थप समाचार मेनु

इसेवाको ‘बैंक ट्रान्स्फरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्बजनिक 

- फरक दृष्टि / बिहीबार, चैत २, २०७९ १6:३९

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘बैंक ट्रान्स्फर बाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्बजनिक गरेको छ । यस अफर अन्तरगत इसेवाका ग्राहकले आफ्नो इसेवा एकाउन्ट मार्फत बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्ने मौका पाउनेछन् । यस अफरमा बेंक ट्रान्स्फर गर्दा डबल क्यासब्याक पाउनुका साथै हङकङ घुम्न जाँदा दोहोरो टिकट जित्न सकिनेछ ।

यस अफरमा इसेवा मार्फत बैंक तथा सहकारीका खातामा रकम ट्रान्स्फर गर्दा सहभागी हुन पाइनेछ । यस अफर योजना चैत्र ३० गतेसम्म सञ्चालन हुनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर कम्तीमा दुईपटक बैंक ट्रान्स्फर गरेको हुनुपर्नेछ । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत आम नेपालीहरू सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल एक लाख ८५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ । 

सम्बन्धित समाचार

अब डिसहोमबाटै आईपीएल क्रिकेट हेर्न पाइने

- फरक दृष्टि / शुक्रबार, चैत १७, २०७९

काठमाडौं । पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरूको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले IP टिभीको सेवा शुभारम्भ गरेको छ ।

नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV, DTH र Terrestrial (T2)  भन्दा फरक प्रविधी Internet Protocol based भएको कारण यो IP टिभीमा लोकप्रिय Cricket Tournament IPL HD क्वालिटीमा हेर्न सकिने बताइएको छ । यस्तै अर्न्तराष्ट्रिय सिरि

काठमाडौं । पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरूको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले IP टिभीको सेवा शुभारम्भ गरेको छ ।

नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV, DTH र Terrestrial (T2)  भन्दा फरक प्रविधी Internet Protocol based भएको कारण यो IP टिभीमा लोकप्रिय Cricket Tournament IPL HD क्वालिटीमा हेर्न सकिने बताइएको छ । यस्तै अर्न्तराष्ट्रिय सिरिजहरू जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सकिने जनाएको छ ।

लाइभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरू र रमाइलो टिभीमा Exclusive सिरियल भाग्य सिदुरको र आनन्दी संगै अन्य सेवा प्रदायकको मा उपलव्ध नभएको Shorts TV,  गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका Exclusive च्यानलहरूलगायत २०० भन्दा वढि टिभी च्यानलहरू, ५ हजार घण्टाभन्दा बढी विभिन्न Content हरू, Video on Demand, Catch- up TV/Start-over TV, Youtube, TikTok, लगायत अन्य विभिन्न एप तथा फिचर्सहरू उपलव्ध रहेको छ ।

Internet Protocol (IP) Network मार्फत Television सिग्नल प्राप्त हुने भएकाले यो सेवा लिनको लागि Internet connection हुन जरुरी रहेको डिश मिडिया नेटवर्कले जनाएको छ । ग्राहकहरूले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर DH Fibernet जडान गर्नु भई नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV मा Exclusive, Premium, HD TV Channel हरूको मज्जा लिन सक्नेछन् ।

Read More

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? 

- / शुक्रबार, चैत १७, २०७९

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम गरेको हो।

बिहिबार प्रति तोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँ निर्धारण

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम गरेको हो।

बिहिबार प्रति तोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

Read More
ads-image
ads-image
ads-image
ads-image