थप समाचार मेनु

एक्यापद्वारा निःशुल्क स्वास्थ्य सेवा

- / मंगलबार, फागुन २३, २०७९ १०:४९

मनाङ । यहाँ आउने पर्यटक तथा स्थानीयवासीको सहजताका लागि अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) निःशुल्क सेवा प्रवाह गर्दै आएको छ । 

    अन्नपूर्ण पदमार्गमार्फत यात्रा आउने पर्यटक तथा स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । लेक लाग्ने, अन्य विभिन्न रोगसम्बन्धी आयोजनाले निःशुल्क सेवा प्रवाह गर्दै आएको हो । 

    विशेषगरी मनाङ भ्रमणमा आउने पर्यटकमा लेक लाग्ने समस्या बढी हुने भएकाले स्थापना कालदेखि नै एक्यापले निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको एक्यापका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष आन्तरिक तथा बाह्य गरी कूल नौ सय ९५ ले स्वास्थ्य सेवा लिएका छन् । 

    चालु आवको साउनदेखि पुससम्मको अवधिमा एक्यापबाट स्वदेशी पुरुष चार सय ९१ र महिला चार सय ३८ कूल नौ सय २९ र विदेशी पुरुष ४२ र महिला २४ गरी कूल ६६ पर्यटकले निःशुल्क सेवा लिएको उहाँले बताउनुभयो । विशेषगरी थोराङ्ला भञ्ज्याङ, तिलिचो ताल, आइसलेक जाने मनाङ आउने पर्यटकले स्वास्थ्य सेवा लिने गरेको उहाँले बताउनुभयो । 

    “मनाङको पर्यटकीय क्षेत्र अन्नपूर्ण पदमार्गको यात्राका लागि सिधैँ माथिल्लो मनाङ सवारीसाधनमार्फत पुग्दा पर्यटकलाई समस्या हुने गरेको पाइएको छ, लेक लाग्ने, झाडापखाला, वान्ता हुने समस्याबाट बिरामी भएर निःशुल्क सेवा लिन आउने गर्दछन्”, उहाँले भन्नुभयो, “विदेशी पर्यटकले केही मात्रामा सावधानी अपनाउने गरेको पाइएको छ ।”

    बिरामी परेर एक्यापमा आइपुगेका पर्यटक तथा स्थानीयलाई सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो । पर्यटकमा बढी मात्रामा लेक लाग्ने समस्या भएको हुन्छ भने स्थानीयमा अन्य समस्या लिएर स्वास्थ्य सेवा लिने गरेका उहाँको भनाइ छ । “मनाङ यात्राको क्रममा बिरामी परेर आएका पर्यटकलाई औषधि सहित परामर्श दिने गरेका छौँ”, उहाँले भन्नुभयो ।  बिरामीलाई सेवा प्रवाह गरिए पनि परामर्श केन्द्र स्थापना गरेर भने सेवा प्रवाह गर्न नसकिएको उहाँले बताउनुभयो । लेक लाग्दा हुने झाडापखाला, वान्ता हुने समस्या लिएर आउने पर्यटकलाई सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो । 

    स्थानीय महिला बढी मात्रामा जोर्नी दुख्ने, श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप सम्बन्धित रोगको उपचारका लागि औषधि तथा परामर्श लिन आउने गरेका स्वास्थ्य शाखा प्रमुख अर्यालले बताउनुभयो । उहाँका अनुसार यससँगै महिला पाठेघरसम्बन्धी समस्या लिएर आउने गरेका छन् । 

    पाठेघरको उपचार पूर्ण रुपमा नहुने भए पनि परामर्श र प्रिस्क्राब भएका औषधि उपलब्ध भएसम्म बिरामीलाई दिइने गरेका उहाँले बताउनुभयो । थप समस्या देखिएमा बिरामीलाई सम्बन्धित चिकित्सक वा अस्पतालमा उपचारका लागि जान परामर्श गर्ने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार जोर्नी दुख्ने, श्वासप्रश्वास, उच्च रक्तचाप, रुघाखोकी, लेक लागेर झाडापखाला, वान्ता लगायतका चिसोका कारण हुने समस्या भएका बिरामीलाई एक्यापले निःशुल्क सेवा प्रवाह गर्दै आएको छ । 

    पदयात्राका लागि मनाङ पर्यटक आउने समय भएको छ । यसवर्ष हिमपात कम भएकाले पर्यटक अफ सिजनमा पनि आइरहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । “दैनिक रुपमा पर्यटक आउन थालिए सकेका छन्, दैनिक करिब ५० पर्यटक मनाङ भित्रिरहेका छन्”, उहाँले भन्नुभयो । 

    पहिलो पटक पदयात्रामा आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले लोकेशन म्याप (स्थानको नक्सा) निर्माण गरिएको उहाँले बताउनुभयो । “हिमपात भइरहने हो मनाङ, गन्तव्यमा पुग्ने स्थानसम्मको यात्रामा नझुक्कियोस् भनेर साइनिङ पोल, म्याप पोष्टिङ, आवश्यक सङ्केत चिह्न र पुग्नुपर्ने गन्तव्यको नक्सा निर्माण गरिएका छन्”, उहाँले भन्नुभयो । 

    पाँच हजार चार सय १६ मिटर उचाइमा रहेका कथोराङ्ला जाने पदमार्ग र पाँच नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो तालसम्मको पदमार्गमा सेतो, पहेँलो र निलो रङका पोल राखिएको छ । उक्त क्षेत्रमा तीन÷चार फिटसम्मको हिमपात हुनसक्ने सम्भाव्यतालाई मध्यनजर गरी बाटो पहिचानका लागि विभिन्न रङको पोल राखिएको आयोजना प्रमुख गौतमले बताउनुभयो । 

    उहाँका अनुसार सहज रुपमा बाटो पहिचान होस् र पर्यटकलाई यात्रा सजिलो बनाउने उद्देश्यले पोल राखिएको हो । बाटोको भौगोलिक अवस्थाअनुसार एक पछि अर्को स्थानको पोल देखिने गरी  उक्त क्षेत्रमा पोल राखिएको आयोजनाले जनाएको छ । पोल राखिदा पटकपटक उक्त मार्गबाट यात्रा गरिसकेका पर्यटकले बाटो पुरिदासमेत पहिचान गर्न सक्छन् भने पहिलो पटक जाने पर्यटकलाई बाटो पहिचान गर्न सहज हुनेछ । 

सम्बन्धित समाचार

ह्वात्तै बढ्यो कोरोना, १४२ जनामा संक्रमण पुष्टि

- / शुक्रबार, चैत १७, २०७९

 

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमित पाइएको हो । 

मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा १४२ जनामा संक्रमण पाइएको हो । तीमध्ये आरटी पीसीआर विध

 

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमित पाइएको हो । 

मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा १४२ जनामा संक्रमण पाइएको हो । तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टीजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आरटी पीसीआर विधिबाट मात्र गरिएको परीक्षणको आधारमा देशमा हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

- / शुक्रबार, चैत १७, २०७९

कञ्चनपुर । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ ।

“भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ, ” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, “पछिल्लो समय भारतमा सङ्क्र

कञ्चनपुर । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ ।

“भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ, ” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, “पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको छ ।” सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड–१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ । 

“अहिले एक/दुई जनामा सङ्क्रमण देखिन थालेको छ”, पन्तले भने , “यहाँ कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ ।” कोभिड–१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ । 

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिए । प्राथमिकताका आधारमा खोप लगाइने उनले बताए । “अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ”, उनले भने, “आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरु हुँदैछ ।” 

नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ । नयाँ वर्ष मनाउन फर्किनेको सङ्ख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन । चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन । 

त्यसैगरी दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन् । “खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको सङ्ख्या घटेको छ”, पन्तले भने ।

Read More
ads-image
ads-image
ads-image
ads-image