थप समाचार मेनु

ललितकला प्रदर्शनीका लागि कलाकृति उपलब्ध गराउन आह्वान

- / आइतबार, पौष ३, २०७९ १७:४४

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) ले राष्ट्रिय ललितकला प्रदर्शनी २०८० का लागि कलाकृति उपलब्ध गराउन नेपाली कलाकारलाई आह्वान गरेको छ । यही पुस मसान्तसम्मको समयसीमा तोकेर कला प्रदर्शनीका लागि आफ्ना सिर्जना उपलब्ध गराउन आह्वान गरिएको प्रतिष्ठानका कूलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए । 

प्रतिष्ठानले हरेक वर्ष वैशाख २ गते ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ गर्दै आएको छ । यो प्रदर्शनीलाई नेपाली ललितकला क्षेत्रको महाउत्सव नै मानिन्छ । विगतमा कोभिड–१९ का कारण केही असर परे पनि उक्त प्रदर्शनी नियमित रुपमा आयोजना हुँदै आएको छ । प्रतिष्ठानले प्रदर्शनीका लागि परम्परागत चित्रकला (पौभा तथा थाङ्का) आधुनिक चित्रकला (चित्र तथा मुद्रणकला), परम्परागत मूर्तिकला, लोककला (विभिन्न जातजातिका संस्कार, संस्कृति तथा भूगोलमा आधारित स्थानीय कला), हस्तकला÷शिल्पकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलालगायत विधाका कलाकृति प्रदर्शनीमा सहभागी गराइने जनाएको छ । 

अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन तथा भावभङ्गीका कला, ग्राफिक्स कम्युनिकेशन, सिर्जनात्मक छवीकला तथा श्रव्यदृश्यकला पनि समावेश गराइनेछ । प्रदर्शनीमा सहभागी हुन कलाकारले एक वर्षभित्रै सिर्जना गरेका, मौलिक, तथा अन्य प्रदर्शनीमा सहभागी नगराइएका कलाकृति उपलब्ध गराउनुपर्ने कूलपति कर्माचार्यले जानकारी गराए । हुबहु नक्कल गरिएको कृति समावेश गराउन नपाइने तथा १८ वर्ष पुगेका कलाकारले मात्रै सहभागिता जनाउन पाउने नियम रहेको पनि उनले बताए । 

यसरी प्रदर्शनीमा समावेश कलाकृतिमध्ये उत्कृष्ट कृतिलाई विधागत र प्रादेशिक रुपमा पुरस्कार प्रदान गरिने नाफाले जनाएको छ । एक कलाकारले बढीमा तीन पटकसम्म ललितकला पुरस्कार प्राप्त गर्ने छन् भने तीन पटक एउटै विधामा पुरस्कार पाएमा त्यस्तो कलाकारलाई स्वर्णपदक प्रदान गरिने जनाइएको छ । 

विधागत रुपमा उत्कृष्ट छनोट भएका कलाकारलाई रु ६० हजारका दरले पुरस्कार प्रदान गरिनेछ भने ललितकला विशेष पुरस्कार प्राप्त गर्ने कलाकारलाई रु २५ हजार प्रदान गरिने छ । यस्तै हरेक प्रदेशबाट एक÷एकजना पर्ने गरी प्रादेशिक पुरस्कार दिइने र ती पुरस्कारको राशि पनि जनही रु २५ हजार नै रहने जनाइएको छ । उक्त प्रदर्शनी महिनाव्यापी हुने छ । 

गत वर्ष गरिएको प्रदर्शनीमा तीन सय ६५ कलाकारका चार सय २६ कलाकृति दर्ता भएकामा तीन सय ४१ कलाकारका तीन सय ८९ कलाकृति प्रदर्शनीका लागि छनोट भएका थिए । –रासस

सम्बन्धित समाचार

कलाकार दम्पतीको चित्रकला प्रदर्शनी

- / शनिबार, चैत ४, २०७९

काठमाडौँ । कलाकार दम्पती इशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । गत फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी यही चैत ९ गतेसम्म सञ्चालन हुनेछ ।

कलाकार जोडीले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेका हुन् । मिल्दो विचार भावमा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन् । नेपाली समसामयिक

काठमाडौँ । कलाकार दम्पती इशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । गत फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी यही चैत ९ गतेसम्म सञ्चालन हुनेछ ।

कलाकार जोडीले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेका हुन् । मिल्दो विचार भावमा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन् । नेपाली समसामयिक कलामा  डुङ्गा र काइयो बनाउने कलाकारको रुपमा नेपाली कला जगत्मा चिन्ने गरेको छ । प्रदर्शनीमा दुवै कलाकारले एउटै क्यानभासमा पनि केही चित्र बनाएर समावेश गरेका छन् ।
  
इन्कार्नेसन र इन्टर्फिउजन शीर्षक यी दुई चित्रमा पहिलोमा शिव र पार्वतीको अर्धानारेस्वरको शरीरलाई मुख्य विषयको रुपमा प्रस्तुत गरिएको छ । जसमा दुवै कलाकारले दायाँ र बायाँ आआफ्नो परिवेशलाई अत्यन्तै मनमोहकरुपमा प्रस्तुत गरिएको छ । अर्धानारेस्वरको रुपलाई आफ्नै शैलीमा कोरिएको यो चित्रमा पृष्ठभूमिमा चन्द्र र सूर्यलाई एउटै क्यानभासमा दायाँ र बायाँ बनाइएको छ ।

यो चित्रमा मूलतः प्रकृति र पुरुषको संयोजनलाई आकर्षक रङमा बनाइएको छ । अर्को चित्र इन्टरफिउजन मा यिङयाङको आकारभित्र एक जोडी युवायुवती र आआफ्नो परिवेशअनुसारको हिमाल, मठ मन्दिर स्तूपा, घर आदि आकृतिलाई बनाइएको छ । 

इशानको अर्को चित्रमा काष्ठमण्डपलाई लिएर समय बितेर जान्छ भन्ने कुरालाई देखाउन खोजिएको छ भने अर्को वेल्कम ब्याक टु होम भन्ने चित्रमा प्रसिद्ध कलाकार लिओनार्दो दा भिन्चीको पात्र मोनालिसालाई नेपाली ढाकाको पहिरनमा लक्ष्मीनारायणको मूर्ति विदेशबाट नेपालमा फिर्ता ल्याइएको सन्दर्भलाई मोनालिसाजस्तो बहुमूल्य कृतिजस्तै हाम्रो नेपालका मूर्ति पनि महत्वपूर्ण र मूल्यवान् छन् भनी देखाउन खोजिएको छ । 

त्यस्तै सविताको अर्को चित्रमा एक जोडीलाई सुगामा चढी उडिरहेको अवस्थामा सेल्फी स्टिक र एअर फोन लिएको देखाइएको छ ।

Read More

कलाश्री सम्मान मानन्धरलाई

- / बिहीबार, फागुन ११, २०७९

काठमाडौं । नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा बर्सेनि दिँदै आएको राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९ सालका लागि विभिन्न स्रष्टालाई समर्पण गरिएको छ । कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरलाई  कलाश्री सम्मान अर्पण गरियो । 

    त्यस्तै रू एक लाख राशिको कलाश्री पुरस्कार समालोचक प्रा डा लक्ष्मण गौतम, रू ७५ हजार राशिको ससिद्धि राष्ट्रिय

काठमाडौं । नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा बर्सेनि दिँदै आएको राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९ सालका लागि विभिन्न स्रष्टालाई समर्पण गरिएको छ । कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरलाई  कलाश्री सम्मान अर्पण गरियो । 

    त्यस्तै रू एक लाख राशिको कलाश्री पुरस्कार समालोचक प्रा डा लक्ष्मण गौतम, रू ७५ हजार राशिको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार साहित्यकार भूपिन, रू ६० हजार राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार ललित फोटोग्राफर जगदीश तिवारी, रू ५० हजार राशिको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार डा टङ्क उप्रेती र  रू ५० हजार राशिको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार गायिका मेलिना राईलाई प्रदान गरियो । 

    आफू सम्मानित भएपछि कलाकार मानन्धरले आफूले पाएको सम्मान राष्ट्रका युवा कलाकारलाई समर्पण गर्न चाहेको बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले कलासाहित्यको उत्थानमा प्रतिष्ठानले पु¥याएको विशिष्ट योगदानको प्रशंसा गरे ।  संस्थाका प्रमुख संरक्षक डा विमल कोइरालाले कलासाहित्य शाश्वत हुने बताए ।  प्रतिष्ठानका अध्यक्ष मोमिलाले संस्थाले पन्ध्रवर्षीय मार्गचित्रलाई कार्यान्वयन गरिसकेको भए पनि अझ निरन्तर क्रियाशील भएर काम गरिरहने प्रतिबद्धता व्यक्त गरे । समारोहमा सम्मानित र पुरस्कृत स्रष्टाको परिचय सर्जक महेश पौड्यालले दिएका थिए । 

Read More
ads-image
ads-image
ads-image
ads-image