थप समाचार मेनु

भीमप्रसाद शर्माको एकल चित्रकला प्रदर्शनी

- / शुक्रबार, बैशाख २९, २०८० ०८:२३

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कलाकार भीमप्रसाद शर्माले एकल चित्रकला प्रदर्शनी गरेका छन् । गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा बिहीबार शर्माले ११औँ एकल चित्रकला प्रदर्शनी गरेका हुन् ।
 
गैँडाकोट–४ किसान आर्ट ग्यालरीमा गरिएको सो प्रदर्शनीमा शर्माले कोर्नुभएका २७ चित्र राखिएका छन् । यसअघि उनले भारत, जर्मनी, क्यानडा, अफगानिस्तान, डेनमार्क, दक्षिण कोरिया, बङ्गलालगायत देशमा समेत एकल चित्रकला प्रदर्शनी गरिसक्नुभएको छ । प्रदर्शनीको कलाप्रेमी तथा चित्रमा रुचि राख्नेहरूले अवलोकन गरेका थिए । 

किसान आर्ट ग्यालरीमा बेला–बेलामा कला, साहित्य तथा संस्कृति संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम हुँदै आएका छन् । कलावती आर्ट काउन्सिल, त्रिवेणी साहित्य प्रतिष्ठान र हामी कलाकार नामक संस्थाको सहयोगमा एकल चित्रकला प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनीमा राखिएका ती यस्ता चित्र हुन् जसमाथि पाँच कविले हरेक चित्रमा कविता कोरेका छन् । शर्माका चित्रमा आधारित रहेर साहित्यकार गोविन्दराज विनोदी, गीता त्रिपाठी, सुमन पोखरेल, गोपी सापकोटा र सुदेश सत्यालले कविता कोरेका छन् । 

साझा प्रकाशनले कविता समेटेर ‘इत्थंविध चित्रः इत्थंविध कविता’ सङ्ग्रह प्रकाशन गरेको छ । “विनोदी सरलाई नभेटेको भए म चित्रकार हुने थिइनँ”, शर्माले भने, “मैले चित्र कोर्थेँ । उहाँले चित्र कोर्नुका साथै कविता पनि लेख्नुहुन्छ । चित्रकारको रचनालाई कविले कसरी हेरेको हुँदोरहेछ भन्ने अनुभव गरौँ न त भनेर अन्यलाई पनि कविता लेख्न लगाएर पुस्तकै तयार ग¥यौँ ।” विदेशका विभिन्न ठाउँमा प्रदर्शनी गरेको भए पनि कलामा साहित्य मिसाएर आफ्नै गाउँ–ठाउँमा गरिएको यो प्रदर्शनी उनलाई खास लागेको छ ।
 
कोरोना महामारीका समयमा घरमै थुनिँदा कोरेका धेरै चित्र प्रदर्शनीमा राखिएका शर्माको भनाइ छ । “यो प्रदर्शनीमा अनुहार देख्न पाउनुहुन्न, मान्छेले काम गरेको भाव देख्न सक्नुहुन्छ”, उनले भने । प्रदर्शनीमा जीवन दर्शन, आध्यात्म, प्रकृति, कोरोनाकालमा भएका घटनालाई चित्रमार्फत देखाइएको छ ।  

सम्बन्धित समाचार

नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र

- / आइतबार, जेठ २१, २०८०

काठमाडौँ । विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । “जलवायु परिवर्तन र हिमालय” शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार आयोजना गरिएको थियो । प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुल, आइरिश इन्टरनेशनल स्कुल, माआदी ब्रिटिश इन्टरनेशनल स्कुल, कायरो अमेरिकन कलेज तथा नासेर प्राइभेट स्कुलमा अध

काठमाडौँ । विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । “जलवायु परिवर्तन र हिमालय” शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार आयोजना गरिएको थियो । प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुल, आइरिश इन्टरनेशनल स्कुल, माआदी ब्रिटिश इन्टरनेशनल स्कुल, कायरो अमेरिकन कलेज तथा नासेर प्राइभेट स्कुलमा अध्ययनरत विभिन्न मुलुकका दर्जनौँ विद्यार्थीको सहभागिता रहेको दूतावासले जनाएको छ ।

कार्यक्रममा पाकिस्तान इन्टरनेशनल स्कुलका प्रिन्सिपल सैयद तोसेफ हुसैन बोखारीले चित्रकला प्रतियोगिता आयोजना गरेकामा राजदूतावासलाई धन्यवाद दिँदै यस्ता अतिरिक्त क्रियाकलापमा हुने सहभागिताले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन हुने धारणा व्यक्त गरिन् । प्रतियोगताले विद्यार्थीलाई अवसर प्राप्त भएको उल्लेख गर्दै उनीहरूले जलवायु परिवर्तनका असरबाट विश्वलाई जोगाउन मानवले चाल्नुपर्ने कदमका विषयमा समाजका साथै विश्वलाई सन्देश दिनसक्ने उनको भनाइ थियो ।

प्रतियोगितामा जमाल खाँनले नेपालका हिमालहरू नेपालका मात्र नभइ विश्वकै उत्कृष्ट प्राकृतिक धरोहरका रूपमा रहेकाले भावी पुस्ताको जीवनसँग जोडिएका यस्ता धरोहरलाई जलवायु परिवर्तनको असरबाट जोगाउनुपर्नेमा जोड दिए । त्यसैगरी, प्रतियोगितामा सहभागी विद्यार्थीका अभिभावक राना खालिदले नेपालका हिमाल पर्यटनका दृष्टिकोणले विश्वमै उत्कृष्ट जानकारी दिए । उनले साहसिक पर्यटनका लागि इजिप्टका युवा पुस्तामा आकर्षण बढ्दै गएकाले भविष्यमा इजिप्सियन युवाको प्रमुख गन्तव्यको रूपमा नेपाल रहने कुरामा आफू विश्वस्त रहेको उल्लेख गरे ।

अरब गणतन्त्र इजिप्टका लागि नेपालका महामहिम राजदूत सुशीलकुमार लम्सालले उक्त प्रतियोगितामा सहभागी हुने स्कुललाई सहभागिताका लागि धन्यवाद दिएका थिए । उनले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पदक दिँदै सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र र नेपालको हिमाल अङ्कित मायाको चिनो प्रदान गरेका थिए । प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुलमा अध्ययनरत युन्जिया झाङले प्रथम स्थान हासिल गरेकी थिइन् ।

Read More

राष्ट्रिय ललितकला प्रदर्शनी आजबाट

- / सोमबार, जेठ १५, २०८०

काठमाडौँ । काठमाडौँमा आजबाट सुरु हुन लागेको ललितकला क्षेत्रको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सबै तयारी पूरा भएको छ ।

यही जेठ ३० गतेसम्म १५ दिन सञ्चालन हुने प्रदर्शनीमा यसपटक सबैभन्दा बढी छ सय नौ जना कलाकारका छ सय ९५ वटा चित्र (सिर्जना) समावेश गराइने भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले

काठमाडौँ । काठमाडौँमा आजबाट सुरु हुन लागेको ललितकला क्षेत्रको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सबै तयारी पूरा भएको छ ।

यही जेठ ३० गतेसम्म १५ दिन सञ्चालन हुने प्रदर्शनीमा यसपटक सबैभन्दा बढी छ सय नौ जना कलाकारका छ सय ९५ वटा चित्र (सिर्जना) समावेश गराइने भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीको उद्घाटन समारोहका बाहेक सबै तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रदर्शनीको उद्घाटन गर्नेछन् ।

यसपटकको प्रदर्शनी जेठ १५ गतेबाट ३० गतेसम्म प्रतिष्ठानको कार्यालय नक्साल र नेपाल कला परिषद् बबरमहलमा हुनेछ । गत वर्षको प्रदर्शनीमा भने तीन सय ६५ कलाकारका चार सय २६ कलाकृति दर्ता भएकामा तीन सय ४१ कलाकारका तीन सय ८९ कलाकृतिमात्रै प्रदर्शनीका लागि छनोट भएका थिए । यसपालि भने झण्डै दोब्बर कलाकृति समावेश गरिने भएको छ ।

प्रतिष्ठानले नियमित पुरस्कार तथा सम्मानसहित यस वर्षबाट कला प्रवर्द्धन सम्मान तथा प्रदर्शनीको सद्भावनादूतका रूपमा अनिल चित्रकारलाई सम्मान गर्न लागेको छ । विगतमा वैशाख २ गते गर्ने गरिएको यस प्रदर्शनी यस वर्ष गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गते गर्न लागिएको छ ।

यसपालि ‘म, मेरो देश र मेरो सिर्जना’ मुख्य विषय राखेर प्रदर्शनी हुन लागेको प्रदर्शनीको कार्यकारी समितिका संयोजक प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए।

यस वर्ष प्रदर्शनीका बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने पाँच जनालाई नगदसहित पुरस्कृत गरिने छ भने विभिन्न तहमा अध्ययनरत् विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरूबाट पहिलो, दोस्रो, तेस्रो र विशेषगरी आठ जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यस वर्ष अरनिको राष्ट्रिय ललितकला सम्मान अग्रज कलाकार मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरिने भएको छ । प्रदर्शनीको उद्घाटनका क्रममा दुई पत्रकारसहित चित्रकला विधामा राष्ट्रिय र प्रादेशिक पुरस्कारहरूसमेत प्रदान गरिनेछ ।

Read More
ads-image
ads-image
ads-image
ads-image