थप समाचार मेनु

एभरेष्ट बैंक र पायोनियरबीच सम्झौता

- / शुक्रबार, चैत ३, २०७९ १७:११

 काठमाडौँ । निसानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्प प्रालिले वबक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियर बीच भएको सम्झौँता अनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

 दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड हरिश कुमार आचार्य र पायोनियर मोटो कर्पको तर्फबाट सह–महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।

सम्झौँतापछि निसानले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तीमा उल्लेख छ ।

यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ। सम्झौता अनुसार, एभरेष्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलोसँग उपलब्ध हुने छ।

ईभीको लागि बेस रेटमा ३.५० प्रतिशत र अन्यको लागि बेस रेटमा ४ प्रतिशत ब्याजदर हुनेछ भने ७ वर्षको आवधि सहितको कर्जा उपलब्ध हुनेछ । यसका लागि सेवा शुल्क मात्र ०.५ प्रतिशत हुनेछ। केवल २० प्रतिशतको डाउन पेमेन्टमा, ग्राहकहरू अब निसान ईभको मालिक हुन सक्छन्।

 अहिले एभरेष्ट बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ । यो योजना पायोनियर मोटोकोर्पको आधिकारिक ब्रिक्रेता र एभरेष्ट बैंकका सबै शाखाहरुबाट नेपाल भरी लागु हुने छ।

सम्बन्धित समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न, ६ जना संचालक निर्विरोध निर्वाचित

- फरक दृष्टि / शुक्रबार, चैत १७, २०७९

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज काठमाडाैंको लैनचौर ब्याङ्क्वेटमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,०१,०६,६९,६६२– को ८.५३४ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज काठमाडाैंको लैनचौर ब्याङ्क्वेटमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,०१,०६,६९,६६२– को ८.५३४ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम रु. १,३५,२२,२१३.४० (अक्षेरुपी एक करोड पैतीस लाख बाईस हजार दुई सय तेह्र र पैसा चालीस मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आ.व. ०७८-७९ को वित्तीय विवरण पारित गरी १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साथै, सोही साधारण सभा मार्फत तपसिल बमोजिम संस्थापक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएङ्का छन् । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

उक्त ६ जना निर्विरोध निर्वाचित संचालकहरुको नाम:

१. उज्जवल सत्याल – संस्थापक समूह
२. सुशिल काजी बानियाँ – संस्थापक समूह
३. गंगा सागर ढकाल – सर्वसाधारण समूह
४. लिसा शेरचन – सर्वसाधारण समूह
५. सुजन सिद्धि बज्राचार्य – संस्थापक समूह
६. नरेश ढुंङगाना – सर्वसाधारण समूह

Read More

सिद्धार्थ बैंकको सहयोगमा बनेको नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण

- फरक दृष्टि / बिहीबार, चैत १६, २०७९

सिद्धार्थ बैंकले वीरगञ्ज स्थित नारायणी अस्पतालमा डायलाइसिस भवन निर्माण गर्न नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौता बमोजिम रु.५५ लाख लागतमा उक्त डायलाइसिस भवनको प्रवलीकरण तथा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।  नारायणी अस्पतालमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले सो भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. च

सिद्धार्थ बैंकले वीरगञ्ज स्थित नारायणी अस्पतालमा डायलाइसिस भवन निर्माण गर्न नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौता बमोजिम रु.५५ लाख लागतमा उक्त डायलाइसिस भवनको प्रवलीकरण तथा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।  नारायणी अस्पतालमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले सो भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चितरन्जन साहलाई हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा वीरगञ्ज क्षेत्रका बरिष्ठ उद्योगपति एवं समाजसेवीहरु र बैकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, प्रदेश प्रमुख प्रविन ढुङ्गेल लगायत अन्य प्रतिनिधिहरु तथा राउण्ड टेबल नेपाल र अस्पतालका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चितरन्जन साह ज्यूले सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखि देशको एक जिम्मेवार संस्थाको रुपमा विभिन्न सामाजिक कार्यहरूमा सधैँ अग्रसर रहदै आईरहेको बारेमा चर्चा गर्दै बैंकबाट प्राप्त उक्त सहयोगले विरामीहरुलाई व्यवस्थित ढङ्गबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मद्दत पुग्ने कुरा पनि व्यक्त गरेका थिए ।   बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको छ । आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य रहेको बैंकले जनाएको छ ।

Read More
ads-image
ads-image
ads-image
ads-image