थप समाचार मेनु

जग्गा नाप जाँच द्रुतगतिमा अघि बढाउन माग

- / शनिबार, चैत ४, २०७९ ०९:१९


कञ्चनपुर । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल जिल्ला कार्य समिति कञ्चनपुरले जिल्लाका पालिकामा सञ्चालन भइरहेको जग्गा नाप जाँचको कार्य द्रुतगतिमा अघि बढाउन माग गरेको छ ।

भूमिसम्बन्धी ऐन (आठौँ संशोधन) र भूमिसम्बन्धी नियम अठारौँ संशोधनको व्यवस्थाअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासोकी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवधिक लक्ष्य निर्धारण गरी सोहीअनुसार बजेट, जनशक्ति र उपकरणको व्यवस्थापन गरी कामलाई गति दिनुपर्नेमा जोड दिइएको छ ।

भूमिसम्बन्धी ऐन र नियममा भएको व्यवस्थाअनुसार जिम्मेवार निकायलाई प्रभावकारीरुपमा परिचाल नगर्न सैद्धान्तिक र व्यवहारिक ज्ञान सीपका लागि प्रशिक्षणको व्यवस्था गरिनुपर्ने मञ्चका जिल्ला अध्यक्ष कर्णबहादुर बानियाले बताए। “जग्गासम्बन्धी समस्या समाधानका लागि स्थानीय तहमा ९पालिका र वडा० सहजीकरण समिति निर्माण गरी परिचालन गर्ने कानुनी व्यवस्थालाई महत्त्वपूर्ण अवसरको रूपमा लिई त्यसलाई जिम्मेवार र सक्षम बनाउन पहल गरिनुपर्छ”, उनले भने, “समितिमा भूमि, आवासको क्षेत्रमा काम गरी अनुभव भएका र स्वस्फुर्तरुपमा योगदान दिन सक्ने व्यक्तिलाई अनिवार्य समावेश गरिनुपर्छ ।”

भूमिसम्बन्धी नियममा उल्लेख भएअनुसार चरणबद्ध काम गरी व्यवस्थापन प्रक्रियालाई व्यवस्थित र भरपर्दो बनाउनुपर्ने उनको भनाइ रहेको छ । स्थानीय तहमा जनशक्ति अभावले कामका ढिलाइ भइरहेको हुँदा त्यसको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोगमार्फत पहल गरिनुपर्ने मञ्चका केन्द्रीय सदस्य नन्दादेवी जोशीले बताइन्।

“आगामी वर्षका लागि आवश्यक हुने बजेट अनुमान गरी सङ्घ र प्रदेश तहमा समन्वय गरिनुपर्छ”, उनले भनिन्, “भूमि व्यवस्थापनको कार्यलाई दिगो र सहज बनाउन स्थानीय भू उपयोग योजना तर्जुमा प्रक्रियामा समन्वयकारी भूमिका निर्वाह गरिनुपर्छ”, स्थानीय परिवेशमा आधारित भू उपयोग योजना निर्माणका लागि सहजीकरण गरिनुपर्ने उनले उल्लेख गरिन् ।

“कतिपय ठाउँमा जग्गा विवाद, जोखिम क्षेत्र भनी नाप जाँचको कार्य नै गरिएको छैन”, उनले भनिन्, “यसले भूमि समस्या समाधान प्रक्रिया अधुरो रहने भएकाले समग्र समस्या समाधान हुने गरी जग्गा नाप जाँच गरिनुपर्छ ।” राजस्व निर्धारण प्रक्रिया झन्झटिलो, महँगो भएका कारण सानो जग्गा भएका भूमिहीनलाई जग्गा दर्ता गराउन समस्या भएकाले यसलाई सहज र सस्तो बनाइनुपर्ने राष्ट्रिय भूमि अधिकार मञ्चका सुदूरपश्चिम प्रदेश महासचिव रामबहादुर चुनाराले बताए ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोेबासी र जग्गासम्बन्धीको अधुरा कार्य (सेतो पुर्जा) को व्यवस्थापनका लागि सैद्धान्तिक प्रशिक्षण, लगत सङ्कलन, छानबिन र जग्गा नाप जाँचको प्रक्रिया यथाशीघ्र अगाडि बढाइनुपर्ने उनले बताए । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गानाले आयोगको कार्य विधिअनुसार कामकाज अघि बढेको उल्लेख गर्दै केही स्थानीय तहको व्यवस्थापनका कारण समस्या देखिएको बताए । दक्ष जनशक्ति अभावका कारण पनि जग्गा नाप जाँचको कार्यलाई द्रुत गतिमा अगाडि बढाउन समस्या भइरहेको उनको भनाइ थियो ।

राष्ट्रिय भूमि आयोगका कामकाज सुस्त भएपछि भूमिहीन परिवारले महेन्द्रनगरमा प्रदर्शन गरेर दबाब दिएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्चको अगुवाइमा भूमिहीन परिवारले प्रदर्शन गरी आयोग र स्थानीय तहलाई माग पत्र बुझाएका छन् । कञ्चनपुरमा हालसम्म भूमिहीन दलित दुई हजार दुई सय ९८, भूमिहीन सुकुम्वासी दुई हजार सात सय २८, अव्यवस्थित बसोबासी ६३ हजार नौ सय ३७ गरी ६८ हजार नौ सय ६३ र विगतको अधुरो कार्य ९सेतो पुर्जा०का चार हजार नौ सय ६७ परिवारको लगत सङ्कलन गरिएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुर, भीमदत्त, बेदकोट, शुक्लाफाटा, कृष्णपुर, बेलौरी नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकामा मञ्चले अवधारणा, मागपत्र तयार गरी भूमि अधिकार वञ्चितको सहभागितामा र्याली, प्रदर्शन, गरी सरोकारवाला निकायलाई मागपत्र पेस गर्ने कार्य गरिरहेको छ । जग्गा नाप जाँचको कार्यलार्ई गतिशील बनाउन भूमि अधिकार प्राप्तिका लागि खबरदारी अभियानका कार्यक्रम अगाडि बढाएको छ ।  

सम्बन्धित समाचार

गहुँ खेतीमा रगिन गरिँदै

- / बिहीबार, चैत १६, २०७९

कैलाली । कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । 

बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थि

कैलाली । कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । 

बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष २४ किसानलाई रगिनको कार्यमा लगाएको छ । बीजवृद्धिका लागि गरिएको खेतीबाट गुणस्तरीय बीउ उत्पादन गर्न सहकारीले किसान परिचालन गरी रगिन गराइरहेको छ । 

उत्पादनमा गुणस्तरीयतासँगै बीउ उत्पादक किसानलाई सहज हुने भएकाले सहकारीले नै रगिनको काम गराइरहेको रगिन कार्यका फोकल पर्सन फुलराम कठरियाले बताए । “हामी किसानसँगै रगिन कार्यमा खटेका छौँ, रगिन गर्दा किसानलाई नै फाइदा पुग्छ”, उनले भने, “यहाँ व्यक्तिगत र समूहमा मिलेर बीजवृद्धिका लागि गहुँ खेती गरिएको छ ।”

बीजवृद्धि सहकारी मुनुवाले यस वर्ष करिब एक सय ५० हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँको बीजवृद्धि खेती गरेको छ । गुणस्तरीय बीउ उत्पादनअन्तर्गत जातीय शुद्धताका लागि खडा र तयारी अवस्थामा रहेकोे गहँुबालीमा अनावश्यकरुपमा रहेको बेजात झार हटाई जातीय शुद्धताका लागि अपनाइने कार्यलाई रगिन भनिन्छ । रगिन गर्दा खडा र तयारी अवस्थामा रहेको खेतमै कृषि प्राविधिकको प्रत्यक्ष संलग्नता, निरीक्षण र सल्लाहबमोजिम गरिन्छ । सोहीअनुसार आफूहरुले रगिन गरिरहेको मुनुवाका प्रबन्धक गोविन्द रावतले बताए । 

“बेजात, झारपात हटाउनका लागि रगिन गरिएको हो”, उनले भने, “बेजात र झारपात हटाएमा गुणस्तरीय बीउ तयार हुन्छ । यो कार्य बाली पोकेका बेला गर्न सकिन्छ ।”

गुणस्तरीय बीउमा शतप्रतिशत जातीय शुद्धता नहुने भएकाले रगिन गर्नुपर्ने हुन्छ । बीउ उत्पादनका लागि गरिने बालीको कम्तीमा दुईपल्ट रगिन गरिनु आवश्यक भएको प्राविधिक बताउँछन् । रगिन बाली पसाउनुपूर्व र बाली तयारीपूर्व गर्ने गरिन्छ । 

यसरी रोपिएका जातमा बेजात बाली हटाउने, विभिन्न झारपात हटाउने कार्य गरिन्छ । सोही आधारमा रगिनको टोली बनाएर गहुँ बालीको निरीक्षणसहित रगिन गर्ने कार्य भइरहेको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताए ।

बीउमा शुद्धता नहुने भएकाले कृषि प्राविधिक वा दक्ष कृषकले मात्र रगिन गर्नुपर्दछ । रगिन गर्दा कृषि प्राविधिकको निरीक्षणसहित फिल्डमा काम गर्नुपर्ने भएकाले बीजवृद्धिका क्षेत्रमा क्रियाशील कृषि सहकारी, समूहले विशेष रगिन टोली बनाई काम भइरहेको क्षेत्रीय बीउबीजन प्रयोगशाला सुन्दरपुर, कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले बताए । 

“विगत वर्षबाटै यो भइहरेको छ । रगिन गर्दा किसान, समूहलाई मात्र दिएर हुँदैन”, उनले भने, “स्वयं किसानलाई बालीको माया लाग्ने भएकाले बेजात हटाउन लोभ गर्नुहुन्छ । त्यसैले टोली बनाएर रगिन गर्न सल्लाह दिएका छौँ ।”

Read More

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा

- / बुधबार, चैत १५, २०७९

 

बैतडी । जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।  तीन दिनसम्म देहिमाडौँमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष शेरसिंह खत्रीले जानकारी र्दिए ।  बन्द प्रशिक्षणका लागि नरेन भट्ट, आकाश चन्द, विक्की चन्द, सुदी

 

बैतडी । जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।  तीन दिनसम्म देहिमाडौँमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष शेरसिंह खत्रीले जानकारी र्दिए ।  बन्द प्रशिक्षणका लागि नरेन भट्ट, आकाश चन्द, विक्की चन्द, सुदीप कार्की, हर्ष कार्की, सचिन भट्ट, कल्पेश चन्द, आयुश चन्द, अशोकनाथ योगी, दिपेश पाण्डे, विक्रम बोहरा, जित्तु थापा, भुपेश चन्द, विनोद लावड, रुपेश साउद, निखिल चन्द, हेमन्त धामी र रोशन चन्द छनोट भएका छन् ।

यहाँका पालिकाबाट आएका खेलाडीबाट टोली बनाएर यसअघि प्रतिस्पर्धा गराइएको र त्यसपछि खेलाडी छनोट गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज वोकटीले जानकारी दिए ।  सहभागी हुन आउने खेलाडीलाई अनिवार्यरूपमा उमेर खुल्ने कागजपत्र ल्याउन आग्रह गरिएको छ ।  बन्द प्रशिक्षणको मिति केही दिनमै तोकिने र प्रशिक्षण देहिमाडौँस्थित निङ्ग्लाशैनी खेलमैदानमा सञ्चालन हुनेछ । प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा जिल्ला टोली घोषणा गरिने क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । छनोट भएको जिल्लाको टोलीले प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ ।
  
नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको इस्टजोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला छनोट चैत १५ भित्र गरिसक्न निर्देशन दिएको थियो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेसियामा हुनेछ । सोही प्रतियोगितामा नेपाल पनि सहभागी हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ । 

Read More
ads-image
ads-image
ads-image
ads-image