थप समाचार मेनु

स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान

- / शनिबार, चैत ४, २०७९ १३:१०

 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् ।  त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीले जानकारी दिए । ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ । 

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले विद्युतीय मतदानका लागि सबै तयारी पूरा गरिएको जानकारी दिए । उनका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङमा १४, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पसमा १२÷१२ विद्युतीय मेसिन प्रयोग गरिनेछ । 

उनले चार क्याम्पसमा मतपरिणाम सोही दिन सार्वजनिकसमेत हुने बताए । त्रिवि क्याम्पसमा ६२, पुल्चोक क्याम्पसमा ५८, थापाथली क्याम्पसमा ४१ र पूर्वाञ्चल क्याम्पसमा ४५ जना प्रत्यक्षतर्फका उम्मेदवार छन् । त्रिवि केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९, थापाथली क्याम्पसमा एक हजार सात सय ५०, पुल्चोक क्याम्पसमा दुई हजार छ सय ९९ र धरानमा एक हजार नौ सय ४१ मतदाता छन् । 

स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुँदैछन् ।  रामलक्ष्मण इनोभेसनका सञ्चालक रिमालले विद्युतीय मेसिनमा मतदाताले पहिले प्रत्यक्ष मतदान गरिसकेपछि समानुपातिकका लागि मतदान हुने बताए । उनका अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य तथा समानुपातिक गरी पाँच मतपत्र हुनेछन् । बिहान ८ देखि अपराह्न ४ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । 

सम्बन्धित समाचार

भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ

- / शनिबार, चैत १८, २०७९

काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन नागरिकको व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता रहने बताइन । पदबहाली गर्दै उनले मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापनका लागि समिति बनाएर काम गर्ने निर्णयमा हस्ताक्षर गरिन । मन्त्री श्रेष्ठले भनिन, “देशमा भूमिहीनका लागि भूमिव्यवस्थापन गर्ने काम मेरो पहिलो प्राथमिकता रहनेछ ।&r

काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन नागरिकको व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता रहने बताइन । पदबहाली गर्दै उनले मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापनका लागि समिति बनाएर काम गर्ने निर्णयमा हस्ताक्षर गरिन । मन्त्री श्रेष्ठले भनिन, “देशमा भूमिहीनका लागि भूमिव्यवस्थापन गर्ने काम मेरो पहिलो प्राथमिकता रहनेछ ।” 

उनले पार्टीका मागप्रति वर्तमान सरकार सकारात्मक रहेकाले आफू सरकारमा सहभागी भएको स्पष्ट गरिन । “यो गठबन्धनबाट हाम्रो माग सम्बोधन हुने सतप्रतिशत विश्वस्त भएपश्चात यहाँसम्म आउने बाटो रोजेका हौँ”, उनले भनिन ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी श्रेष्ठ गत मङ्सिर ४ गतेको निर्वाचनमा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिएन ।

Read More

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई बोलाए बालुवाटार

- / शनिबार, चैत १८, २०७९

 

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् ।

मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएको बताइएको छ । 

काठमाडौँमा आन्दोलन गरिरहेका पीडितसँग सरकारले वार्ता समिति गठन गरेर वार्ता पनि गरिरहेको छ । पीडितले १० बुँदे माग

 

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् ।

मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएको बताइएको छ । 

काठमाडौँमा आन्दोलन गरिरहेका पीडितसँग सरकारले वार्ता समिति गठन गरेर वार्ता पनि गरिरहेको छ । पीडितले १० बुँदे माग प्रस्तुत गरेका छन् । ती मागबारे बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

Read More
ads-image
ads-image
ads-image
ads-image