थप समाचार मेनु

वृद्धवृद्धाको मुटुको शल्यक्रिया गर्दै डा. रेग्मी

- / शनिबार, फागुन २७, २०७९ ११:४१

चितवन । सामान्यतया ७५ वर्षमाथिका वृद्धवृद्धाको मुटुको शल्यक्रिया गर्न धेरै चिकित्सक हच्किन्छन् । परिवारले पनि त्यति धेरै वृद्धावस्थामा मुटुको शल्यक्रिया गर्न महत्व दिँदैनन्  तर,  चितवनका एक चिकित्सक भने वृद्धवृद्धाको मुटुको जटिल शल्यक्रिया गर्दै आएका छन् । 
 
चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मी आफूले गरेका शल्यक्रियामध्ये ३० प्रतिशत ७५ वर्षमाथिका रहेको बताउँछन् । एक दिनको शिशुदेखि ९५ वर्षका वृद्धको समेत आफूले मुटुको शल्यक्रिया गरेको उनको भनाइ छ । सन् २००२ देखि १० वर्ष काठमाडौैँको गङ्गालाल हृदयरोग केन्द्रमा काम गरेका डा रेग्मी विगत ११ वर्षदेखि चितवन मेडिकल कलेजमा काम गर्दै आएका छन् । मेडिकल कलेजमा विभिन्न विभागसमेत रहेकाले वृद्धवृद्धामा देखिने अन्य समस्याको उपचार गरेर मुटुको शल्यक्रिया गर्ने गरेको उनको भनाइ छ । कतिपयको मुटुको शल्यक्रियापछि प्रोस्टेटलगायत अन्य रोगको शल्यक्रिया गर्ने गरेको डा रेग्मी बताउँछन् ।
 
चितवन आएर मात्रै आफ्नो नेतृत्वमा मुटुका पाँच हजार चार सय ७१ जटिल शल्यक्रिया गरेको बताउँदै उनले यीमध्ये ३० प्रतिशत ७५ वर्षमाथिका वृद्धवृद्धा रहेको बताए  । उनका अनुसार कोरोनरी एन्जियोग्राम तीन हजार ७४, कोरोनरी एन्जियोप्लास्टी एक हजार नौ सय ३३, पेसमेकर दुई सय ४७, पिटिएमसिन (मुटुको भल्व सानो भएको) दुई सय आठ, बिएभी दुई र बिपिभि सात वटा भएका छन् । यसबाहेक मुटुमा जमेको पानी तान्ने, अस्थायी ब्याट्री राख्नेलगायत साना शल्यक्रिया भएको डा रेग्मीले जानकारी दिए ।
 
उनले भने, “एक दिनको बच्चादेखि ९५ वर्षको वृद्धसम्मको शल्यक्रिया गरेको छु”, यस अस्पतालमा मुटुरोग विभागमा तीन जना विशेषज्ञ चिकित्सक, दुई जना डिएम विद्यार्थी, पाँच जना फेलोसिप विद्यार्थी रहेका छन् । रेग्मीले नचिरिकन शल्यक्रियासमेत गरिने भएकाले राजधानी काठमाडौँबाट बिरामी आउने गरेको बताए । सबै चिकित्सकले पाको उमेरकाको मुटुको शल्यक्रिया गर्न नचाहने भएकाले त्यस्ता बिरामी डा रेग्मीकोमा धेरै आउने गरेको उनको विभागमा कार्यरत अमृत काफ्लेले बताए ।
 
राजधानी काठमाडौँमा रहेका निजी तथा सरकारी मुटु अस्पताल सरहको उपकरण, प्रविधि र जनशक्ति जिल्लामा नै रहेको डा रेग्मीको दावी छ । उनले थपे, “हामी उपकरण, प्रविधि र जनशक्तिमा कमजोर छैनौँ ।” अस्पतालमा अत्याधुनिक उपकरणसहितको क्याथ ल्याब रहेको छ ।
 
नेपाल सरकारको विपन्न नागरिक औषद्योपचार कोषमार्फत उपलब्ध एक लाख बराबरको छुटसमेत यस अस्पतालमा पाइन्छ । हिँड्दा छाती दुख्ने, छाती भारी हुने, हिँड्दा श्वास हुनेजस्ता लक्षण देखिएमा मुटुरोग लागेको हुनसक्ने भन्दै डा रेग्मीले यस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउन सुझाव दिए । मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले काठमाडौँसहित देशैभरबाट मुटुको उपचारका लागि बिरामी आउने गरेको बताए । डा रेग्मी मुटुको शल्यक्रिया धेरै गर्ने चिकित्सकमा परिचित भएको भन्दै उनले यसअघि उपचार पाएकाको सुझावकै कारण धेरै बिरामी आउने गरेको बताए । 
 

सम्बन्धित समाचार

ह्वात्तै बढ्यो कोरोना, १४२ जनामा संक्रमण पुष्टि

- / शुक्रबार, चैत १७, २०७९

 

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमित पाइएको हो । 

मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा १४२ जनामा संक्रमण पाइएको हो । तीमध्ये आरटी पीसीआर विध

 

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमित पाइएको हो । 

मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा १४२ जनामा संक्रमण पाइएको हो । तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टीजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आरटी पीसीआर विधिबाट मात्र गरिएको परीक्षणको आधारमा देशमा हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

- / शुक्रबार, चैत १७, २०७९

कञ्चनपुर । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ ।

“भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ, ” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, “पछिल्लो समय भारतमा सङ्क्र

कञ्चनपुर । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ ।

“भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ, ” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, “पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको छ ।” सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड–१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ । 

“अहिले एक/दुई जनामा सङ्क्रमण देखिन थालेको छ”, पन्तले भने , “यहाँ कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ ।” कोभिड–१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ । 

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिए । प्राथमिकताका आधारमा खोप लगाइने उनले बताए । “अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ”, उनले भने, “आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरु हुँदैछ ।” 

नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ । नयाँ वर्ष मनाउन फर्किनेको सङ्ख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन । चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन । 

त्यसैगरी दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन् । “खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको सङ्ख्या घटेको छ”, पन्तले भने ।

Read More
ads-image
ads-image
ads-image
ads-image