थप समाचार मेनु

महोत्तरीमा फागुनमै सुक्न लागे खानेपानीका मुहान

- / आइतबार, फागुन २८, २०७९ १७:५०

 

महोत्तरी । यस वर्ष फागुन नसकिँदै खानेपानीका मुहान सुक्न थालेका छन् । सामान्यतया वैशाख/जेठमा खानेपानीको मुहान सुक्ने गरेकामा यस वर्ष खडेरीले फागुन नसकिँदै मुहान सुक्न थालेका हुन् ।

महोत्तरीको उत्तरी भेगमा पर्ने बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको मुहान सुक्दै गएका छन् । पानीका स्रोत सुक्दै गएपछि यसपाली खानेपानीको हाहाकार हुने भन्दै स्थानीयवासी चिन्तित भएका छन् ।

“धाराबाट पानी झर्नै छाड्यो”, बर्दिबास–२ की गायत्री उपाध्यायले भनिन्, “गत वर्ष यो बेला यस्तो भोग्नु परेको थिएन, पानीका लागि अहिले त दिनभर कुरेर बस्नुपर्ने भएको छ ।” 

बर्दिबास नगरपालिकाका धेरैजसो बस्तीमा नदी, खोल्सी र जरुवाको पानी सङ्कलन गरिएको पानी सर्वसाधारणलाई वितरण गरिँदै आइएको छ । यस वर्ष हिउँदे वर्षा नहुँदा नदी, खोल्सी र जरुवाका मुहान चाँडै सुक्दा पानीको समस्या भएको स्थानीय बताउँछन् । 

“पानीको स्रोत सुक्दै गएकाले धारामा पानी घटेको हो”, बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुलनबहादुर सेनले भने । संस्थाले बर्दिबास–१, २, ३ र १४ वडाका उपभोक्तालाई खानेपानीको व्यवस्था गर्दै आएको छ ।

बर्दिवासका चल्की विजलपुरा, भेडियारीटोल, मेघरोलसहितका बस्तीमा चापाकल तथा पशुपतिनगर, विजलपुरा, प्रेमनगर, किसाननगर र हाथीलेटका बस्तीमा इनार प्रयोग गरिँदै आएकामा केही समययता चापाकल सुक्दै गएका छन् । इनारमा पनि पानीको सतह गहिरिएको स्थानीयले बताए ।

भङ्गाहा र गौशालामा इनार र चापाकलको प्रयोग गरिन्छ । पानीका स्रोत सुक्दै गएका भङ्गाहा–४ प्रेमनगरका जवाहर महतोले बताए । “अब वर्षा भएमात्र पानी पर्याप्त हुन्छ”, उनले भने । वडा नं ४ र  ५ का बस्तीमा बर्सेनि गर्मीयाममा खानेपानीको सङ्कट हुँदै आएको छ । “पहिला १५ हात इनार खनेपछि पानीको मूल भेटिन्थ्यो”, स्थानीय ६० वर्षीय हरिदेव साहले भने ।

चुरे पहाडी काछका बस्तीमा पनि खानेपानीको समस्या भएको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या भएको हो । बर्दिवास–३, ४, ५, १० र ११ वडा यस क्षेत्रमा पर्छन् । “एक दशकअघिसम्म यहाँका जरुवा कहिल्यै सुक्दैनथे, पछिल्ला केही वर्षयता नदी, पाखा र बगर पर्ती जग्गामा बालुवा, ढुङ्गा झिक्न ठूलाठूला उपकरण प्रयोग हुन थालेपछि मुहान सुक्दै गएका हुन्”, बर्दिवास–१० खयरमाराका ६० वर्षीय प्रेमध्वज लामाले भने । पानीका मुहान सुक्दै जानुका कारण वन विनाश र अवैध उत्खनन् नियन्त्रण हुन नसक्नु पनि भएको उनले बताए ।

खानेपानीको स्रोत इनारमात्र भएका बर्दिवास–८ को हाथीलेटको विजय बस्तीमा पनि पानी सुक्दै गएको छ । गौशाला नगरपालिकाको बेलगाछी, भरतपुर, लक्ष्मीनियाँ र रामनगर तथा भङ्गाहा नगरपालिकाको प्रेमनगर, भूचक्रपुर, धतियाटोल, रामनगरसहितका बस्तीमा इनार र चापाकल  सुक्न थालेपछि फागुन नसकिँदै खानेपानीको सङ्कट भएको छ ।

बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बस्तीमा पाँच वर्षयता इनार सुक्नेक्रम बढ्दै गएको छ । यसअघि लामो खडेरी पर्दा मात्र इनार सुकेका थिए । गाईबस्तुलाई पानी खुवाउन समस्या भएको स्थानीयको भनाइ छ । पानी अभावले बालीनालीसमेत सुक्न थालेको भङ्गाहा–४ रामनगरका नारायण दाहालले बताए ।

चुरे क्षेत्रका खोल्साखोल्सी, वन क्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएकाले यिनको संरक्षण एवं उपयोग नीति नबनेसम्म पानीको सङ्कट नटुङ्गिने भङ्गाहा–७ का वन, वातावरण र चुरे विज्ञ डा विजयकुमार सिंहले बताए । 

सम्बन्धित समाचार

सप्तरीमा कार दुर्घटनाहुँदा एकको मृत्यु, तीन जना घाइते

- / शनिबार, चैत १८, २०७९

सप्तरी । सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएकको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा टायर पन्चर भएर अनियन्त्रित भई कार दुर्घटना भएको हो । दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घट

सप्तरी । सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएकको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा टायर पन्चर भएर अनियन्त्रित भई कार दुर्घटना भएको हो । दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

Read More

पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया

- / बिहीबार, चैत १६, २०७९

 

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले पर्साको ठोरीमा आधा दर्जन पशुचौपाया मारेको छ ।

निकुञ्जबाट गएराति आएको बाघले ठोरी गाउँपालिका–४ मानाचोकस्थित नवीन तामाङको गोठमा रहेका पाँच वटा ब्राखा र दुई वटा खसी गरी सात वटा पशुचौपाया मारेको स्थानीय तथा कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रीनले जानकारी दिए ।

 

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले पर्साको ठोरीमा आधा दर्जन पशुचौपाया मारेको छ ।

निकुञ्जबाट गएराति आएको बाघले ठोरी गाउँपालिका–४ मानाचोकस्थित नवीन तामाङको गोठमा रहेका पाँच वटा ब्राखा र दुई वटा खसी गरी सात वटा पशुचौपाया मारेको स्थानीय तथा कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रीनले जानकारी दिए ।

पाटेबाघले खसीबाख्रा मारेको स्थानीयले निकुञ्ज प्रशासनलाई जानकारी गराएपछि बिहान नेपाली सेनाको टोलीले बाघलाई धपाएको थियो । यसअघि गत चैत ७ मा निकुञ्जबाट निस्केको पाटेबाघले ठोरी गाउँपालिकास्थित मिक्सर लामाको गोठमा छ वटा बाख्रा र एउटा भैँसी मारेको थियो ।

Read More
ads-image
ads-image
ads-image
ads-image