थप समाचार मेनु

राष्ट्रिय वाणिज्य बैंकद्धारा क्रिकेट टिमका खेलाडीलाई एक-एक लाख नगद प्रदान

- फरक दृष्टि / बिहीबार, जेठ ११, २०८० १२:०९

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियललाई सोमबार एक समारोहका बीच सम्मान गरेको छ।

हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीलाई जनही १ लाख रुपैयाँ र ८ जना टिम अफिसिलयललाई जनही ५० हजार रुपैयाँ नगद बैंकले प्रदान गरेको हो। नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरी विश्वकप छनौट खेलमा सहभागी हुने अवसर पाएको तथा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल भएको छ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख अतिथि डा.बलराम पाठकले खेलाडी तथा टिम अफिसिलयहरुलाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्न सकिने बताए।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय रुपमा क्रिकेटले राष्ट्रको नाम उच्च बनाएको यो क्षण गौरवपूर्ण भएको बताउँदै अन्य खेलकुदलाई पनि बैंकले सहयोग गरको बताए। 

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय रुपमा नेपालको नाम क्रिकेटले चिनाएको बताउँदै बैंकको सहयोगले आगामी दिनमा अगाडि बढ्न हौसला पुगेको बताए। राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले देशका लागि खेल्ने ‘मेरो सपना त वास्तवमा हामी सबैको सपना रहेछ’ भन्दै खेल्ने सपना पूरा गर्न पाएकोमा खुसी लागेको बताए।  कार्यक्रम मार्केटिङ विभागका विभागीय प्रमुख अच्युत गौतमले सञ्चालन गरेका थिए। 

कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य, नायब प्रमुख कार्यकारी अधिकृतद्वय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, बैंकमा क्रियाशील तीनवटै ट्रेड युनियनका अध्यक्षहरु क्रमशः रा।वा।बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रा।वा।बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा।वा। बैंकका उपाध्यक्ष जितेन्द्र राई, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धक, मुख्य शाखा कार्यालयका प्रबन्धक, कर्पोरेट शाखाका प्रबन्धकलगायत कर्मचारीको उपस्थिति थियो। 

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्यूआर कोड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ तथा बिना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरुसमेत सञ्चालनमा रहेका छन्।

सम्बन्धित तस्बिरहरू

राष्ट्रिय वाणिज्य बैंकद्धारा क्रिकेट टिमका खेलाडीलाई एक-एक लाख नगद प्रदान
राष्ट्रिय वाणिज्य बैंकद्धारा क्रिकेट टिमका खेलाडीलाई एक-एक लाख नगद प्रदान
राष्ट्रिय वाणिज्य बैंकद्धारा क्रिकेट टिमका खेलाडीलाई एक-एक लाख नगद प्रदान
राष्ट्रिय वाणिज्य बैंकद्धारा क्रिकेट टिमका खेलाडीलाई एक-एक लाख नगद प्रदान
सम्बन्धित समाचार

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

- / आइतबार, जेठ २१, २०८०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक तर्फको १ हजार ५०९ दशमलव ७५ कित्ता संस्थापक शेयर जेठ २० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. १०४ मूल्य अंकित गरी उक्त शेयर विक्रीमा ल्याएको हो । 

यसअघि बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी विक्री खुला गरेको थियो । सो अवधिमा विद्यमान संस्थापकबाट आवेदन नपरेपछि

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक तर्फको १ हजार ५०९ दशमलव ७५ कित्ता संस्थापक शेयर जेठ २० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. १०४ मूल्य अंकित गरी उक्त शेयर विक्रीमा ल्याएको हो । 

यसअघि बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी विक्री खुला गरेको थियो । सो अवधिमा विद्यमान संस्थापकबाट आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याइएको हो ।

यो शेयर खरीद गर्नका लागि इच्छुक लगानीकर्ताहरूले ३५ दिनभित्र आवेदन दिनुपर्ने जानकारी बैंकले दिएको छ ।  

Read More

कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच मर्चेन्ट सम्झौता

- / शुक्रबार, जेठ १९, २०८०

काठमाडौं ।  कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकरुले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राईभिङ्ग तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने ड्राईभिङ्ग तालिमहरुम

काठमाडौं ।  कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकरुले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राईभिङ्ग तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने ड्राईभिङ्ग तालिमहरुमा बैंकका ग्राहकहरुले १२ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा सो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । उक्त सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Read More
ads-image
ads-image
ads-image
ads-image