थप समाचार मेनु

त्रिचन्द्रमा विद्यार्थी कुटपिट गर्नेलाई कारबाही गर्न नेविसङ्घको माग

- फरक दृष्टि / शनिबार, चैत ४, २०७९ २१:०२

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिचन्द्र क्याम्पस हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञीप्त जारी गरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई विथोल्ने गरी विद्यार्थी कुटपिट गरिएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।

“लामो समयपछि देशभर हर्षोल्लासका साथ सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचनमा आज नेपालको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्रमा स्ववियु निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई धरपकड र लखेट्ने जस्ता अमर्यादित र निन्दनीय घटनाप्रति नेविसङ्घ खेद प्रकट गर्दछ”, नेविसङ्घद्वारा जारी विज्ञीप्तमा भनिएको छ ।

त्रिचन्द्रमा विवेक बानियाँ, सुन्दर बडाल, यसमान विष्ट, अर्जुन पौडेल, केशरजङ्ग बम, महेश खनाल, विनोद देउवा, रोहित चौधरी, सुरेन्द्र विश्वकर्मा, सुवास खड्का, गोविन्द कोइराला, सृष्टि सुवेदी, आश्विन अधिकारीलगायत विद्यार्थी घाइते भएको नेविसङ्घले जनाएको छ ।

नेविसङ्घ स्ववियु निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा सन्तोष उपाध्यायले अपराधिक घटनामा सङ्लग्न व्यक्ति माथि छानबिन गरी यथाशीघ्र कानुनी कारबाहीको माग गरेका छन् । उनले स्ववियु निर्वाचन विथोल्नका लागि विभिन्न विद्यार्थी सङ्गठन लागेको आरोप लगाए ।

नेविसङ्घले भोलि हुने स्ववियु निर्वाचनमा अमर्यादित क्रियाकलाप नगर्न र मतदान गर्न आउने विद्यार्थीलाई सुरक्षाको प्रत्याभूतिको दिलाउन गृह मन्त्रालयको ध्यानाकर्षण गरेको छ । 
 

सम्बन्धित समाचार

रास्वपाका तीन उम्मेदवार लामिछाने, वाग्ले र खरेलले संयुक्त पत्रकार सम्मेलन गर्दै

- / शनिबार, चैत १८, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज शनिबार पत्रकार सम्मेलन गर्दै छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका विषयमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

पार्टीका अध्यक्ष रवि लामिछानेले आज अपराह्न ४ बजे बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरिने शुक्रबार सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । उनले स्वर्णिम वाग्ले र रमेश खरेलसहितको तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज शनिबार पत्रकार सम्मेलन गर्दै छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका विषयमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

पार्टीका अध्यक्ष रवि लामिछानेले आज अपराह्न ४ बजे बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरिने शुक्रबार सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । उनले स्वर्णिम वाग्ले र रमेश खरेलसहितको तस्बिर शेयर गर्दै लेखेका छन्, ‘हामी ३ भाइको पत्रकार सम्मेलन भोलि ४ बजे ।’

कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका वाग्ले उपनिर्वाचनमा तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्दैछन् भने बारा २ बाट खेरल लड्ने भएका छन् । अध्यक्ष लामिछाने चितवन २ बाट उठ्दैछन् ।

Read More

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

- / शनिबार, चैत १८, २०७९

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यसअघि बिहीबार कार्यसम्पादन समितिको बैठक बसेको थ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यसअघि बिहीबार कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

Read More
ads-image
ads-image
ads-image
ads-image