थप समाचार मेनु

हामी अर्थात पुरुषहरू

- बलराम तिमल्सिना / मंगलबार, माघ १७, २०७९ ११:४९

हामी अर्थात पुरुषहरू
धर्म, परम्परा या कानूनको आड लिएर
या तिनीहरूको बहाना बनाएर
पैत्रिक सम्पत्ति सबै कब्जा गरेर
दिदी बहिनी ठग्ने 
महाठग दाजुभाइहरू हौं !

हामी अर्थात पुरुषहरू
धर्म‌,परम्परा र कानूनकै तरवार बोकेर
या तिनीहरूको बहाना बनाएर
आफ्नै छोरा र छोरीमा भेदभाव गर्ने
सारा सम्पत्ति छोराको नाममा नामसारी गरिदिएर
छोरीको थरसारी गरिदिने
असभ्य, अनैतिक र अत्याचारी बाबुहरू हौं ।

हामी अर्थात पुरुषहरू 
बिना तलव 
र बिना अधिकारमा‌
हाम्रो अङ्शको रक्षा 
हाम्रो भोक तिर्खा र काम वासनाको ख्याल
र वङ्शको निरन्तरता दिन
महिलाहरूलाई
बैबाहिक/बैधानिक दासी बनाउने
माचिस्मो लोग्नेहरू हौं ।

हामी अर्थात पुरुषहरू 
पावर-प्लस गोली खाएर 
कृतिम तथा अतिरिक्त शक्ति प्रदर्शन गर्ने 
घरदेखि राज्यसम्म 
सबैतिर हालिमुहाली गर्ने 
स्वघोषित राजाहरू हौं ।

हामी अर्थात पुरुषहरू 
कसैका पति परमेश्वर
कसैका पिता परमेश्वर
र कसैका पुत्र परमेश्वर 
देउताहरू हौं ।

हामी अर्थात पुरुषहरू
इतिहासको कठघरामा
घुँडा टेकेर माफी माग्न 
र कहिलै विगत नदोहोर्याउने कसम खान योग्य
अभियुक्तहरू हौं ।

हामीले गर्नु पर्ने छ 
प्रायश्चित अनुष्ठान हजारौं
हाम्रा पुर्वजदेखि हामीसम्मको लागि 
र घोषणा गर्नु छ-
अब हामीहरू मानिस बन्न चाहन्छौं 
त्यसो गर्न सक्दैनौं भने हामी
हामी अर्थात पुरुषहरूले
हामी अर्थात ठगहरूले
हामी अर्थात अनैतिकहरूले
हामी अर्थात स्वघोषित परमेश्वरहरूले
बढ्ता नखोकेको राम्रो 
अहम् नबोकेको राम्रो ।

सम्बन्धित समाचार

ल भन्नुस त उसको नाम के हो ?

- बलराम तिमल्सिना / मंगलबार, चैत १४, २०७९

ऊ महिलालाई 
अर्धनग्न यौन खेलौना बनाउन चाहन्छ 
महिलाहरूले प्रतिवाद गरेनन् 
र उसको ईच्छा मुताविक गरे भने के हुन्छ?

ऊ पुरुषलाई 
उत्तेजनात्मक ओखती खुवाएर
बियाडे राँगो जस्तै बनाउन चाहन्छ 
सज्जन पुरुषहरूले
बुझेनन् भने उसको षडयन्त्र 
र उसैको आदेशमा हिडे भने के हुन्छ?

महिलालाई 
राँगो खो

ऊ महिलालाई 
अर्धनग्न यौन खेलौना बनाउन चाहन्छ 
महिलाहरूले प्रतिवाद गरेनन् 
र उसको ईच्छा मुताविक गरे भने के हुन्छ?

ऊ पुरुषलाई 
उत्तेजनात्मक ओखती खुवाएर
बियाडे राँगो जस्तै बनाउन चाहन्छ 
सज्जन पुरुषहरूले
बुझेनन् भने उसको षडयन्त्र 
र उसैको आदेशमा हिडे भने के हुन्छ?

महिलालाई 
राँगो खोजेका भैंसी जस्तै बनाउने 
र पुरुषलाई 
बियाडे राँगो जस्तै बनाउनेका बिरुद्व
लडेनन् भने महिला र पुरुष
बगे भने उसको बहकावमा 
त्यसपछिको समाज कस्तो हुन्छ?

ऊ महिलालाई 
पुरुषको मन बिगार्ने पहिरनमा‌
आजन्म विराली-चालमा हिडाउन चाहन्छ 
र पुरुषलाई राखेर मञ्चमा 
महिला शरीरको नेतृपान गराइरहन्छ 
मञ्चमा बस्दा बस्दै 
पुरुषले मनमनै
हजार पटक बलात्कार गरिसक्छ
महिला हजार पटक बलत्कृत भैसक्छे ।

ऊ बोली फुट्दै गरेका छोरीहरुलाई 
नक्कल पार्न सिकाउँछ
आँखा झिम्काउन सिकाउँछ
र त्यही उमेरका छोरालाई 
तरुनी फकाउन सिकाउँछ !

ऊ चाहन्छ 
यस धरतीमा जन्मियून
केवल यौनको तीर्खा मात्र लाग्ने महिला र पुरुष
तिनीहरू भुलिरहुन 
प्रेमको नाममा‌ वासनामा 
र चलिरहोस् उसको राज अकन्टक 
के तपाईले चिन्नु भयो 
ऊ को हो ? 

ऊ 
तपाईले गलबन्दी भनेर घाँटीमा बेह्रेको साप हो 
ऊ तपाईले सल भनेर घाँटीमा‌ बेह्रेको साप हो !

अब त तपाईले पक्कै चिन्नु भयो होला‌
लौ भन्नुस त उसको नाम के हो?

२०७९ चैत्र १४
सिनामंगल, काठमाण्डौ

Read More

‘कोरोनातन्त्र’ ले गरेको शासन सूत्रउपन्यासमा

- / बिहीबार, चैत ९, २०७९

काठमाडौं । आख्यानकार रवीन्द्र समीरको नयाँ उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक भएको छ । चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिरपरिचित उनको सो सूत्र उपन्यासमा वैश्विक महामारी कोरोनासँग सम्बन्धित अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरिएको छ । 

    महामारीको यो अत्यासलाग्दो विभीषिकालाई शब्दमा सङ्गठित गर्दै कल्पना मिसेर व्यङ्ग्य

काठमाडौं । आख्यानकार रवीन्द्र समीरको नयाँ उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक भएको छ । चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिरपरिचित उनको सो सूत्र उपन्यासमा वैश्विक महामारी कोरोनासँग सम्बन्धित अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरिएको छ । 

    महामारीको यो अत्यासलाग्दो विभीषिकालाई शब्दमा सङ्गठित गर्दै कल्पना मिसेर व्यङ्ग्यात्मक शैलीमा लेखिएको सूत्रउपन्यास वर्तमान पुस्ताका लागि आफूले भोगेको विगत तथा भावी पुस्ताका लागि महामारीको गतिलो इतिहास हुनेछ । लघुकथाका थुँगाहरूलाई पृथक् आयामबाट एउटै सूत्रमा उनेर बनाइएको माला जस्तो यो उपन्यास भित्र  पृथक् अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् । तिनलाई समयको डोरीले बाँधेर सूत्रउपन्यास बनाइएको हो ।  

वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, शय्या र  अक्सिजन अभाव, सरकारी अकर्मण्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई उपन्यासमा बुनिएको छ ।  कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएको छ ।   पुस्तकको केन्द्रीय पात्र डा शर्माको भोगाइ तथा अनुभवले उपन्यास निकै बाँधिएको छ ।  कोरोना भाइरसले कोरोनातन्त्रका गरेको शासनलाई पुस्तकमा सुललित रूपमा उतारिएको छ ।  इन्डिगो इन्कले बजारमा ल्याएको सो पुस्तक महामारीको जीवन्त दस्तावेजका रूपमा रहने विश्वास गरिएको छ । 

    कोरोनाकालमा लेखकले चिकित्सकका हैसियतले नेपाल सरकारका विभिन्न निकायका साथै जनताका घरदैलामा स्वयंसेवक भई सेवा गर्नुभएको थियो । नेपाली साहित्य विशेषगरी लघुकथा र लघुकथात्मक उपन्यासका सर्जक समीरका यसअघि ‘तेस्रो आँखा’ ( २०५३ ), ‘पोस्टमार्टम’ ( २०६२ ), ‘विकिरण’ ( २०६३ ), ‘ईश्वरका कथा’ ( २०६५ ), ‘अर्जुनदृष्टि’ ( २०६७ ), ‘अणु र पहाड’ ( २०६९ ), ‘व्यंग्यम् शरणं गच्छामि’ ( २०७० ) र ‘एकलव्य दृष्टि’ ( २०७१ ) लघुकथासङ्ग्रह प्रकाशित छन् । 
    
    उनका ‘चाँदीको घेरा’ ( मुक्तकसङ्ग्रह, २०६२), ‘ग्रेटवालको ग्रेट अनुभूति’ (नियात्रासङ्ग्रह, २०६६), ‘भूकम्पमा मल्हमपट्टी’ (संस्मरण, २०७३), ‘मृत्युको आयु’ (उपन्यास, २०७६ ) पनि प्रकाशित छन् । समीरले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, रमेश विकल समाजसेवा सम्मान, साहित्य सन्ध्या पुरस्कार, नेपाल विद्याभूषण पदकलगायत दर्जनौँ राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् । 

Read More
ads-image
ads-image
ads-image
ads-image