थप समाचार मेनु

सुदूरपश्चिममा पुनः देखिन थाल्यो कोरोना संक्रमण

- / बिहीबार, चैत २, २०७९ १३:१४

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ । यो तथ्याङ्कमा केही दिन अघिका कोरोना संक्रमितको संख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घन्टमा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमूना परीक्षण गरिएको थियो । कोरोनाको संक्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ ।

निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले रोगको रोकथामका लागि सबै जिल्लामा कोरोना भाइरसविरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको जानकारी दिए ।

सरकारले कोभिड-१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको छ ।

स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने बताइएको छ । कोरोनाको संक्रमण भएकाले संक्रमणमुक्त भएको एक महिनापछि यो बुस्टर डोज लगाउन पाइन्छ ।

कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा छ लाख ३९ हजार चारसय ८८ को नमूना परीक्षण भइसकेको छ । यीमध्ये ६१ हजार आठ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार

गहुँ खेतीमा रगिन गरिँदै

- / बिहीबार, चैत १६, २०७९

कैलाली । कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । 

बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थि

कैलाली । कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । 

बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष २४ किसानलाई रगिनको कार्यमा लगाएको छ । बीजवृद्धिका लागि गरिएको खेतीबाट गुणस्तरीय बीउ उत्पादन गर्न सहकारीले किसान परिचालन गरी रगिन गराइरहेको छ । 

उत्पादनमा गुणस्तरीयतासँगै बीउ उत्पादक किसानलाई सहज हुने भएकाले सहकारीले नै रगिनको काम गराइरहेको रगिन कार्यका फोकल पर्सन फुलराम कठरियाले बताए । “हामी किसानसँगै रगिन कार्यमा खटेका छौँ, रगिन गर्दा किसानलाई नै फाइदा पुग्छ”, उनले भने, “यहाँ व्यक्तिगत र समूहमा मिलेर बीजवृद्धिका लागि गहुँ खेती गरिएको छ ।”

बीजवृद्धि सहकारी मुनुवाले यस वर्ष करिब एक सय ५० हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँको बीजवृद्धि खेती गरेको छ । गुणस्तरीय बीउ उत्पादनअन्तर्गत जातीय शुद्धताका लागि खडा र तयारी अवस्थामा रहेकोे गहँुबालीमा अनावश्यकरुपमा रहेको बेजात झार हटाई जातीय शुद्धताका लागि अपनाइने कार्यलाई रगिन भनिन्छ । रगिन गर्दा खडा र तयारी अवस्थामा रहेको खेतमै कृषि प्राविधिकको प्रत्यक्ष संलग्नता, निरीक्षण र सल्लाहबमोजिम गरिन्छ । सोहीअनुसार आफूहरुले रगिन गरिरहेको मुनुवाका प्रबन्धक गोविन्द रावतले बताए । 

“बेजात, झारपात हटाउनका लागि रगिन गरिएको हो”, उनले भने, “बेजात र झारपात हटाएमा गुणस्तरीय बीउ तयार हुन्छ । यो कार्य बाली पोकेका बेला गर्न सकिन्छ ।”

गुणस्तरीय बीउमा शतप्रतिशत जातीय शुद्धता नहुने भएकाले रगिन गर्नुपर्ने हुन्छ । बीउ उत्पादनका लागि गरिने बालीको कम्तीमा दुईपल्ट रगिन गरिनु आवश्यक भएको प्राविधिक बताउँछन् । रगिन बाली पसाउनुपूर्व र बाली तयारीपूर्व गर्ने गरिन्छ । 

यसरी रोपिएका जातमा बेजात बाली हटाउने, विभिन्न झारपात हटाउने कार्य गरिन्छ । सोही आधारमा रगिनको टोली बनाएर गहुँ बालीको निरीक्षणसहित रगिन गर्ने कार्य भइरहेको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताए ।

बीउमा शुद्धता नहुने भएकाले कृषि प्राविधिक वा दक्ष कृषकले मात्र रगिन गर्नुपर्दछ । रगिन गर्दा कृषि प्राविधिकको निरीक्षणसहित फिल्डमा काम गर्नुपर्ने भएकाले बीजवृद्धिका क्षेत्रमा क्रियाशील कृषि सहकारी, समूहले विशेष रगिन टोली बनाई काम भइरहेको क्षेत्रीय बीउबीजन प्रयोगशाला सुन्दरपुर, कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले बताए । 

“विगत वर्षबाटै यो भइहरेको छ । रगिन गर्दा किसान, समूहलाई मात्र दिएर हुँदैन”, उनले भने, “स्वयं किसानलाई बालीको माया लाग्ने भएकाले बेजात हटाउन लोभ गर्नुहुन्छ । त्यसैले टोली बनाएर रगिन गर्न सल्लाह दिएका छौँ ।”

Read More

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा

- / बुधबार, चैत १५, २०७९

 

बैतडी । जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।  तीन दिनसम्म देहिमाडौँमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष शेरसिंह खत्रीले जानकारी र्दिए ।  बन्द प्रशिक्षणका लागि नरेन भट्ट, आकाश चन्द, विक्की चन्द, सुदी

 

बैतडी । जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।  तीन दिनसम्म देहिमाडौँमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष शेरसिंह खत्रीले जानकारी र्दिए ।  बन्द प्रशिक्षणका लागि नरेन भट्ट, आकाश चन्द, विक्की चन्द, सुदीप कार्की, हर्ष कार्की, सचिन भट्ट, कल्पेश चन्द, आयुश चन्द, अशोकनाथ योगी, दिपेश पाण्डे, विक्रम बोहरा, जित्तु थापा, भुपेश चन्द, विनोद लावड, रुपेश साउद, निखिल चन्द, हेमन्त धामी र रोशन चन्द छनोट भएका छन् ।

यहाँका पालिकाबाट आएका खेलाडीबाट टोली बनाएर यसअघि प्रतिस्पर्धा गराइएको र त्यसपछि खेलाडी छनोट गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज वोकटीले जानकारी दिए ।  सहभागी हुन आउने खेलाडीलाई अनिवार्यरूपमा उमेर खुल्ने कागजपत्र ल्याउन आग्रह गरिएको छ ।  बन्द प्रशिक्षणको मिति केही दिनमै तोकिने र प्रशिक्षण देहिमाडौँस्थित निङ्ग्लाशैनी खेलमैदानमा सञ्चालन हुनेछ । प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा जिल्ला टोली घोषणा गरिने क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । छनोट भएको जिल्लाको टोलीले प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ ।
  
नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको इस्टजोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला छनोट चैत १५ भित्र गरिसक्न निर्देशन दिएको थियो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेसियामा हुनेछ । सोही प्रतियोगितामा नेपाल पनि सहभागी हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ । 

Read More
ads-image
ads-image
ads-image
ads-image