थप समाचार मेनु

‘उज्यालो टीकापुर’ अभियानले सार्थकता पाउँदै

- / मंगलबार, फागुन ३०, २०७९ १२:२८

टीकापुर  । टीकापुर नगरपालिकाको ‘उज्यालो टीकापुर’ अभियानलाई नागरिकहरूले सकारात्मकरूपमा लिएका छन् । बजार तथा नगरपालिकाका मुख्य चोकमा जडान हुन थालेका ‘हाइमास्क लाइट’ले टीकापुरको शान्ति-सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । 

रातको समयमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि नगरपालिकाको उज्यालो टीकारपुर अभियान शान्ति–सुरक्षाका दृष्टिले निकै उपयोगी भएको स्थानीय प्रकाश चौधरीको भनाइ छ । “हिजो र आजको स्थिति हेर्दा हामीले परिवर्तनको महसुस गरेका छौँ । आज केही स्थानमा भए पनि रातको समयमा उज्यालो हुन थालेको छ”, प्रकाशले भन्नुभयो, “जोखिम भएका क्षेत्रमा उज्यालो बनाउने नगरपालिकाको अभियानलाई स्थानीयले स्वागत गर्नुपर्छ ।”

 अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा नगरपालिकाको मुख्य छ स्थानमा हाइमास्क लाइट जडान गर्न लागेको हो । जसमध्ये एउटा लाइट जडानको काम सम्पन्न भइसकेको छ भने अन्य पाँचवटा लाइट जडानको काम भइरहेको नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारूले बताउनुभयो । अन्य बिजुलीका पोलमा पनि नगरपालिकाले जोखिमको अवस्था हेरेर लाइट जडानको काम गर्दै आएको छ । विशेषगरी टीकापुर बजार क्षेत्रको अवस्था पहिलेको तुलनामा फेरिएको छ । बजारका मुख्य चोकमा उज्यालो हुँदै गएको छ ।

“स्थानीय नागरिकको चाहनाअनुसार उज्यालो टीकापुरको अभियानलाई सार्थक बनाउने काममा लागेका छौँ”, नगरप्रमुख थारूले भन्नुभयो, “विकासका काममा आवश्यकताका आधारमा काम गर्ने उद्देश्य हाम्रो हो । त्यो आवश्यकतामध्ये सार्वजनिक स्थानमा उज्यालो बनाउने कार्यलाई प्राथमिकता दिएका छौँ ।”

हाइमास्क लाइट जडानका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रू ५४ लाख विनियोजन गरेको थियो । मार्क कन्स्ट्रक्सन जेभीले रू ३४ लाखमा कामको ठेक्का पाएको  छ । बजार क्षेत्रमा दुई, टीकापुर खक्रौला सडकखण्डका विभिन्न चौराहमा तीन र टीकापुर पार्कको प्रवेशद्वार नजिएकै एउटा हाइमास्क लाइट जडान गर्दैछ । लाइट जडानको काम चैत मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने छ । 

नगरपालिकाका इञ्जिनियर राजेन्द्र रावलले लाइट जडानको काम अन्तिम चरणमा रहेको बताउनुभयो । उहाँले कामको जिम्मा पाएको निर्माण कम्पनीले समयावधिभित्रै काम गर्ने बताउँदै त्यसले उज्यालो टीकापुरको अभियानलाई टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

नगरप्रमुख थारूले अन्य क्षेत्रमा सोलारबत्ती जडानको काम पनि सुरु हुने बताउनुभएको छ । उहाँले सोलारबत्ती जडानका लागि रू १० लाख बजेट रहेको बताउँदै सोलारबत्ती शिविर क्षेत्रमा जडान गरिने बताउनुभएको छ । 

“शिविर क्षेत्र र खुला स्थानमा सोलारबत्ती जडान गर्छौँ । खुला स्थानलाई व्यवस्थित गरी खेलकुद मैदानका रूपमा काम भइरहेकाले पनि त्यहाँ उज्यालो आवश्यक छ”, नगरप्रमुख थारू भन्नुहुन्छ, “खुला स्थानलाई व्यवस्थित बनाउन आपराधिक क्रियाकलापमा लागेका  युवाहरूलाई सुधान गर्न सकिने स्थिति रहन्छ ।”

नगरपालिकाले उज्यालोसँगै सार्वजनिक स्थानमा सिसी क्यामेरा जडान पनि गर्ने भएको छ । शान्ति–सुरक्षाको जोखिम भएका क्षेत्रमा सिसी क्यामेरा जडान गरेर आपराधिक क्रियाकलापलाई रोक्न सकिने विश्वास नगरपालिकाले लिएको छ । 

“पहिलो चरणमा तार जडानको काम सक्छौँ । बढी जोखिम भएका क्षेत्रमा यसै वर्ष सिसी क्यामरा जडान गर्छौ”, नगरप्रमुख थारू भन्नुहुन्छ, “बाँकी आउँदो आर्थिक वर्षमा जडान गर्छौ । टीकापुर सबै दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश हामीले दिनुपर्ने छ ।”

सम्बन्धित समाचार

गहुँ खेतीमा रगिन गरिँदै

- / बिहीबार, चैत १६, २०७९

कैलाली । कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । 

बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थि

कैलाली । कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । 

बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष २४ किसानलाई रगिनको कार्यमा लगाएको छ । बीजवृद्धिका लागि गरिएको खेतीबाट गुणस्तरीय बीउ उत्पादन गर्न सहकारीले किसान परिचालन गरी रगिन गराइरहेको छ । 

उत्पादनमा गुणस्तरीयतासँगै बीउ उत्पादक किसानलाई सहज हुने भएकाले सहकारीले नै रगिनको काम गराइरहेको रगिन कार्यका फोकल पर्सन फुलराम कठरियाले बताए । “हामी किसानसँगै रगिन कार्यमा खटेका छौँ, रगिन गर्दा किसानलाई नै फाइदा पुग्छ”, उनले भने, “यहाँ व्यक्तिगत र समूहमा मिलेर बीजवृद्धिका लागि गहुँ खेती गरिएको छ ।”

बीजवृद्धि सहकारी मुनुवाले यस वर्ष करिब एक सय ५० हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँको बीजवृद्धि खेती गरेको छ । गुणस्तरीय बीउ उत्पादनअन्तर्गत जातीय शुद्धताका लागि खडा र तयारी अवस्थामा रहेकोे गहँुबालीमा अनावश्यकरुपमा रहेको बेजात झार हटाई जातीय शुद्धताका लागि अपनाइने कार्यलाई रगिन भनिन्छ । रगिन गर्दा खडा र तयारी अवस्थामा रहेको खेतमै कृषि प्राविधिकको प्रत्यक्ष संलग्नता, निरीक्षण र सल्लाहबमोजिम गरिन्छ । सोहीअनुसार आफूहरुले रगिन गरिरहेको मुनुवाका प्रबन्धक गोविन्द रावतले बताए । 

“बेजात, झारपात हटाउनका लागि रगिन गरिएको हो”, उनले भने, “बेजात र झारपात हटाएमा गुणस्तरीय बीउ तयार हुन्छ । यो कार्य बाली पोकेका बेला गर्न सकिन्छ ।”

गुणस्तरीय बीउमा शतप्रतिशत जातीय शुद्धता नहुने भएकाले रगिन गर्नुपर्ने हुन्छ । बीउ उत्पादनका लागि गरिने बालीको कम्तीमा दुईपल्ट रगिन गरिनु आवश्यक भएको प्राविधिक बताउँछन् । रगिन बाली पसाउनुपूर्व र बाली तयारीपूर्व गर्ने गरिन्छ । 

यसरी रोपिएका जातमा बेजात बाली हटाउने, विभिन्न झारपात हटाउने कार्य गरिन्छ । सोही आधारमा रगिनको टोली बनाएर गहुँ बालीको निरीक्षणसहित रगिन गर्ने कार्य भइरहेको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताए ।

बीउमा शुद्धता नहुने भएकाले कृषि प्राविधिक वा दक्ष कृषकले मात्र रगिन गर्नुपर्दछ । रगिन गर्दा कृषि प्राविधिकको निरीक्षणसहित फिल्डमा काम गर्नुपर्ने भएकाले बीजवृद्धिका क्षेत्रमा क्रियाशील कृषि सहकारी, समूहले विशेष रगिन टोली बनाई काम भइरहेको क्षेत्रीय बीउबीजन प्रयोगशाला सुन्दरपुर, कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले बताए । 

“विगत वर्षबाटै यो भइहरेको छ । रगिन गर्दा किसान, समूहलाई मात्र दिएर हुँदैन”, उनले भने, “स्वयं किसानलाई बालीको माया लाग्ने भएकाले बेजात हटाउन लोभ गर्नुहुन्छ । त्यसैले टोली बनाएर रगिन गर्न सल्लाह दिएका छौँ ।”

Read More

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा

- / बुधबार, चैत १५, २०७९

 

बैतडी । जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।  तीन दिनसम्म देहिमाडौँमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष शेरसिंह खत्रीले जानकारी र्दिए ।  बन्द प्रशिक्षणका लागि नरेन भट्ट, आकाश चन्द, विक्की चन्द, सुदी

 

बैतडी । जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।  तीन दिनसम्म देहिमाडौँमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष शेरसिंह खत्रीले जानकारी र्दिए ।  बन्द प्रशिक्षणका लागि नरेन भट्ट, आकाश चन्द, विक्की चन्द, सुदीप कार्की, हर्ष कार्की, सचिन भट्ट, कल्पेश चन्द, आयुश चन्द, अशोकनाथ योगी, दिपेश पाण्डे, विक्रम बोहरा, जित्तु थापा, भुपेश चन्द, विनोद लावड, रुपेश साउद, निखिल चन्द, हेमन्त धामी र रोशन चन्द छनोट भएका छन् ।

यहाँका पालिकाबाट आएका खेलाडीबाट टोली बनाएर यसअघि प्रतिस्पर्धा गराइएको र त्यसपछि खेलाडी छनोट गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज वोकटीले जानकारी दिए ।  सहभागी हुन आउने खेलाडीलाई अनिवार्यरूपमा उमेर खुल्ने कागजपत्र ल्याउन आग्रह गरिएको छ ।  बन्द प्रशिक्षणको मिति केही दिनमै तोकिने र प्रशिक्षण देहिमाडौँस्थित निङ्ग्लाशैनी खेलमैदानमा सञ्चालन हुनेछ । प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा जिल्ला टोली घोषणा गरिने क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । छनोट भएको जिल्लाको टोलीले प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ ।
  
नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको इस्टजोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला छनोट चैत १५ भित्र गरिसक्न निर्देशन दिएको थियो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेसियामा हुनेछ । सोही प्रतियोगितामा नेपाल पनि सहभागी हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ । 

Read More
ads-image
ads-image
ads-image
ads-image