थप समाचार मेनु

युनाईटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

- / शनिबार, चैत १८, २०७९ ०८:५२

काठमाडौँ । युनाईटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।दुई कम्पनीहरुको मर्जर कमिटि सहित अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अन्तिम सम्झौतापश्चात् कम्पनीको स्वाप रेसियो १०० बराबर ८२.५० कायम गरिएको छ ।

प्ररम्भिक मर्जरमा युनाइटेड र अजोड विच स्वाप रेसियो १००ः९० हुने प्रारम्भिक सहमति भएको थियो । तर डिडिएपश्चात् कम्पनीको स्वाप रोसियोमा परिर्वतन आएको छ । जसमा दुबै मर्जर कमिटिको सहमती भएको छ।

मर्जरमा जाने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका यी कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले पुस २९ गते सैद्धान्तिक सहमति दिएको हो ।प्राधिकरणले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम अजोड र यूनाइटेडलाई एक आपसमा गाभ्न र गाभिने (मर्जर) प्रक्रियामा जान सैद्धान्तिक सहमति दिएको हो ।

यस्तै मर्जर पछि बन्ने कम्पनीको नाम यूनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।

सम्बन्धित समाचार

नेपाल लाईफको नयाँ शाखा कार्यालय उद्घाटन

- / मंगलबार, जेठ २३, २०८०

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले जेठ २२ गते पोखराको न्यूरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको हो ।

कम्पनीका संस्थापक समूहतर्फको संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले संयुक्त रुपमा रिबन काटेर उक्त शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

उक्

उक्त शाखा कार्यालयबाट कम्पनीले दिदै आइरहेको जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिने कम्पनीका सिइओ पराजुलीले बताए । 

Read More

प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस शेयर वितरण

- / शुक्रबार, जेठ १९, २०८०

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ६ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गरेको हो ।

गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश समेत वितरण गर्ने निर्णय गरेको थियो । यसर्थ बोनस श

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ६ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गरेको हो ।

गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश समेत वितरण गर्ने निर्णय गरेको थियो । यसर्थ बोनस शेयर कर वापतको रकम शेयरधनीहरूले तिर्न नपर्ने भएको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि फागुन १२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।

Read More
ads-image
ads-image
ads-image
ads-image