थप समाचार मेनु

साहित्यकार दिलिप योञ्जनका ३ मुक्तक संग्रह एक साथ सार्वजनिक

- फरक दृष्टि / आइतबार, बैशाख १७, २०८० १6:४४

काठमाण्डौ । कवि ,मुक्तकार , गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङको नयाँ मुक्तक  सङ्ग्रह “आगमन“ तथा अमर र अविरलको दोश्रो संस्करणको संयुक्त विमोचन आज काठमान्डौको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका विच विमोचन भएको छ । हातेमालो साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा योञ्जनद्धारा लिखित कृतिहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा स्वागत मन्त्व्य पुष्पा धमला ले राखेकी थिइन।

बरिष्ठ  साहित्यकार डा. रेनुका सोलु , साहित्यकार उषा शेरचन, कुलनिधि दाहाल र वियोगी बुढाथोकीले संयुक्त रुपमा मुक्तक  सङ्ग्रह  विमोचन गर्नुभयो । कार्यक्रममा उपस्थित साहित्यकारहरुले दिलिपद्धारा लिखित मुक्तक सङ्ग्रह भित्रका मुक्तकहरु बाचन गरेका थिए। अमेरिकामा रहेर पनी नेपाली गीत संगीत र नेपाली माटो प्रतिको प्रगाढ मायालाई भुल्न नसकेको कुरालाई उल्लेख गदैँ गजलकार तथा गीतकार दिलिप योञ्जन तामाङद्धारा लिखित मुक्तक सङ्ग्रह “ अबिरल “ , गीति एल्बम “अनुराग“ र आगमन“ ले नेपाली साहित्य र संगीतको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा उपस्थित सर्जकहरुले गरेका थिए। नेपाल मुक्तक सधका अध्यक्ष  रामकाजि काने ले साहित्यकार योञ्जनले साहित्यका बिबिध क्षेत्रमा पुर्याएका योगदान अमुल्य रहेको बताए ।

बरिष्ठ साहित्यकार डा. रेणुका सोलुले मुक्तक संग्रह भित्र भएका सिर्जनाले बर्तमान र भविष्य प्रतिको अवस्थालाई प्रस्तुत गरिएको बताउँदै कृतिले सबै पाठकको मन छुन सफल रहोस् भन्दै लेखकलाई शुभकामना दिए ।  त्यस्तै अर्की साहित्यकार उषा शेरचनले परदेशमा रहेरपनी नेपाली सिर्जनालाई नेपाली साहित्यलाई विश्व सामु पुर्याउनको लागी पुयाएको योगदानले मुक्तकारले नेपाली साहित्यको बाटो अझ फराकिलो भएको बताए । कार्यक्रममा बोल्दै नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कानेले साहित्यकार योञ्जनले अमेरिकामा रहेर पनी नेपाली माटोमा आफुलाई उभ्याउन सफल भएको बताए ।भौगोलिक रुपमा टाढा भएपनी नेपाली मौलिक सिर्जना मुक्तककारले पुर्याएका योगदान अमुल्य रहेको बताए ।

 साहित्यकार दिलिप योन्जन तामाङका हालसम्म मान्छेको भिडमा, आस्था खोजिरहेछु, कबिता सग्रह  गाउँबेसीमा फुलै फुल्यो  गितिसङ्रह, अनुपम, अमुल्य, अजम्बरी, आफ्नै छाँया ले, अनुराग  सिडि, अबिरल, अमर लगायतका सृजना प्रकाशित भएका छन ।

सम्बन्धित तस्बिरहरू

साहित्यकार दिलिप योञ्जनका ३ मुक्तक संग्रह एक साथ सार्वजनिक
साहित्यकार दिलिप योञ्जनका ३ मुक्तक संग्रह एक साथ सार्वजनिक
साहित्यकार दिलिप योञ्जनका ३ मुक्तक संग्रह एक साथ सार्वजनिक
सम्बन्धित समाचार

डा खनालको कविताकृति ‘सन्देश’ सार्वजनिक

- / शनिबार, जेठ २०, २०८०

काठमाडाैं । डा दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक भएको छ । 

‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा खनालले, राष्ट्रिय जीवन, समाज, राष्ट्रिय  विभूति र राजनीतिलगायतका विषयमा लेखेका छन् । कृतिको पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्वलगायत विषयमा लेखिएका १३ वटा कविता समावेश छन् । कविता सङ्ग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ वटा क

काठमाडाैं । डा दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक भएको छ । 

‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा खनालले, राष्ट्रिय जीवन, समाज, राष्ट्रिय  विभूति र राजनीतिलगायतका विषयमा लेखेका छन् । कृतिको पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्वलगायत विषयमा लेखिएका १३ वटा कविता समावेश छन् । कविता सङ्ग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ वटा कविता रहेका छन् । 

कर्मभूमि बेलायत बनाएका कवि डा खनालका कवितामा भने नेपाल नै नेपाल पाइन्छ । 
युनिभर्सिटी अफ म्यानचेष्टरसहितका विभिन्न शैक्षिक संस्थामा अध्यापन गर्दै आएका डा खनालका दर्जन बढी पुस्तक, जर्नल आर्टिकल र बुक च्याप्टर प्रकाशित छन् ।

Read More

आठ स्रष्टालाई सम्मान र पुरस्कार

- / शनिबार, जेठ १३, २०८०

काठमाडाैं । दायित्व वाङ्मय  प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । दायित्व वाङ्मय विशिष्ट सम्मान शशि पन्थी र रमेश गो

काठमाडाैं । दायित्व वाङ्मय  प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । दायित्व वाङ्मय विशिष्ट सम्मान शशि पन्थी र रमेश गोर्खालीलाई तथा दायित्व वाङ्मय सम्मान विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्यलाई प्रदान गरियो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले विद्वच्छिरोमणि हेमराज पुरस्कार चुडामणि गौतमलाई, दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति वसन्त रिजाल, हरिकला–गुणाकर दायित्व रचना पुरस्कार त्रिभुवनचन्द्र वाग्ले र  दायित्व यशोदादेवी पन्त प्रतिभा पुरस्कार जया सत्याललाई प्रदान गरे ।

सो अवसरमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रतिष्ठानले मुलुकका भाषा, साहित्य र व्याकरण क्षेत्रका सोनामधन्य व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गरी न्याय गर्दै आफ्नो कर्तव्य पूरा गरेको बताए ।

उनले भने, “साहित्यका आ-आफ्ना विधामा विशिष्ट योगदान गर्नुहुने तपाईँहरू सम्मानका लागि लायक र अधिकारिक हुनुहुन्छ । सम्मान गर्नेको सही छनोट भएमा प्रतिष्ठानको आफैँ सम्मान बढछ ।”

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त र महासचिव डा भागवत ढकालले प्रतिष्ठानले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारका लागि गर्दै आएको योगदानको चर्चा गरे । समारोहमा अध्यक्ष पन्तको निवन्धावली र प्रतिष्ठानको द्विमासिक प्रकाशन दायित्वको वर्ष ३७ पूर्णाङ्क एक सय ४१ को लोकार्पण गरियो ।

Read More
ads-image
ads-image
ads-image
ads-image