थप समाचार मेनु

सडक खाली नगराई कुमारी घर पुगे राष्ट्रपति पौडेल

- / शनिबार, चैत ४, २०७९ १७:४९

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कारकेड नलिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् ।

राष्ट्रपति पौडेलले शनिबार अपरान्ह कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् । कारकेड बिनानै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे ।

त्यसक्रममा सर्वसाधारणले सडकमा सवारी साधन चलाइरहेका थिए भने पैदलयात्रुलाई पनि रोकिएको थिएन । राष्ट्रपतिको सवारीका बेला सडक आली गराइएको र सर्वसाधारणलाई हिँड्न पनि नदिएको भन्दै विगतमा आलोचना हुने गरेको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पशुपतिनाथको दर्शन गर्न जाँदा सडक खाली गराइएको थियो र उनको पनि आलोचना भएको थियो ।

राष्ट्रपति पौडेलले बसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए ।

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् । कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्केका थिए । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।

यसअघि शनिबार नै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ ।

सम्बन्धित समाचार

रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन

- / शनिबार, चैत १८, २०७९

रसुवा ।  आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो।

नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्। नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्

रसुवा ।  आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो।

नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्। नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए। आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ।

केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ।

Read More

मानव अधिकार तथा शान्ति समाज गोरखा शाखाद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

- फरक दृष्टि / शुक्रबार, चैत १७, २०७९

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाको आयोजनामा आज गोरखामा लोकतन्त्रको १७ बर्ष संक्रमणकालीन न्याय अलपत्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोरखा शाखा सभापति गोमा दुवाडीको अध्यक्षता र गोरखा नगरपालिका कि उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

संक्रमणकालिन न्याय अलपत्र अन्तरक्रिया कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका के

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाको आयोजनामा आज गोरखामा लोकतन्त्रको १७ बर्ष संक्रमणकालीन न्याय अलपत्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोरखा शाखा सभापति गोमा दुवाडीको अध्यक्षता र गोरखा नगरपालिका कि उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

संक्रमणकालिन न्याय अलपत्र अन्तरक्रिया कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव सिताराम तिवारीले शान्ति समाजको अवधारणा पत्र प्रस्तुत गरेका थिए भने पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडीले सहभागीहरुको जिज्ञासाको जवाफ दिएका थिए।

कार्यक्रममा नेपाली काँग्रसका सहसचिव लुमनाथ लामिछाने, नेकपा एमालेका सचिव काजिराम रोका, शान्ति समाज गोरखाका पूर्व सभापति यदु अधिकारी, जिल्ला प्रशाशन कार्यालयका प्रशासकीय अधिकृत चुडानिधि तिवारी लगायतका वक्ताहरुले आआफ्नो धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा ४८ जनाको सहभागिता रहेको थियो ।

Read More
ads-image
ads-image
ads-image
ads-image