थप समाचार मेनु

करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न प्रतिबन्ध

- / शनिबार, चैत ४, २०७९ ११:१०

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रका नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको छ । दूधकोसी र रावाखोलामा अवैध तरिकाले करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने गरेको गुनासो आएपछि गाउँपालिकाले सूचना जारी गर्दै नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोगमा रोक लगाएको हो । 

करेन्ट र ब्लाष्टिङको प्रयोग गर्दा नदी तथा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र पर्यवरणमा क्षति पुग्ने भएकाले सो कार्यमा रोक लगाउनुपरेको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए । “माछा मार्नेक्रममा करेन्ट तथा ब्लाष्टिङ प्रयोगले माछासँगै जलचरसमेत पूर्णरुपमा नष्ट हुन्छ”, उनले भने, “आगामी दिनमा माछा मार्ने क्रममा नदी तथा खोलामा करेन्ट र विस्फोटक पदार्थ प्रयोग गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरनेछ ।”  

रावाखोलामा धेरैजसो अन्यत्रबाट आउने व्यक्तिले माछा मार्नेक्रममा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गर्ने गरेको गाउँपालिकाले जनाएको छ । दूधकोसीमा भने स्थानीय बासिन्दाले नै विष लगाउनुका साथै ब्लाष्टिङ हानेर माछा मार्ने गरेको बताइएको छ । 

जिल्लाको उत्तरी क्षेत्रमा बग्ने रावाखोलामा पाइने असला माछा देशभर प्रसिद्ध छ । रावाखोलामा पाइने असला माछाको सिकुटी राजधानी काठमाडौँलगायत विभिन्न सहर तथा बजारमा निर्यात हुने गरेको छ ।  रावाखोलाको माछा मारेर स्थानीय बासिन्दाले राम्रो आयआर्जनसमेत गर्दै आएका छन् । सावाखोला आसपास गर्ने कुभिण्डे, खार्पा, लामीडाँडा, हौँचुर, जालपालगायतका स्थानीय बासिन्दाले माछा मार्ने व्यवसाय गर्दै आएका छन् । 

रावाखोलामा प्रतिकेजी रु छ सय मा बिक्री हुँदै आएको असला माछाको सुकुटी जिल्लामै प्रतिकेजी रु तीन हजार पाँच सयमा बिक्री हुने स्थानीय बासिन्दाले बताएका छन् । जिल्लका रावाखोलासँगै तापखोला, साप्सुखोला, बुँवाखोला, टुवाखोला, देखुमखोलालगायतमा असला माछा पाउने गरेको छ । यसअघि केपिलासगढी गाउँपालिकाले पनि स्थानीय खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको थियो । गाउँपालिकाले करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गर्न रोक लगाएपछि स्थानीय खोलामा असला माछासमेत वृद्धि भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । 

गत वर्ष जनता समाजवादी पार्टी (जसपा) खोटाङले गठन गरेको सुरक्षा दलले माछा मार्नेक्रममा स्थानीय खोलामा विष लगाउने, करेन्ट लगाउने र ब्लाष्टिङ गर्नेलगायतका गतिविधिलाई रोक लगाउन सम्बन्धित पक्षलाई लगाउन आग्रह गरेको थियो । विष, करेन्ट र ब्लाष्टिङको प्रयोग गर्दा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र कतिपय अवस्थामा करेन्ट लाग्दा मान्छेको ज्यान नै जाने गरेको उदारण प्रस्तुत गर्दै सुरक्षा दलले पर्यावरणको संरक्षण गर्दै माछाबाट आर्थिक उपार्जनमा टेवा पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षाकर्मीको ध्यानाकर्षण गराएको हो ।

सुरक्षा दलले स्थानीय खोला तथा नदीमा पाइने माछालाई आयआर्जनको माध्यमका रुपमा विकास गर्ने खालका कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारसमक्ष माग गरेको थियो । स्थानीय खोलामा पाइने माछालाई जैविक विविधतामा असर नपुग्ने गरी उचित समयमा सही विधि अपनाएर मार्ने र आर्थिक आयआर्जनमा टेवा पुग्ने गरी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएको थियो । 

सम्बन्धित समाचार

दुर्गमका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता लिन अझै सास्ती

- / बुधबार, चैत १५, २०७९

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका वृखबहादुर सार्कीलाई सामाजिक सुरक्षा भत्ता थाप्न कम्तीमा चार घण्टा पैदल हिँड्नुपर्छ । 

बिहानको झिसमिसमै तातो पानी पिएर बेलुका घर फर्किने गरी गाउँपालिकाको केन्द्र तेल्लोक पुग्दा कहिले समयमै काम हुन्छ त कहिले अबेर हुन्छ । समयमै काम हुँदा साँझ टर्च बालेर हस्याङफस्याङ गर्दै घर पुग्छन् । अबेर भए तेल्लोकमै बास

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका वृखबहादुर सार्कीलाई सामाजिक सुरक्षा भत्ता थाप्न कम्तीमा चार घण्टा पैदल हिँड्नुपर्छ । 

बिहानको झिसमिसमै तातो पानी पिएर बेलुका घर फर्किने गरी गाउँपालिकाको केन्द्र तेल्लोक पुग्दा कहिले समयमै काम हुन्छ त कहिले अबेर हुन्छ । समयमै काम हुँदा साँझ टर्च बालेर हस्याङफस्याङ गर्दै घर पुग्छन् । अबेर भए तेल्लोकमै बास बसेर भोलिपल्ट बिहान घर फर्किन्छन् । हरेक तीन महिनामा यसरी धाएको लामो समय भयो । बुढेसकालका कारण समय बित्दै जाँदा क्रमशः हिँड्डुल गर्न कठिन हुँदै गए पनि भत्ता लिन आफैँ पुग्नुपर्ने उनको बाध्यता हो ।
 
यता सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६९ वर्षीय थरमान सार्की करिब चार घण्टा पैदल हिँडेर गाउँपालिकाको केन्द्र साब्लाखुमा भत्ता थाप्न पुग्ने गरेका छन् । त्यहाँ लक्ष्मी बैंकको शाखा छ । बुढेसकालमा हिँड्दा पनि शरीर दुख्ने र गाडीमै जाँदा पनि उत्तिकै दुखाइ र थकान हुने उनले बताए । “कहिले भनेको बेला गाडी पाउँदैन हिँडेरै पुग्छु, कहिले गाडी पाउँदा गाडीमै जान्छु, तर बूढो भइयो हिँड्दा पनि र गाडीमै चढ्दा पनि सहज छैन”, उनले भने ।
 
यसरी घण्टौँ पैदल हिँडेर भत्ता लिने उहाँनीहरू मात्रै नभई दूरदराजका गाउँमा बसोबास गर्ने थुप्रै वृद्धवृद्धा छन् । सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत दिन थालेपछि हरेक स्थानीय तहका केन्द्रमा बैंकका शाखा खुलेका छन् । तर पहाडी जिल्लाका दुर्गम गाउँमा बसोबास गर्ने नागरिकलाई स्थानीय तहका केन्द्रसम्म पुगेर भत्ता थाप्न अझै घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको छ । बुढेसकालमा लौरोको सहारामा घण्टौँ हिँड्दा हैरान खेप्नुपरेको वृद्धवृद्धा गुनासो गर्छन् । “उमेरले डाँडा काटेपछि हिँड्डुल गर्न कठिन हुन्छ । बुढेसकालको सहारा बनेको भत्ता थाप्न लौरो टेकेर हिँड्नैपर्ने कर छ”, वृखबहादुर सार्कीले भने ।
 
 आर्थिक अवस्था कमजोर बनेका वृद्धवृद्धाले शरीरको दुखाइ र थकानको महसुस नगरी हिँड्ने हिम्मत गरेको पाइन्छ । सवारी साधनमै ओहोरदोहोर गर्दा पनि वृद्ध शरीरलाई गाह्रो हुने गरेको उनीहरू बताउँछन् । कतिपय गाउँका हिँड्डुल गर्न नसक्ने अशक्त वृद्धवृद्धाको भत्ता वडाको सिफारिससहित आफन्तले पु¥याइदिन्छन् । केहीले संरक्षक राखेर पनि उनीहरूमार्फत भत्ता निकाल्ने गरेका छन् । तर प्रायजसोले संरक्षक राखेका छैनन् । भत्ता थापेर आफैँ खर्च गर्लान् भन्ने शङ्काले संरक्षक नराखेको हुन सक्ने सिदिङ्वा गाउँपालिकाको मेहेलेका भुपाल मंरातीले बताए । उनी वडा कार्यालयमा कार्यरत छन् ।
 
यता आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेका वडाध्यक्ष ललित राईले गाउँका अशक्त र बिरामी अवस्थाका वृद्धवृद्धाको चेक सङ्कलन गरेर भत्ता निकासा गरी घरमै लगिदिने गरेका छन् । गाउँ कार्यपालिकाले वडाध्यक्षमार्फत घरमै लगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेपछि वडाध्यक्षले चेक सङ्कलन गरी भत्ता बाँड्ने गरेका हुन्। 

“बैंकसम्म पुग्न कठिन अवस्थाका वृद्धवृद्धालाई सहज होस् भनेर वडाध्यक्षमार्फत चेक सङ्कलन गरी सामाजिक सुरक्षा भत्ता बाँड्ने निर्णय गरेर कार्यान्वयन भइरहेको छ”, गाउँपालिका अध्यक्ष दीपेन पोमुले भने । अन्य स्थानीय तहमा भने घरमै लगेर बाँड्ने योजना छैन । “अहिलेसम्म गाउँपालिकाको केन्द्रमा रहेको बैंकमै आएर सामाजिक सुरक्षा भत्ता लैजान्छन्, टाढाका मानिसलाई भने अप्ठ्यारो देखिएको छ, उनीहरूको सहजताका लागि विकल्प सोचिरहेका छौँ”, सिरीजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले भने ।
 
स्थानीय तह आउनुभन्दा अघि वडा सचिवले घरघरमै लगेर बाँड्ने गरेका थिए । कतिपय वडामा पायक पर्ने ठाउँमा जम्मा गरेर पनि बाँड्ने गरिन्थ्यो । हाल स्थानीय तह आएपछि बैंकमार्फत भत्ता दिने गरिएको हो । यसरी बैंकमार्फत सम्बन्धित व्यक्तिको बैंक खाता खोलेर भत्ता दिने सुनिश्चित गरिए पनि दुर्गम ठाउँका नागरिकले भने अझै सास्ती खेप्नुपरेको स्थानीयवासीले बताएका छन् । 

Read More

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

- / बुधबार, चैत १५, २०७९

काठमाडौं । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा प

काठमाडौं । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ । यसअघि मुगुको भिइ केन्द्रविन्दु भएर यही चैत १० गते चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो ।

Read More
ads-image
ads-image
ads-image
ads-image