थप समाचार मेनु

सुकुम्बासीलाई व्यवस्थित गर्न महानगरद्वारा छलफल सुरु

- / सोमबार, फागुन २९, २०७९ ०९:१८

विराटनगर  । विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो । सुकुम्बासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए । उनले सम्बन्धित सुकुम्बासीकै कुरा सुनेपछि समाधान गर्न सहज हुने भएकाले छलफल आयोजना गरेको प्रस्ट पारे ।

प्रमुख कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । उनले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकीलगायतका आधारभूत सुविधासहितको एकीकृत वस्ती निर्माण गरेर सुकुम्बासीलाई व्यवस्थित गर्ने योजना रहेको सुनाए । 

“हामीले व्यवस्थित गर्ने कोसिस गरेका छौँ”, प्रमुख कोइरालाले भने, “घरसहित व्यवस्थित गर्ने योजना छ । यसमा तपाईंहरुको पनि साथ चाहिन्छ । सक्नेले आर्थिक र नसक्नेले श्रमदान गर्नुपर्छ । यसो गर्दा आफूले पाएको चिजको महत्व र माया हुन्छ ।” 

उपप्रमुख शिल्पा निराला कार्कीसमेतको उपस्थितिमा भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले छलफलको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले सडक छेउछाउ निर्माण गरिएका अव्यवस्थित झुप्राझाप्रीले महानगरको सौन्दर्यतामा समेत ह्रास आएको दाबी गरे । 

कार्यक्रममा नेपाल बसोबास बस्ती संरक्षण समाजका नगर अध्यक्ष हीराकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) निकट क्रान्तिकारी भूमिहीन सङ्गठनकी इन्दिरा पौडेल चौलागाईं, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश दाहाल, सुकुम्बासी सङ्गठनमा आबद्ध कोसी पौडेल, रमेश ऋषिदेव, कुलबहादुर गुरुङ, चम्पादेवी, लक्ष्मी खड्का, जीतेन्द्र ऋषिदेव महानगरपालिकाले पहिलोपटक बोलाएर छलफल गरेकोमा खुसी व्यक्त गरेका थिए । 

अहिलेको महानगरको नेतृत्व सुकुम्बासी समस्या समाधान गर्न गम्भीर भएर लागेको आफूहरुले पाएको उनीहरुको भनाइ थियो । महानगरले छानबिन गरेर वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थित गर्नुपर्नेमा वक्ताले जोड दिएका थिए । 

छलफलमा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, १२ हीरालाल कामत, १५ प्रकाश साह, १८ का जीतेन्द्रकुमार साह, कार्यपालिका सदस्य कमला श्रेष्ठ, सरिता घिमिरे, दीपक कर्णलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

दुर्गमका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता लिन अझै सास्ती

- / बुधबार, चैत १५, २०७९

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका वृखबहादुर सार्कीलाई सामाजिक सुरक्षा भत्ता थाप्न कम्तीमा चार घण्टा पैदल हिँड्नुपर्छ । 

बिहानको झिसमिसमै तातो पानी पिएर बेलुका घर फर्किने गरी गाउँपालिकाको केन्द्र तेल्लोक पुग्दा कहिले समयमै काम हुन्छ त कहिले अबेर हुन्छ । समयमै काम हुँदा साँझ टर्च बालेर हस्याङफस्याङ गर्दै घर पुग्छन् । अबेर भए तेल्लोकमै बास

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका वृखबहादुर सार्कीलाई सामाजिक सुरक्षा भत्ता थाप्न कम्तीमा चार घण्टा पैदल हिँड्नुपर्छ । 

बिहानको झिसमिसमै तातो पानी पिएर बेलुका घर फर्किने गरी गाउँपालिकाको केन्द्र तेल्लोक पुग्दा कहिले समयमै काम हुन्छ त कहिले अबेर हुन्छ । समयमै काम हुँदा साँझ टर्च बालेर हस्याङफस्याङ गर्दै घर पुग्छन् । अबेर भए तेल्लोकमै बास बसेर भोलिपल्ट बिहान घर फर्किन्छन् । हरेक तीन महिनामा यसरी धाएको लामो समय भयो । बुढेसकालका कारण समय बित्दै जाँदा क्रमशः हिँड्डुल गर्न कठिन हुँदै गए पनि भत्ता लिन आफैँ पुग्नुपर्ने उनको बाध्यता हो ।
 
यता सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६९ वर्षीय थरमान सार्की करिब चार घण्टा पैदल हिँडेर गाउँपालिकाको केन्द्र साब्लाखुमा भत्ता थाप्न पुग्ने गरेका छन् । त्यहाँ लक्ष्मी बैंकको शाखा छ । बुढेसकालमा हिँड्दा पनि शरीर दुख्ने र गाडीमै जाँदा पनि उत्तिकै दुखाइ र थकान हुने उनले बताए । “कहिले भनेको बेला गाडी पाउँदैन हिँडेरै पुग्छु, कहिले गाडी पाउँदा गाडीमै जान्छु, तर बूढो भइयो हिँड्दा पनि र गाडीमै चढ्दा पनि सहज छैन”, उनले भने ।
 
यसरी घण्टौँ पैदल हिँडेर भत्ता लिने उहाँनीहरू मात्रै नभई दूरदराजका गाउँमा बसोबास गर्ने थुप्रै वृद्धवृद्धा छन् । सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत दिन थालेपछि हरेक स्थानीय तहका केन्द्रमा बैंकका शाखा खुलेका छन् । तर पहाडी जिल्लाका दुर्गम गाउँमा बसोबास गर्ने नागरिकलाई स्थानीय तहका केन्द्रसम्म पुगेर भत्ता थाप्न अझै घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको छ । बुढेसकालमा लौरोको सहारामा घण्टौँ हिँड्दा हैरान खेप्नुपरेको वृद्धवृद्धा गुनासो गर्छन् । “उमेरले डाँडा काटेपछि हिँड्डुल गर्न कठिन हुन्छ । बुढेसकालको सहारा बनेको भत्ता थाप्न लौरो टेकेर हिँड्नैपर्ने कर छ”, वृखबहादुर सार्कीले भने ।
 
 आर्थिक अवस्था कमजोर बनेका वृद्धवृद्धाले शरीरको दुखाइ र थकानको महसुस नगरी हिँड्ने हिम्मत गरेको पाइन्छ । सवारी साधनमै ओहोरदोहोर गर्दा पनि वृद्ध शरीरलाई गाह्रो हुने गरेको उनीहरू बताउँछन् । कतिपय गाउँका हिँड्डुल गर्न नसक्ने अशक्त वृद्धवृद्धाको भत्ता वडाको सिफारिससहित आफन्तले पु¥याइदिन्छन् । केहीले संरक्षक राखेर पनि उनीहरूमार्फत भत्ता निकाल्ने गरेका छन् । तर प्रायजसोले संरक्षक राखेका छैनन् । भत्ता थापेर आफैँ खर्च गर्लान् भन्ने शङ्काले संरक्षक नराखेको हुन सक्ने सिदिङ्वा गाउँपालिकाको मेहेलेका भुपाल मंरातीले बताए । उनी वडा कार्यालयमा कार्यरत छन् ।
 
यता आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेका वडाध्यक्ष ललित राईले गाउँका अशक्त र बिरामी अवस्थाका वृद्धवृद्धाको चेक सङ्कलन गरेर भत्ता निकासा गरी घरमै लगिदिने गरेका छन् । गाउँ कार्यपालिकाले वडाध्यक्षमार्फत घरमै लगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेपछि वडाध्यक्षले चेक सङ्कलन गरी भत्ता बाँड्ने गरेका हुन्। 

“बैंकसम्म पुग्न कठिन अवस्थाका वृद्धवृद्धालाई सहज होस् भनेर वडाध्यक्षमार्फत चेक सङ्कलन गरी सामाजिक सुरक्षा भत्ता बाँड्ने निर्णय गरेर कार्यान्वयन भइरहेको छ”, गाउँपालिका अध्यक्ष दीपेन पोमुले भने । अन्य स्थानीय तहमा भने घरमै लगेर बाँड्ने योजना छैन । “अहिलेसम्म गाउँपालिकाको केन्द्रमा रहेको बैंकमै आएर सामाजिक सुरक्षा भत्ता लैजान्छन्, टाढाका मानिसलाई भने अप्ठ्यारो देखिएको छ, उनीहरूको सहजताका लागि विकल्प सोचिरहेका छौँ”, सिरीजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले भने ।
 
स्थानीय तह आउनुभन्दा अघि वडा सचिवले घरघरमै लगेर बाँड्ने गरेका थिए । कतिपय वडामा पायक पर्ने ठाउँमा जम्मा गरेर पनि बाँड्ने गरिन्थ्यो । हाल स्थानीय तह आएपछि बैंकमार्फत भत्ता दिने गरिएको हो । यसरी बैंकमार्फत सम्बन्धित व्यक्तिको बैंक खाता खोलेर भत्ता दिने सुनिश्चित गरिए पनि दुर्गम ठाउँका नागरिकले भने अझै सास्ती खेप्नुपरेको स्थानीयवासीले बताएका छन् । 

Read More

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

- / बुधबार, चैत १५, २०७९

काठमाडौं । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा प

काठमाडौं । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ । यसअघि मुगुको भिइ केन्द्रविन्दु भएर यही चैत १० गते चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो ।

Read More
ads-image
ads-image
ads-image
ads-image