थप समाचार मेनु

ढुक्कसँग कोरोनाविरुद्धको दोस्रो बुस्टर खोप लगाउन चिकित्सकको आग्रह

- / बुधबार, फागुन १७, २०७९ ०९:०७

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको दोस्रो बुस्टर मात्रा खोप दिने भएको छ । यो खोप काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगाउनु सुरु गरिएको छ भने स्थानीय तहमा खोप पठाइसकेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप सेवा शाखाको प्रमुख डा अभियान गौतमका अनुसार पहिलो चरणमा ५५ वर्षमाथिका सबैलाई खोप दिइने छ । साथै स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घरोगी रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई लक्षित गरी दोस्रो मात्रा बुस्टर डोज खोप दिने भएको हो । 

पूर्ण खोप लगाएको तीन महिना पूरा भएका, पहिलो बुस्टरडोज लगाउन छुटेका र पहिलो बुस्टर डोज खोप लगाएका छ महिना पूरा भएकालाई दोस्रो बुस्टर मात्रा खोप लगाउन डा गौतमले आग्रह गरे ।  कोरोना भाइरसबाट सङ्क्रमण भएकाहरुले सङ्क्रमणमुक्त भएको एक महिनापछि मात्र बुस्टर डोज लगाउन मिल्ने गौतम बताउछन् ।  

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार सो अभियानका लागि सरकारले कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्टको १५ लाख डोज खोप प्राप्त गरेको छ । डा गौतमका अनुसार, सरकारले खोप सबै प्रदेशमा पठाइसकेको छ र लक्षित जनसङ्ख्या पहिचान गरी प्रदेश सरकारले खोप लगाउन सुरु गरिसकेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

सम्बन्धित समाचार

ह्वात्तै बढ्यो कोरोना, १४२ जनामा संक्रमण पुष्टि

- / शुक्रबार, चैत १७, २०७९

 

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमित पाइएको हो । 

मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा १४२ जनामा संक्रमण पाइएको हो । तीमध्ये आरटी पीसीआर विध

 

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमित पाइएको हो । 

मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा १४२ जनामा संक्रमण पाइएको हो । तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टीजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आरटी पीसीआर विधिबाट मात्र गरिएको परीक्षणको आधारमा देशमा हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

- / शुक्रबार, चैत १७, २०७९

कञ्चनपुर । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ ।

“भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ, ” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, “पछिल्लो समय भारतमा सङ्क्र

कञ्चनपुर । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ ।

“भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ, ” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, “पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको छ ।” सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड–१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ । 

“अहिले एक/दुई जनामा सङ्क्रमण देखिन थालेको छ”, पन्तले भने , “यहाँ कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ ।” कोभिड–१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ । 

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिए । प्राथमिकताका आधारमा खोप लगाइने उनले बताए । “अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ”, उनले भने, “आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरु हुँदैछ ।” 

नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ । नयाँ वर्ष मनाउन फर्किनेको सङ्ख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन । चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन । 

त्यसैगरी दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन् । “खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको सङ्ख्या घटेको छ”, पन्तले भने ।

Read More
ads-image
ads-image
ads-image
ads-image