थप समाचार मेनु

यस्ता छन् मह सेवानका फाइदाहरु..

- / शुक्रबार, चैत १०, २०७९ २०:५३

मह हाम्रो शरीरको लागि बहुउपयोगी खाद्या वस्तु हो । महले मान्छेको स्मरण शक्ति तेज बनाउनुका साथै अनेक रोकको औषधीको रूपमा प्रयोग गर्न सकिन्छ । हाम्रो दैनिक जिवनामा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमज जस्ता आवश्यक तत्त्व पाइन्छ त्यसेले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ । मह दैनिक जविनमा कत्ति आवश्यक छ भनी चर्चा गरेका छौँ ।

महको फाइदा यस्तो छ 
– महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्त्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।

– महमा ग्लुकोज पाइन्छ । महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिट्टै घुल्छन् र अन्य मिष्टान्न परिकारले जस्तो नराम्रो परिणाम देखाउँदैन ।

– खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर खाने गर्नाले निको जान्छ ।

– सुक्खा खोकी लागेको बेला कागतीको रसमा मह मिसाई खाने गर्नाले आराम मिल्छ । कागतीको रस छैन भने महमात्रै खाँदा पनि खोकी लाग्ने क्रम तत्काल घट्न जान्छ ।

–आलस्य भयो अथवा वाकवाकी आउन लागेजस्तो भयो भने मह खानाले आराम हुन्छ ।

– कब्जियतको समस्या छ भने गोलभेँडा अथवा सुन्तलाको रसमा एक चम्चा मह मिसाएर खाने गर्नाले कब्जियत ठिक हुँदै जान्छ ।

– दुब्लाएर हैरान हुनुहुन्छ र मोटाउन खोजिरहनुभएको छ भने राति दूधमा मह हालेर पिउने गर्नाले मोटाइन्छ ।

– शरीरका मांसपेशी बलियो बनाउन, रक्तचापलाई नर्मल राख्न, रगतमा हेमोग्लोबिनको मात्रा बढाउन पनि मह खाने गरिन्छ ।

– जीउ आलस्य भइरहने, हाई आइरहने गर्छ भने तपाईँलाई रक्तअल्पता भएको हुनसक्छ । मह खानाले यस्तो समस्या हटेर जान्छ ।

– शरीरको वजन घटाउन चाहनुहुन्छ भने बिहान मनतातो पानीमा कागतीको रस र मह हालेर नियमित खाने गर्नुपर्छ । बिहान महपानी खानाले दिउँसो कम भोक लाग्छ, जसले गर्दा वजन बढ्न पाउँदैन ।

– हाडजोर्नी दुख्ने, जाडोमा जीउ कटकटी खाने गर्छ भने महमा दालचिनीको पाउडर मिसाएर दुःखेको ठाउँमा मसाज गर्नाले आराम हुन्छ ।

– रुघाखोकी लागेको छ, हाच्छिउँ आइरहेको छ भने मह, अदुवा र तुलसीको पातको रस बराबर मात्रामा मिसाएर खाने गर्नाले आराम हुन्छ ।

– राति राम्रोसँग निद्रा लाग्दैन भने सुत्नुअघि दुई चम्चा मह खाने गर्नाले निद्रा लाग्छ ।

– गर्भवतीले मह खाने गर्नाले पेटमा भएको बच्चा शारीरिक र मानसिक रूपमा बढी स्वस्थ हुन्छ ।

– आगो अथवा तातो वस्तुले छाला जलेको ठाउँमा अथवा काटेको ठाउँमा मह लगाउनाले आराम मिल्छ ।

– दिनहुँ मह खाने गर्नाले दिमाग तेजिलो बन्दै जान्छ ।

– महलाई अनारको रससँग मिसाएर खानाले मानसिक समस्या, सुस्तता, निराशा र मानसिक थकान क्रमशः कम हुँदै जान्छन् ।

– सुन्दरताका लागि पनि मह लाभदायक हुन्छ । आँखावरिपरि डार्क सर्कल छ अथवा आँखा वरिपरिको भाग सुनिएजस्तो देखिएको छ भने मह र बदामको तेल बराबर मात्रामा मिसाई आँखा वरिपरिको छालामा सुत्ने बेलामा दल्ने र बिहान उठेर धुने गर्नुपर्छ ।

– अनुहार, छाती आदिमा चाउरी देखापर्न थालेको छ भने पाकेको आधा एभोकाडोमा एक चम्चा मह मिएर चाउरी परेको ठाउँमा दली २० मिनेटपछि धुने गर्नाले चाउरी हराउँदै जान्छ ।

– नियमित दाह्री काट्दा छाला खस्रो भएको अथवा दाग देखापरेको छ भने दाह्री काटेपछि त्यस्तो ठाउँमा मह दलेर १५ मिनेटपछि पखाल्ने गर्नुपर्छ ।

– सातामा एक पटक नरिवलको तेलमा मह बराबर मात्रामा मिसाई कपालको जरासम्म पुग्ने गरी मसाज गरी २० मिनेटपछि कपाल धुने गर्नाले कपाल चम्किलो बन्छ ।

सम्बन्धित समाचार

यस्ता छन् गर्भावस्थामा नरिवल पानी पिउनुका ५ फाइदा

- / बिहीबार, जेठ ४, २०८०

एजेन्सी । नरिवल पानी स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । गर्भावस्थाका बेला यसलाई पिउने गरेमा शरीर हाइड्रेट हुन्छ । 

गर्भावस्थाको बेला नरिवल पानी पिउँदा ५ किसिमका फाइदा प्राप्त हुन्छन् ।

१. गर्भावस्थामा नरिवल पानी पिउँदा शरीरमा डिहाइड्रेसनको समस्या आउँदैन । यसमा लगभग ९५ प्रतिशत पानी हुन्छ जसले इलेक्ट्रोलाइट्सको स्तरलाई सन्तुलित राखेर

एजेन्सी । नरिवल पानी स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । गर्भावस्थाका बेला यसलाई पिउने गरेमा शरीर हाइड्रेट हुन्छ । 

गर्भावस्थाको बेला नरिवल पानी पिउँदा ५ किसिमका फाइदा प्राप्त हुन्छन् ।

१. गर्भावस्थामा नरिवल पानी पिउँदा शरीरमा डिहाइड्रेसनको समस्या आउँदैन । यसमा लगभग ९५ प्रतिशत पानी हुन्छ जसले इलेक्ट्रोलाइट्सको स्तरलाई सन्तुलित राखेर शरीरलाई हाइड्रेट बनाइराख्छ ।

२. गर्भावस्थाको बेला केही महिलामा उच्च रक्तचापको समस्या पनि देखिन्छ । यस्तोमा नरिवल पानी पिउने गरेमा रक्तचाप नियन्त्रित रहन्छ । यसमा पोटाशियम हुन्छ जसले रक्तचापलाई नियन्त्रित गर्ने काम गर्दछ ।

३. नरिवल पानी पिउँदा पेट सम्बन्धी समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । यसलाई पिएमा कब्जियत, अपच, पेट फुल्ने जस्ता समस्या कम हुन्छन् ।

४. गर्भावस्थाको बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनु एकदमै आवश्यक हुन्छ । जसको काम नरिवल पानीले गर्छ । नरिवल पानी पिउने गरेमा शरीरमा हुने संक्रमण कम हुन्छन् ।

५. आमा सँगै गर्भमा रहेको बच्चाको विकासको लागि पनि नरिवल पानी एकदमै फाइदाजनक हुन्छ । यसमा भिटामिन, मिनरल्स तथा क्याल्सियम भरपूर मात्रामा पाइन्छ । जसले बच्चाको सम्पूर्ण विकासका लागि सहयोग पुर्या‍उँछ ।

Read More

जवान देखिन अपनाउनुहोस् यी टिप्स

- / शनिबार, बैशाख ९, २०८०

काठमाडौं ।  जवान देखिनका लागि तपाईले आफ्नो जीवनशैली र खानपानमा धेरै ध्यान दिनु पर्दैन। थोरै परिवर्तनले यो इच्छा पूरा गर्न सकिन्छ।

सबैजना आफ्नो उमेर भन्दा जवान देखिन चाहन्छन्, यसका लागि तपाईले आफ्नो जीवनशैली र खानपानमा धेरै ध्यान दिए पुग्छ । थोरै परिवर्तनले तपाईंलाई जवान नै देखिने इच्छा पूरा गर्न मद्दत मिल्छ ।

बुढ्यौली घटाउन अपनाउनुहोस् यी टिप्स:

काठमाडौं ।  जवान देखिनका लागि तपाईले आफ्नो जीवनशैली र खानपानमा धेरै ध्यान दिनु पर्दैन। थोरै परिवर्तनले यो इच्छा पूरा गर्न सकिन्छ।

सबैजना आफ्नो उमेर भन्दा जवान देखिन चाहन्छन्, यसका लागि तपाईले आफ्नो जीवनशैली र खानपानमा धेरै ध्यान दिए पुग्छ । थोरै परिवर्तनले तपाईंलाई जवान नै देखिने इच्छा पूरा गर्न मद्दत मिल्छ ।

बुढ्यौली घटाउन अपनाउनुहोस् यी टिप्स: 

– राति सुत्नुअघि पाँचवटा बदाम, एक ओखर र सूर्यमुखीको दाना भिजाउनुहोस्। बिहान सबभन्दा पहिले यी चिजहरू खानुहोस् । तपाईंको स्वास्थ्यको साथसाथै, यो तपाईंको छालाको लागि पनि लाभदायक साबित हुन सक्छ।

- यसका अलावा राति सुत्नुअघि मोबाइल र ग्याजेटहरूबाट टाढा रहनुहोस्, यसले तपाईंको निद्रामा बाधा पुर्‍याउन सक्छ। त्यसैले सुत्दा तिनीहरूलाई आफूबाट टाढा राख्नुहोस्।

- यसबाहेक, तपाईंले आफ्नो दिनचर्यामा व्यायाम समावेश गर्नुपर्छ। यसो गर्नाले तपाईको शरीर तन्दुरुस्त रहन्छ र तपाईलाई धेरै रोगबाट बचाउन पनि मद्दत गर्न सक्छ।

- आफ्नो छालाको हेरचाहलाई दिनचर्यामा समावेश गर्नुहोस्। पर्याप्त मात्रामा पानी पिउनुहोस्। राति सुत्नुअघि छालालाई राम्ररी सफा गर्नुहोस् । मोइस्चराइजर वा सीरम लगाएर सुत्नुहोस्। 

Read More