थप समाचार मेनु

रुकुम जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

- / बिहीबार, जेठ ११, २०८० १७:२३

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । 

आज बिहान भएको जीप दुर्घटनामा  चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । 

दुर्घटनामा मृत्यु हुनेमा सानीभेरी गाउँपालिका-५ का ४८ वर्षीय देउचन खत्री, सोही ठाउँका ७० वर्षीय कर्ण बाँठामगर, बाँफिकोट गाउँपालिका- ८ की २२ वर्षीया रेखा केसी खनाल र उनको २२ दिनको छोरा रोशन केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठले जानकारी दिए । 

दुर्घटनामा परी सानीभेरी गाउँपालिका– ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको उनको भनाइ छ । 

दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ । उनीहरुलाई हेलिकप्टरमार्फत पठाइएको हो ।

घाइने हुनेमा सानीभेरी गाउँपालिका ५ का ४० वर्षीय प्रेम बाँठा मगर, सोही वडाका २२ वर्षीय ललित बाँठा मगर, दुई वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । 

अन्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । सानीभेरी गाउँपालिका– ५ का ४६ वर्षीय कर्णवीर पुन, सोही वडाकी १७ वर्षीया मनिषा बस्नेत, १७ वर्षीया रीता खत्री, २१ वर्षीया कल्पना केसी, ४६ वर्षीया गम्भीर कुसारी र ३५ वर्षीय दीपक बाँठा मगरको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । 

सानीभेरी गाउँपालिका–५ हाँसुदेखि जिल्ला सदरमुकाम जाँदै गरेको लु १ ज १७४७ नं को जीप आज बिहान दुलीको मोचेखोलामा दुर्घटनामा परेको थियो । उकालोमा अनियन्त्रित भएर जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित समाचार

मान्ममा बनाइएका अनाधिकृत संरचना हटाइँदै

- / बुधबार, जेठ २४, २०८०

मान्म । लीकोट सदरमुकाम मान्ममा अनाधिकृत रुपमा बनाइएका संरचना हटाइने भएका छन् । खाँडाचक्र नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइका संरचना हटाउने भएको हो । खाँडाचक्र–१ ले एक सूचना जारी गर्दै अव्यवस्थित ढङ्गले बनाइएका घर, टहरा, घुम्ती र सार्वजनिक क्षेत्रमा राखिएका सामग्री हटाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्ला सदरमुकाम मान्म

मान्म । लीकोट सदरमुकाम मान्ममा अनाधिकृत रुपमा बनाइएका संरचना हटाइने भएका छन् । खाँडाचक्र नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइका संरचना हटाउने भएको हो । खाँडाचक्र–१ ले एक सूचना जारी गर्दै अव्यवस्थित ढङ्गले बनाइएका घर, टहरा, घुम्ती र सार्वजनिक क्षेत्रमा राखिएका सामग्री हटाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्ला सदरमुकाम मान्म बजारमा सार्वजनिक रुपमा जग्गा मिचेर केही व्यक्तिले घर बनाएपछि सार्वजनिक जमिनको खोजी गरी अतिक्रमित जमिन खाली गराउने निर्णय गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले बताए । “बजार क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर तथा टहरालाई हटाउन निर्देशन दिइएको छ”, उनले भने, “अनाधिकृत संरचना हटाउन असार ६ गतेसम्मलाई समय दिएको छ, उक्त समयमा नहटाइए नगरपालिका आफँैले हटाउने निर्णय भएको छ ।” 

सार्वजनिक जग्गा कहाँ कति मिचिएको छ त्यसको जानकारी दिइने नगर प्रमुख कमलबहादुर शाहीले बताए । “पहिलो चरणमा वडाले अतिक्रमित जग्गा हटाउन सूचना गरिसकेको त्यसपछि सार्वजनिक धारा, शौचालय र अन्य क्षेत्रको अतिक्रमित जग्गा खाली गराइने छ”, उनले भने, “नगरलाई सफा र सुन्दर बनाउन संरचना हटाउन लागिएको छ ।”

सार्वजनिक जग्गा मिच्न नदिनु स्थानीय सरकारको दायित्व भएको र स्थानीय सरकारको अभियानलाई प्रशासनले पूर्णरुपमा साथ दिने प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । “नगरपालिकाले निर्णय गरोस्, त्यसलाई कार्यान्वयनमा ल्याउन प्रशासनले साथ दिन तयार छौंँ”, उनले भने, “अवैध संरचना बनाउनु गैरकानुनी काम हो ।”

Read More

हुम्लामा भिरबाट लडेर एककाे मृत्युु

- / मंगलबार, जेठ २३, २०८०

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भिरबाट लडेर २४ वर्षीय  गौरीलाल दानीको मृत्यु भएको छ ।  आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली –१  कल्खे गाउँका दानीको  मृत्युु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए । 

कल्खेबाट फर्के

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भिरबाट लडेर २४ वर्षीय  गौरीलाल दानीको मृत्यु भएको छ ।  आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली –१  कल्खे गाउँका दानीको  मृत्युु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए । 

कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए ।

सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुख नजिक भेटिएको स्थानीय परबहादुर थापाले बताए ।  दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए । दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो । 

Read More
ads-image
ads-image
ads-image
ads-image