थप समाचार मेनु

नेपाल बीमा प्राधिकरणको ५५ औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

- फरक दृष्टि / आइतबार, बैशाख ३१, २०८० २०:१७

नेपाल बीमा प्राधिकरणको ५५ औं वार्षिकोत्सवका अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट शुरू भएको प्रभातफेरी र्याली सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरण र बीमा कम्पनीहरूको एउटै उद्देश्य भनेको आम जनतालाई बीमाको महत्वका बारेमा जानकारी गराई बीमा सेवा पुर्याउनु भएकाले त्यसका लागि सम्बद्ध सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।

अध्यक्ष सिलवालले भने, “पछिल्ला दुई वर्षमा बीमा सम्बन्धी जनचेनता अभिवृद्धिले फड्को मारेको छ । जुनरूपमा बीमा सचेतनाले व्यापकता पाएको छ, त्यहीरूपमा बीमा कम्पनीहरूआम जनतासम्म पुग्नुपर्यो, बीमा सेवा उपलब्ध गराउनुपर्यो र सेवा दीगो हुनुपर्यो । कम्पनीहरूले बीमालेखलाई समयानुकूल परिमार्जन गर्नुपर्यो, बीमितलाई थप सुविधाको व्यवस्था गर्नुपर्यो ।” अध्यक्ष सिलवालले आम नागरिकलाई बीमाको दायरामा ल्याउनका लागि बीमा कम्पनीहरू लगायत सम्बद्ध सबैबाट साथ र सहयोग निरन्तर प्राप्त भइरहने विश्वास व्यक्त गरे ।

प्रभावतफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी), निर्देशक दिनेश कुमार लाल र कर्मचारीहरू, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू,जीवन बीमक सङ्घ, नेपाल बीमक सङ्घ, बीमा सर्भेयर सङ्घ र पेशागत बीमा अभिकर्ता सङ्घका पदाधिकारीहरू तथा संचारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

नेपाल लाईफको नयाँ शाखा कार्यालय उद्घाटन

- / मंगलबार, जेठ २३, २०८०

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले जेठ २२ गते पोखराको न्यूरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको हो ।

कम्पनीका संस्थापक समूहतर्फको संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले संयुक्त रुपमा रिबन काटेर उक्त शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

उक्

उक्त शाखा कार्यालयबाट कम्पनीले दिदै आइरहेको जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिने कम्पनीका सिइओ पराजुलीले बताए । 

Read More

प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस शेयर वितरण

- / शुक्रबार, जेठ १९, २०८०

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ६ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गरेको हो ।

गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश समेत वितरण गर्ने निर्णय गरेको थियो । यसर्थ बोनस श

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ६ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गरेको हो ।

गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश समेत वितरण गर्ने निर्णय गरेको थियो । यसर्थ बोनस शेयर कर वापतको रकम शेयरधनीहरूले तिर्न नपर्ने भएको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि फागुन १२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।

Read More
ads-image
ads-image
ads-image
ads-image