थप समाचार मेनु

विमान दुर्घटना जाँच आयोगको म्याद थपियो

- / बुधबार, चैत १, २०७९ १७:१८

काठमाडौं । सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

    सरकारले गत माघ १ मा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको थियो । 

    दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो । 

    आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । 

सम्बन्धित समाचार

मानव अधिकार तथा शान्ति समाज गोरखा शाखाद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

- फरक दृष्टि / शुक्रबार, चैत १७, २०७९

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाको आयोजनामा आज गोरखामा लोकतन्त्रको १७ बर्ष संक्रमणकालीन न्याय अलपत्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोरखा शाखा सभापति गोमा दुवाडीको अध्यक्षता र गोरखा नगरपालिका कि उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

संक्रमणकालिन न्याय अलपत्र अन्तरक्रिया कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका के

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाको आयोजनामा आज गोरखामा लोकतन्त्रको १७ बर्ष संक्रमणकालीन न्याय अलपत्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोरखा शाखा सभापति गोमा दुवाडीको अध्यक्षता र गोरखा नगरपालिका कि उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

संक्रमणकालिन न्याय अलपत्र अन्तरक्रिया कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव सिताराम तिवारीले शान्ति समाजको अवधारणा पत्र प्रस्तुत गरेका थिए भने पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडीले सहभागीहरुको जिज्ञासाको जवाफ दिएका थिए।

कार्यक्रममा नेपाली काँग्रसका सहसचिव लुमनाथ लामिछाने, नेकपा एमालेका सचिव काजिराम रोका, शान्ति समाज गोरखाका पूर्व सभापति यदु अधिकारी, जिल्ला प्रशाशन कार्यालयका प्रशासकीय अधिकृत चुडानिधि तिवारी लगायतका वक्ताहरुले आआफ्नो धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा ४८ जनाको सहभागिता रहेको थियो ।

Read More

सरकार र मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता गृहमन्त्रालयमा जारी

- / शुक्रबार, चैत १७, २०७९

काठमाडौं । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता गृहमन्त्रालयमा जारी छ । विहीबार बिहान भएको पहिलो वार्ता निष्कर्षविहीन भएपछि आज बिहानदेखि दोस्रो चरणको वार्ता सुरु भएको हो ।

विहीबार साँझ नै दोस्रो चरणको वार्ता हुने भनिए पनि पीडित पक्षले तयारी नपुग्ने भन्दै आज बिहानसम्मको समय मागेका थिए । संघर्ष समितिका तर्फबाट वार्ता टोली सदस्य संघर्ष दाहालले दोस्

काठमाडौं । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता गृहमन्त्रालयमा जारी छ । विहीबार बिहान भएको पहिलो वार्ता निष्कर्षविहीन भएपछि आज बिहानदेखि दोस्रो चरणको वार्ता सुरु भएको हो ।

विहीबार साँझ नै दोस्रो चरणको वार्ता हुने भनिए पनि पीडित पक्षले तयारी नपुग्ने भन्दै आज बिहानसम्मको समय मागेका थिए । संघर्ष समितिका तर्फबाट वार्ता टोली सदस्य संघर्ष दाहालले दोस्रो चरणको वार्ताका लागि आफूहरु गृहमन्त्रालयमा रहेको बताए ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोज कुमार पासवानले नेतृत्व गरेका छन् ।

विहीबारको वार्तामा संघर्ष समितिले ९ बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएको थियो । आज त्यसमा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुनेछ ।

Read More
ads-image
ads-image
ads-image
ads-image