प्राईम लाईफको ९ प्रतिशत संस्थापक सेयर साधारणमा रुपान्तरण हुने
- / बिहीबार, चैत २, २०७९ ११:१५
- / बिहीबार, चैत २, २०७९ ११:१५
काठमाडाै । प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिमार्र्जन हुने भएको छ । हाल संस्थापक साधारण सेयरधनीहरुको स्वामित्व ६०ः४० को अनुपातमा रहेकोमा त्यसलाई परिमार्जन गरि अब ५१ः४९ को अनुपात कायम गर्ने भएको छ ।
इन्स्योरेन्सले बीमा प्राधिकरणबाट स्विकृति प्राप्त गरी १५ औँ साधारणसभाले सेयर संरचना परिमार्जनको प्रस्ताव पारित गरेको थियो ।
कम्पनीका कोहि संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वको संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत गर्न ईच्छुक नभएमा सोहि अनुसारको स्वघोषणा गरि यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र कम्पनीको प्रधानकार्यलय मनकामनामार्ग हात्तिसार काठमांडौमा लिखित जानकारी गराउन आग्रह गरेको छ ।