थप समाचार मेनु

के तपाईं मोटोपनले चिन्तित हुनुहुन्छ? जान्नुहोस् यी हुन् पेट घटाउने ९ प्राकृतिक तरिका

- / शुक्रबार, चैत १०, २०७९ २०:२०

अहिले अधिकांश मानिसहरुलाई मोटोपनाले एकदमै सताइ रहेको छ । प्रविधि तथा अन्य सुविधाका कारण मानिसहरुमा मोटोपनको समस्याले खुबै सताउन थालेको हो । भर्खरका युवाहरुको पनि अन्य सबै भाग फिट भएतापनि पेट भने पुत्लुक्क बाहिर निस्किएको हुन्छ । हुन त घरमा आमाबाबा छोरो या छोरी मोटाए भनेर खुशि हुँदाहुन् तर यसले बिभिन्न प्रकारका रोगलाई समेत निम्तो दिन्छ ।

त्यसैले पेट घटाउन धेरै मानिसहरु लागिपर्न थालेका छन् । बिहानै मर्निङ वाक गर्न होस् वा योग गर्न मानिसहरु दौडिहाल्छन् । युवापुस्तामाझ त जिम जाने चलन पनि ह्वात्तै बढेको छ । त्यसो त हामीले सामान्य कुरामा ध्यान दिने हो भने पनि पुत्लुक्क निस्कने पेटलाई नियन्त्रण गर्नसक्छौं । हामीले खाने खानामा केहि परिवर्तन गर्दा हामी फिट हुनसक्छौं ।

१) कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात
दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।

२) काँचो लसुन खानुहोस्
बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।

३) पानी धेरै पिउनुहोस्
पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।

४) गुलियोबाट टाढा रहनुहोस्
यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् 

५) खैरो चामलको भात खानुहोस्
यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस् र त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् । खैरो चामलको भात भने नेपालको सन्दर्भमा त्यति सम्भव नहुन पनि सक्छ ।

६) मांसाहारबाट टाढै रहनुहोस्
मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् ।

७) धेरै सागसब्जी खानुहोस्
खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ ।

८) खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्
खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । दालचिनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

९) बदामको प्रयोग गर्नुहोस्
बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

सम्बन्धित समाचार

यस्ता छन् गर्भावस्थामा नरिवल पानी पिउनुका ५ फाइदा

- / बिहीबार, जेठ ४, २०८०

एजेन्सी । नरिवल पानी स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । गर्भावस्थाका बेला यसलाई पिउने गरेमा शरीर हाइड्रेट हुन्छ । 

गर्भावस्थाको बेला नरिवल पानी पिउँदा ५ किसिमका फाइदा प्राप्त हुन्छन् ।

१. गर्भावस्थामा नरिवल पानी पिउँदा शरीरमा डिहाइड्रेसनको समस्या आउँदैन । यसमा लगभग ९५ प्रतिशत पानी हुन्छ जसले इलेक्ट्रोलाइट्सको स्तरलाई सन्तुलित राखेर

एजेन्सी । नरिवल पानी स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । गर्भावस्थाका बेला यसलाई पिउने गरेमा शरीर हाइड्रेट हुन्छ । 

गर्भावस्थाको बेला नरिवल पानी पिउँदा ५ किसिमका फाइदा प्राप्त हुन्छन् ।

१. गर्भावस्थामा नरिवल पानी पिउँदा शरीरमा डिहाइड्रेसनको समस्या आउँदैन । यसमा लगभग ९५ प्रतिशत पानी हुन्छ जसले इलेक्ट्रोलाइट्सको स्तरलाई सन्तुलित राखेर शरीरलाई हाइड्रेट बनाइराख्छ ।

२. गर्भावस्थाको बेला केही महिलामा उच्च रक्तचापको समस्या पनि देखिन्छ । यस्तोमा नरिवल पानी पिउने गरेमा रक्तचाप नियन्त्रित रहन्छ । यसमा पोटाशियम हुन्छ जसले रक्तचापलाई नियन्त्रित गर्ने काम गर्दछ ।

३. नरिवल पानी पिउँदा पेट सम्बन्धी समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । यसलाई पिएमा कब्जियत, अपच, पेट फुल्ने जस्ता समस्या कम हुन्छन् ।

४. गर्भावस्थाको बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनु एकदमै आवश्यक हुन्छ । जसको काम नरिवल पानीले गर्छ । नरिवल पानी पिउने गरेमा शरीरमा हुने संक्रमण कम हुन्छन् ।

५. आमा सँगै गर्भमा रहेको बच्चाको विकासको लागि पनि नरिवल पानी एकदमै फाइदाजनक हुन्छ । यसमा भिटामिन, मिनरल्स तथा क्याल्सियम भरपूर मात्रामा पाइन्छ । जसले बच्चाको सम्पूर्ण विकासका लागि सहयोग पुर्या‍उँछ ।

Read More

जवान देखिन अपनाउनुहोस् यी टिप्स

- / शनिबार, बैशाख ९, २०८०

काठमाडौं ।  जवान देखिनका लागि तपाईले आफ्नो जीवनशैली र खानपानमा धेरै ध्यान दिनु पर्दैन। थोरै परिवर्तनले यो इच्छा पूरा गर्न सकिन्छ।

सबैजना आफ्नो उमेर भन्दा जवान देखिन चाहन्छन्, यसका लागि तपाईले आफ्नो जीवनशैली र खानपानमा धेरै ध्यान दिए पुग्छ । थोरै परिवर्तनले तपाईंलाई जवान नै देखिने इच्छा पूरा गर्न मद्दत मिल्छ ।

बुढ्यौली घटाउन अपनाउनुहोस् यी टिप्स:

काठमाडौं ।  जवान देखिनका लागि तपाईले आफ्नो जीवनशैली र खानपानमा धेरै ध्यान दिनु पर्दैन। थोरै परिवर्तनले यो इच्छा पूरा गर्न सकिन्छ।

सबैजना आफ्नो उमेर भन्दा जवान देखिन चाहन्छन्, यसका लागि तपाईले आफ्नो जीवनशैली र खानपानमा धेरै ध्यान दिए पुग्छ । थोरै परिवर्तनले तपाईंलाई जवान नै देखिने इच्छा पूरा गर्न मद्दत मिल्छ ।

बुढ्यौली घटाउन अपनाउनुहोस् यी टिप्स: 

– राति सुत्नुअघि पाँचवटा बदाम, एक ओखर र सूर्यमुखीको दाना भिजाउनुहोस्। बिहान सबभन्दा पहिले यी चिजहरू खानुहोस् । तपाईंको स्वास्थ्यको साथसाथै, यो तपाईंको छालाको लागि पनि लाभदायक साबित हुन सक्छ।

- यसका अलावा राति सुत्नुअघि मोबाइल र ग्याजेटहरूबाट टाढा रहनुहोस्, यसले तपाईंको निद्रामा बाधा पुर्‍याउन सक्छ। त्यसैले सुत्दा तिनीहरूलाई आफूबाट टाढा राख्नुहोस्।

- यसबाहेक, तपाईंले आफ्नो दिनचर्यामा व्यायाम समावेश गर्नुपर्छ। यसो गर्नाले तपाईको शरीर तन्दुरुस्त रहन्छ र तपाईलाई धेरै रोगबाट बचाउन पनि मद्दत गर्न सक्छ।

- आफ्नो छालाको हेरचाहलाई दिनचर्यामा समावेश गर्नुहोस्। पर्याप्त मात्रामा पानी पिउनुहोस्। राति सुत्नुअघि छालालाई राम्ररी सफा गर्नुहोस् । मोइस्चराइजर वा सीरम लगाएर सुत्नुहोस्। 

Read More