थप समाचार मेनु

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साइकल र्‍यालीको आयोजना, 'लक्की ड्र' बाट एकजना भाग्यमानी सहभागीलाई साइकल

- फरक दृष्टि / बुधबार, जेठ १०, २०८० १6:१५

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा जेठ २० गते शनिवार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍यालीको आयोजना गर्न लागेको छ ।

यस बैंकले गतवर्ष समेत वातावरण दिवसको दिन पहिलो बृहत साइकल र्‍याली सफलता पूर्वक सम्पन्न गरेको थियो । यस वर्षसमेत अझ सशक्तपूर्वक धेरै भन्दा धेरै सहभागिता जुटाई बृहत रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ दोस्रोे “साइकल र्‍याली, २०८०” को आयोजना गर्न लागेको कम्पनीले जानकारी दिएको छ । “इन्धन जोगाऔं, पृथ्वीबचाऔं” भन्ने मूल नाराका साथ आह्वान गरिएको साइकल र्‍यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनीएवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरुको उत्साहजनक सहभागिता भई सम्पन्न हुनेमा बैंक विश्वस्त रहेको छ ।

यस साइकल र्‍याली जेष्ठ २० गते शनिवार बिहान ७ः०० बजे बैंक केन्द्रिय कार्यालयको प्राङ्गणबाट शुरु भई लगभग १० किमीको यात्रा पश्चात सानो गौचरणमा सम्पन्न हुने कम्पनीले जानएको छ । यस साइकल र्‍यालीबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिताएवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुर्‍याउनको निम्ति समाजमा चेतना फैलाउन योगदानपुग्ने विश्वास राखेको छ ।

यस र्‍यालीमा सहभागी स्वयंले साइकलएवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । र्‍यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप विरुवा प्रदान गरिनेछ । यसैगरि, र्‍यालीमा नाम दर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने “लक्की ड्र” बाट एकजना भाग्यमानी सहभागीलाई साइकल समेत वितरण गरिनेछ । यस साइकल र्‍यालीलाई विभिन्न क्षेत्रका संघसंस्थाहरुको समेत आ–आफ्नो तवरबाट सहयोग तथा साथ लिएर आयोजना गर्न लागिएको जानकारी बैंकले गरेको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

- / आइतबार, जेठ २१, २०८०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक तर्फको १ हजार ५०९ दशमलव ७५ कित्ता संस्थापक शेयर जेठ २० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. १०४ मूल्य अंकित गरी उक्त शेयर विक्रीमा ल्याएको हो । 

यसअघि बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी विक्री खुला गरेको थियो । सो अवधिमा विद्यमान संस्थापकबाट आवेदन नपरेपछि

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक तर्फको १ हजार ५०९ दशमलव ७५ कित्ता संस्थापक शेयर जेठ २० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. १०४ मूल्य अंकित गरी उक्त शेयर विक्रीमा ल्याएको हो । 

यसअघि बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी विक्री खुला गरेको थियो । सो अवधिमा विद्यमान संस्थापकबाट आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याइएको हो ।

यो शेयर खरीद गर्नका लागि इच्छुक लगानीकर्ताहरूले ३५ दिनभित्र आवेदन दिनुपर्ने जानकारी बैंकले दिएको छ ।  

Read More

कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच मर्चेन्ट सम्झौता

- / शुक्रबार, जेठ १९, २०८०

काठमाडौं ।  कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकरुले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राईभिङ्ग तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने ड्राईभिङ्ग तालिमहरुम

काठमाडौं ।  कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकरुले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राईभिङ्ग तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने ड्राईभिङ्ग तालिमहरुमा बैंकका ग्राहकहरुले १२ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा सो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । उक्त सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Read More
ads-image
ads-image
ads-image
ads-image