्दर अनुभवको सुखद अनूभुति भनेर खुसी व्यक्त गरेकाछन नेपाली गीत संगीतमा अर्जुन र

लामो समय देखि चलचित्र तथा सुगम सङ्गितमा चर्चा र लोक प्रियताको सिखरमा रहनु भएका सङ्गीतकार अर्जुन पोखरेल र सफल चर्चित गायिका दुर्गा  खरेल बुबा आमा बन्ने भएकाछन ।
 
सङ्गीतकार अर्जुन पोखरेलले आफ्नो फेसबुक इन्स्टाग्राममा  गायिका दुर्गा खरेल सङ्गको आत्मिय प्रेमील तस्बिरहरु सेयर गर्दै यो सुन्दर अनुभवको सुखद अनूभुति भनेर खुसी व्यक्त गरेकाछन नेपाली गीत संगीतमा अर्जुन र दुर्गालाई सफल र सरल सांगितिक जोडीको रुपमा हेरिन्छ ।

पोखरेल र खरेलका दर्जनौँ गीतहरु लोकप्रिय छन, र यो  जोडीको प्रेमिल  तस्विरहरु  नोर्लिङ रिसोर्टको मनोरम लोकेसनमा फोटोग्राफर महेश प्रधानले कैद गरेका हुन ।

 

Read More

चलचित्रको निर्माण घट्दो

- / सोमबार, जेठ २२, २०८०

काठमाडाैं । अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण सङ्ख्या घट्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष छायाङ्कन भइरहेको चलचित्रको सङ्ख्या कम देखिन्छ । त्यसो त पानी पर्ने समय भएकाले पनि यो समयमा ‘स्टुडियो’भन्दा बाहिर छायाङ्कन सहज हुँदैन । यद्यपि सङ्ख्याकै हिसाबमा पनि कम देखिएको निर्माताको छाता सङ्गठन नेपाल चलचित्र निर्माण सङ्घका अध्यक्ष नवल खड्काले बताए । 

काठमाडाैं । अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण सङ्ख्या घट्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष छायाङ्कन भइरहेको चलचित्रको सङ्ख्या कम देखिन्छ । त्यसो त पानी पर्ने समय भएकाले पनि यो समयमा ‘स्टुडियो’भन्दा बाहिर छायाङ्कन सहज हुँदैन । यद्यपि सङ्ख्याकै हिसाबमा पनि कम देखिएको निर्माताको छाता सङ्गठन नेपाल चलचित्र निर्माण सङ्घका अध्यक्ष नवल खड्काले बताए । 

उनले भने, “अहिले अन्य क्षेत्रमा समेत मन्दी देखिएको छ । चलचित्र त्यसबाट अछुतो छैन । सबैभन्दा पहिले गाँस, बास र कपास हो । त्यसपछि मनोरञ्जन आउँछ ।” यस अगाडि पनि चलचित्र निर्माणमा लागत बढिरहेको सन्दर्भमा निर्माता सङ्घले चिन्ता व्यक्त गरेको थियो ।

“निर्माण लागत विविध कारणले बढिरहेको छ । बजारबाट न्यूनतम आउने व्यापारको कुनै मापन नै छैन”, उनले भने । निर्देशक ज्ञानेन्द्र देउजाले अहिले बजार बुझ्न सहज नरहेको बताए । “पहिला चलचित्र निर्माण भएर प्रदर्शन हुँदा यतिसम्म लगानी फिर्ता हुन्छ भन्ने अनुमान गर्न सकिन्थ्यो । हामीले राख्ने कलाकारकै कारण वितरकबाट उठ्ने लागत पनि थियो । अहिले त्यो छैन”, निर्देशक देउजाले भने  । उनि पनि चलचित्रको पटकथामा व्यस्त छन् । 

चलचित्र व्यवसाय मात्र होइन, निर्माण पनि घट्न थालेको छ । अहिले भने ‘ह्यासट्याग माया’, ‘दिमाग खराब’, ‘देववाणी’ लगायत केही चलचित्र छायाङ्कनमा छन् । केही निर्माता पर्ख र हेरको अवस्था रहेको बुझिन्छ । आउँदो भदौबाट सम्भावना बोकेका नेपालीसँगै विदेशी चलचित्र प्रदर्शन हुँदैछन् । तिनले गर्ने व्यापारले पनि चलचित्र क्षेत्रको मार्गनिर्देश गर्ने नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताए । 

“अहिले चलचित्र भवनमा धेरै तथ्य बुझेर आउने गरेको पाएको छु । चलचित्र हेर्न जाउँ भनेर आइहाल्ने दर्शक कम हुनुहुन्छ”, उनले भने, “दसैँ आसपासका चलचित्रले राम्रो व्यापार गरेमा निर्माणमा तिब्रता आउने छ ।” चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष विसं २०७९ मा नेपाली ५२ चलचित्र प्रदर्शन भएका थिए । 

Read More
ads-image
ads-image
ads-image
ads-image