थप समाचार मेनु

पिकलबल एशोसियसन नेपालका खेलाडी सिक्किम प्रस्थान

- फरक दृष्टि / बिहीबार, जेठ ११, २०८० ११:३०

काठमाडौं । बिश्वब्यापी रुपमा लोकप्रीय पिकलबल खेलमा सहभागी हुन १५ खेलाडीसहित २२ जनाको नेपाली टोली सिक्किम प्रस्थान गरेको छ।  जेठ १३ र १४ गते सिक्किमको पाकयोङ्गमा आयोजना हुने सिक्किम ओपन पिकलबल च्याम्पियनसिपमा सहभागी हुन नेपालीटोली सिक्किम प्रस्थान गरेको हो। 

नेपाली टोलीलाई आज एक कार्यक्रमबीच पिकलबल एशोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारी र विशाल मिलन केन्द्रका अध्यक्ष हरी अधिकारीले शुभकामनासहित जर्सी हस्तान्तरण गरेर बिदाई गरे। न्यु लक्ष्मी ज्वेलर्स युके र थ्रेड गार्मेन्टले खेलाडीहरुलाई जर्सी तथा खेल सामाग्री सहयोग गरेको छ। समाजसेवी तथा न्यु लक्ष्मी ज्वेलर्स युके कि संचालिका लक्ष्मी राईले नेपालमा पिकलबल खेलको विकास तथा प्रबर्द्धनमा प्रतिबद्ध रहेको बताइन्। बिश्वब्यापी रुपमा लोकप्रिय बन्दै गएको ‘पिकलबल’ खेल पछिल्लो समय नेपालमा समेत लोकप्रिय बन्दै गएको छ।

पिकलबल एशोसियसन नेपालले गत मार्चमा काठमाडौंमा टुर्नामेन्ट आयोजना गरेको थियो। जसमा  विभिन्न देशका ५ दर्जन बढी खेलाडीहरु सहभागी थिए भने नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २ विधामा गोल्डमेडल जितेको थियो। यसैगरी पिकलबल एशोसिएसन नेपालले मार्च २०२४ मा काठमाडौंमा अन्तर्राष्ट्रिय टुर्नामेन्टको तयारी गरिरहेको र उक्त टुर्नामेन्टमा वर्ल्ड च्याम्पियन सहित दुई दर्जन बढी देशका खेलाडीहरु सहभागी हुने पिकलबल एशोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले जानकारी दिए। 

विभिन्न शैक्षिक संस्था तथा स्थानीय क्लबहरुको सहकार्यमा पिकलबल एशोसिएसन नेपालले नेपालमा पिकलबल खेलको विकास तथा प्रबर्द्धन गर्दै आइरहेकोछ।

सम्बन्धित समाचार

चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि

- / मंगलबार, जेठ २३, २०८०

काठमाडाैं । ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै एक खेल अगावै ए डिभिजन लिगको उपाधि जितेको हो । चर्च ब्वाइजलाई उपाधि जित्न एक अङ्क मात्र आवश्यक थियो । थ्र

काठमाडाैं । ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै एक खेल अगावै ए डिभिजन लिगको उपाधि जितेको हो । चर्च ब्वाइजलाई उपाधि जित्न एक अङ्क मात्र आवश्यक थियो । थ्रीस्टारसँगको बराबरीले चर्च ब्वाइजलाई लिग विजेता बन्न सहज भयो ।

    सी डिभिजनदेखि ए डिभिजनसम्म लगातार विजेता बन्दै उपाधि जित्ने चर्च ब्वाइज क्लब दोस्रो टोली बन्यो । विसं २०६६ मा स्थापना भएको चर्च ब्वाइज क्लब सी डिभिजन छनोटमा लगातार पाँचपल्ट असफल भएको थियो । त्यसपछि विसं २०७६ मा सी डिभिजन छनोटको उपाधि जितेको चर्च ब्वाइजले त्यसयता विसं २०७७ मा सी डिभिजन र विसं २०७८ मा बी डिभिजनको उपाधि जित्दै ए डिभिजनमा बढुवा भएको थियो । 

    यसअघि मनाङ मर्स्याङ्दी क्लबले डी डिभिजनदेखि ए डिभिजनसम्म लगातार उपाधि जित्दै आफ्नो नाममा कीर्तिमानी बनाएको थियो । विसं २०३९ देखि २०४३ सालसम्म मानाङ मर्स्याङ्दी क्लबले डि डिभिजनदेखि ए डिभिजनसम्म लगातार उपाधि जितेको थियो ।

     आजको खेलमा निकै प्रतिस्पर्धात्मक बनेको थियो । खेलको विभिन्न समयमा दुवै टोलीले गोलको अवसर प्राप्त गरेका थिए । तर दुवै टोलीबाट गोल हुन सकेन र चर्च ब्वाइज लिग विजेता बन्न सफल भयो । डबल राउन्ड रोबिन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा चर्च ब्वाइजले २५ खेलबाट ४५ अङ्क बनाएको छ । दुई खेल खेल्न बाँकी मछिन्द्रको ३९ अङ्क छ । मछिन्द्रले बाँकी दुई खेलमा विजयी हासिल गरेता पनि चर्च ब्वाइजलाई पछि पार्न सक्दैन । चर्च ब्वाइज हेड टू हेडमा मछिन्द्रभन्दा अगाडि रहेको छ ।

    चर्च ब्वाइजले लिगको २५ खेलमा १२ जित, ८ बराबरी र ४ मा हारको नतिजा निकालेको थियो । त्यस्तै समान २५ खेल नै खेलेको थ्री स्टारको २९ अङ्क भएको छ । थ्रिस्टार बाह्राँै स्थानमा छ । 

Read More

एसियन कप छनोट : नेपाल र म्यान्मा भिड्ने

- / मंगलबार, जेठ २३, २०८०

काठमाडाैं । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ । 

    नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा चीन, म्यान्मा र चाइनिज ताइपेइ छन् ।

 &n

काठमाडाैं । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ । 

    नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा चीन, म्यान्मा र चाइनिज ताइपेइ छन् ।

    नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

    नेपाली टोलिका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको जनाउँदै हरेक खेल जित्नकै लागि खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “फिफा वरियतामा हामीभन्दा माथि भएका टिम छन् तर हामी उच्च मनोबलका साथ मैदान उत्रने छौँ ।”

    नेपाली टोलीको गोलरक्षकमा कविता विक, लीला जोशी र सावित्री किसान छन् भने डिफेन्डरमा सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ छ्न । 

    यसैगरी मिडफिल्डरमा सरस्वती हमाल, मनमाया दमाईं, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य र अञ्जली मचामासी छन् । फरवार्डमा गरिमा राई, अमिषा कार्की, ममता पुन र सन्दिपा भोलान छन् ।

    यसैगरी नेपाले यही जेठ २५ गते चीनसँग खेल्नेछ भने यही जेठ २७ गते चाइनिज ताइपेइसँग खेल्नेछ । 

Read More
ads-image
ads-image
ads-image
ads-image