थप समाचार मेनु

दीपेन्द्र र भीमलाई सुदूरपश्चिम सरकारले दुई लाख पुरस्कार दिने

- / शनिबार, चैत ४, २०७९ १6:११

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । 

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकोमा प्रदेश सरकारले ऐरी र सार्कीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकिय सचिव धीरेन्द्र शाहीले जानकारी दिए । 

यस्तै प्रदेश सरकारले नेपाली टोलीका अर्का सदस्य सन्दीप जोरालाई रु एक लाख तथा आइसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाली टोलीको अन्तिम १८ मा पर्न सफल सुदूरपश्चिमका कमलसिंह ऐरी र अर्जुन सावदलाई जनही रु ५० हजार पुरस्कार दिने निर्णय भएको शाहीले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले यसअघि यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पु¥याउन सफल सुदूरपश्चिमका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको थियो । नेपाली यू–१९ टोली हालै युएईमा सम्पन्न  एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको थियो । नेपाल सन् २०२४ मा हुने आइसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो ।

सम्बन्धित समाचार

जोस लिटिल बने आईपीएल खेल्ने पहिलो आइरिस खेलाडी

- / शनिबार, चैत १८, २०७९

काठमाडौं । जोस लिटिल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने आयरल्यान्डका पहिलो खेलाडी बनेका छन् ।

आजदेखि सुरु भएको आईपीएलको १६औं संस्करणमा लिटिलले साविक विजेता गुजरात टाइटन्सका लागि खेल्दै उक्त उपलब्धी ‍हासिल गरेका हुन् ।

चेन्नाई सुपर किंग्स विरुद्ध पहिलो रोजाईमा खेल्दै लिटिलले इतिहास बनाएका हुन् ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले

काठमाडौं । जोस लिटिल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने आयरल्यान्डका पहिलो खेलाडी बनेका छन् ।

आजदेखि सुरु भएको आईपीएलको १६औं संस्करणमा लिटिलले साविक विजेता गुजरात टाइटन्सका लागि खेल्दै उक्त उपलब्धी ‍हासिल गरेका हुन् ।

चेन्नाई सुपर किंग्स विरुद्ध पहिलो रोजाईमा खेल्दै लिटिलले इतिहास बनाएका हुन् ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर पहिले बलिङ रोज्दै चेन्नाईलाई ब्याटिङको निम्तो दिएको थियो ।

गुजरातले लिटिललाई पनि डेब्यु गरायो । लिटिलले आईपीएलको डेब्यु खेलमा विकेट पनि लिए ।

उनले चेन्नाईका अम्बाती राएडुलाई बोल्ड गर्दै आईपीएलमा आफ्नो पहिलो विकेट लिएका हुन् । २३ वर्षीय लेफ्ट आर्म फास्ट बलर लिटिललाई गुजरातले अक्सनमा ४ करोड ४० लाख भारुमा अनुबन्ध गरेको थियो ।

आईसीसी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि आईपीएलको अक्सनबाट गुजरातले लिटिललाई लिएको हो ।

लिटिलले आयरल्याण्डका लागि ५३ टी२० अन्तर्राष्ट्रिय खेलमा ६२ विकेट लिएका छन् ।

गत नोभेम्बरमा अष्ट्रेलियामा भएको टी-२० विश्वकपका लिटिलले न्युजिल्याण्ड विरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।

Read More

आईपीएलमा साविक विजेता गुजरातको विजयी सुरुआत

- / शनिबार, चैत १८, २०७९

 

काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

पहिलो खेल नै जित्दै उपाधि रक्षामा सुखद सुरुआत गरेको गुजरातले चेन्नाईविरुद्ध अपराजित यात्रासमेत कायम राखेको छ ।

गत सिजन आईपीएलमा डेब्यु गरेको गुजरातले यसअघि दुवै खेलमा चेन्न

 

काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

पहिलो खेल नै जित्दै उपाधि रक्षामा सुखद सुरुआत गरेको गुजरातले चेन्नाईविरुद्ध अपराजित यात्रासमेत कायम राखेको छ ।

गत सिजन आईपीएलमा डेब्यु गरेको गुजरातले यसअघि दुवै खेलमा चेन्नाईलाई पराजित गरेको थियो ।

शुक्रबार घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा चेन्नाईले दिएको १७८ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

गुरजातका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६३ रन बनाए ।

विजय शंकरले २१ बलमा २७, ऋद्धिमान शाहले १६ बलमा २५ तथा साई सुदर्शनले १७ बलमा २२ रन बनाए ।

केन विलियम्सन फिल्डिङका क्रममा घाइते भएपछि साई सुदर्शन इम्प्याक्ट प्लेयरको रुपमा मैदान प्रवेश गरेका थिए ।

गुजरातलाई जित दिलाउने काम अन्तिममा राहुल तेवाटिया र रासिद खानले पूरा गरे । तेवाटियाले १४ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित १५ रन बनाए । यस्तै रासिदले ३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै अविजित १० रन जोडे ।

चेन्नाईका लागि यसै खेलबाट आईपीएल डेब्यु गरेका राजवर्धन हंगारगेकरले ३ तथा तुसार देशपाण्डे र रविन्द्र जडेजाले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । चेन्नाईका लागि ओपनर रुतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ९२ रन बनाए ।

मोईन अलिले २३ र शिबम दुवेले १९ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ७ बलमा १ चौका र १ छक्का मद्तमा अविजित १४ रन जोडे ।

गुजरातका मोहम्मद सामी, रासिद खान र अल्जारी जोसेफले २/२ विकेट लिए । रासिद खान प्लेअर अफ दि म्याच घोषित भए ।

Read More
ads-image
ads-image
ads-image
ads-image