थप समाचार मेनु

खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

- / शुक्रबार, चैत ३, २०७९ १७:५९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जिकिर गरे ।  

    राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टोलीले देशको इज्जत र गौरव बढाएको बताए । उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा पनि क्रिकेट टोलीले ऐतिहासिक सफलता प्राप्त गरेकामा प्रसन्नता व्यक्त गरे । नेपाली क्रिकेट खेलाडीको प्रदर्शनबाट मनभित्रैबाट आनन्द मिलेको उनले उल्लेख गरे । 

    “मैले नेपालले खेलेको बिहीबारको खेल हेरेँ । असाध्यै राम्रो खेल थियो । दर्शकहरू पनि प्रफुल्ल हुनुहुन्थ्यो”, उनले भने, “यस्तो ठूलो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । खेललाई राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन ।” 

    सो अवसरमा राष्ट्रपति पौडेलले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई दिए । उनले आगामी दिनमा थप सफलताको कामनासमेत गरे । 
    
    बधाई तथा सम्मान समारोहमा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान खेलाडीलाई पुरस्कृत गरेको प्रसङ्ग उल्लेख गर्दै यसबाट नेपाली क्रिकेट टोलीको मनोबल थप बढेको बताए । 

    “प्रधानमन्त्रीज्यूले क्रिकेट खेल र खलाडीको स्तर वृद्धिका लागि सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ”, उनले भने । खेलाडीको मेहनत मात्र सबैथोक नभएको जिकिर गर्दै अध्यक्ष चन्दले पर्याप्त सहयोगका लागि पहल गरिदिन राष्ट्रपति पौडेलसमक्ष आग्रह गरे । आगामी दिनमा टेष्ट मान्यताप्राप्त देशसित खेल्दा नेपालको क्रिकेटको स्तर बढ्ने उनले बताए । 

    सरकारको प्राथमिकतामा खेल क्षेत्र पर्नुपर्ने अध्यक्ष चन्दको भनाइ थियो । खेलमा पूर्वाधारको अभाव सधैँ खड्किने गरेको उल्लेख गर्दै उनले कीर्तिपुर क्रिकेट मैदानको अवस्थाबारे राष्ट्रपति पौडेललाई अवगत गराएका थिए । कीर्तिपुर क्रिकेट मैदान भित्र र बाहिर गरी झण्डै ३० हजार दर्शकले खेलाडीको हौसला बढाएकामा धन्यवाद दिँदै उनले खेलप्रेमी र शुभचिन्तकको साथले क्रिकेटमा राम्रो गर्न सकेको बताए । 

    “मैदानभित्र बस्ने ठाउँ नभएर दर्शकले बाहिरबाटै साथ दिनुभयो, यसबाट नेपालमा दर्शकको क्रिकेटप्रतिको माया कति रहेछ भन्ने प्रष्ट हुन्छ”, अध्यक्ष चन्दले भने । 

    सो अवसरमा क्यान सचिव दुर्गाराज पाठकले राष्ट्रपति पौडलसमक्ष क्रिकेट खेलाडी तथा पदाधिकारीको परिचय गराएका थिए । यसअघि आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजेता खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर सम्मान गर्दै विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाखबाट पुरस्कृत गर्ने घोषणा गरेका थिए । 

सम्बन्धित समाचार

जोस लिटिल बने आईपीएल खेल्ने पहिलो आइरिस खेलाडी

- / शनिबार, चैत १८, २०७९

काठमाडौं । जोस लिटिल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने आयरल्यान्डका पहिलो खेलाडी बनेका छन् ।

आजदेखि सुरु भएको आईपीएलको १६औं संस्करणमा लिटिलले साविक विजेता गुजरात टाइटन्सका लागि खेल्दै उक्त उपलब्धी ‍हासिल गरेका हुन् ।

चेन्नाई सुपर किंग्स विरुद्ध पहिलो रोजाईमा खेल्दै लिटिलले इतिहास बनाएका हुन् ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले

काठमाडौं । जोस लिटिल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने आयरल्यान्डका पहिलो खेलाडी बनेका छन् ।

आजदेखि सुरु भएको आईपीएलको १६औं संस्करणमा लिटिलले साविक विजेता गुजरात टाइटन्सका लागि खेल्दै उक्त उपलब्धी ‍हासिल गरेका हुन् ।

चेन्नाई सुपर किंग्स विरुद्ध पहिलो रोजाईमा खेल्दै लिटिलले इतिहास बनाएका हुन् ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर पहिले बलिङ रोज्दै चेन्नाईलाई ब्याटिङको निम्तो दिएको थियो ।

गुजरातले लिटिललाई पनि डेब्यु गरायो । लिटिलले आईपीएलको डेब्यु खेलमा विकेट पनि लिए ।

उनले चेन्नाईका अम्बाती राएडुलाई बोल्ड गर्दै आईपीएलमा आफ्नो पहिलो विकेट लिएका हुन् । २३ वर्षीय लेफ्ट आर्म फास्ट बलर लिटिललाई गुजरातले अक्सनमा ४ करोड ४० लाख भारुमा अनुबन्ध गरेको थियो ।

आईसीसी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि आईपीएलको अक्सनबाट गुजरातले लिटिललाई लिएको हो ।

लिटिलले आयरल्याण्डका लागि ५३ टी२० अन्तर्राष्ट्रिय खेलमा ६२ विकेट लिएका छन् ।

गत नोभेम्बरमा अष्ट्रेलियामा भएको टी-२० विश्वकपका लिटिलले न्युजिल्याण्ड विरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।

Read More

आईपीएलमा साविक विजेता गुजरातको विजयी सुरुआत

- / शनिबार, चैत १८, २०७९

 

काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

पहिलो खेल नै जित्दै उपाधि रक्षामा सुखद सुरुआत गरेको गुजरातले चेन्नाईविरुद्ध अपराजित यात्रासमेत कायम राखेको छ ।

गत सिजन आईपीएलमा डेब्यु गरेको गुजरातले यसअघि दुवै खेलमा चेन्न

 

काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

पहिलो खेल नै जित्दै उपाधि रक्षामा सुखद सुरुआत गरेको गुजरातले चेन्नाईविरुद्ध अपराजित यात्रासमेत कायम राखेको छ ।

गत सिजन आईपीएलमा डेब्यु गरेको गुजरातले यसअघि दुवै खेलमा चेन्नाईलाई पराजित गरेको थियो ।

शुक्रबार घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा चेन्नाईले दिएको १७८ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

गुरजातका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६३ रन बनाए ।

विजय शंकरले २१ बलमा २७, ऋद्धिमान शाहले १६ बलमा २५ तथा साई सुदर्शनले १७ बलमा २२ रन बनाए ।

केन विलियम्सन फिल्डिङका क्रममा घाइते भएपछि साई सुदर्शन इम्प्याक्ट प्लेयरको रुपमा मैदान प्रवेश गरेका थिए ।

गुजरातलाई जित दिलाउने काम अन्तिममा राहुल तेवाटिया र रासिद खानले पूरा गरे । तेवाटियाले १४ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित १५ रन बनाए । यस्तै रासिदले ३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै अविजित १० रन जोडे ।

चेन्नाईका लागि यसै खेलबाट आईपीएल डेब्यु गरेका राजवर्धन हंगारगेकरले ३ तथा तुसार देशपाण्डे र रविन्द्र जडेजाले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । चेन्नाईका लागि ओपनर रुतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ९२ रन बनाए ।

मोईन अलिले २३ र शिबम दुवेले १९ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ७ बलमा १ चौका र १ छक्का मद्तमा अविजित १४ रन जोडे ।

गुजरातका मोहम्मद सामी, रासिद खान र अल्जारी जोसेफले २/२ विकेट लिए । रासिद खान प्लेअर अफ दि म्याच घोषित भए ।

Read More
ads-image
ads-image
ads-image
ads-image