मदिरा सेवनले के असर गर्छ, कसरी बच्ने ?
- / शुक्रबार, माघ २७, २०७९ १४:२९
- / शुक्रबार, माघ २७, २०७९ १४:२९
काठमाडौं । मानिसहरूले विभिन्न किसिमका मदिरा जाँड, रक्सी, बियर, वाइन, आदि सेवन गर्दछन् । मदिराको सेवन विश्वकै एउटा प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेको पाइन्छ ।
यद्यपि मदिरा सेवन सीमित मात्रामा गर्नाले फाइँदा हुने कुराको पर्याप्त पुष्टि भएको हुन सकेको छैन । नसर्ने रोग जस्तै: क्यान्सर, उच्च रक्तचाप, मुटु तथा रक्तनलीसम्बन्धी रोग, मानसिक रोग, कलेजोसम्बन्धी रोग निम्त्याउने प्रमुख कारक तत्त्व मदिरा सेवन भएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।
मदिरा सेवनबाट हुने स्वास्थ्य समस्या र असरहरू
–दुर्घटना तथा चोटपटक लाग्ने
–अशक्त हुने
–सामाजिक सुरक्षा खलबलिने
–घरेलु हिंसा बढ्ने
–आर्थिक र व्यक्तिगत जीवनको विकासमा वाधा गर्ने
मदिराको सेवनबाट हुने स्वास्थ्य समस्याहरु
–स्नायु तथा मनोरोग,छारे रोग तथा बौद्धिक क्षमतामा ह्रास हुने
–रक्तचाप बढ्नुका साथै रगतमा चिल्लाको मात्रा बढाउने र मोटोपना हुने
–कलेजो,मुटु र पेटसम्बन्धी तथा मानसिक रोग र विभिन्न अङ्गहरुको क्यान्सर हुने
–अमलपित्त ग्यासटाइटिस
–पेट तथा आन्द्रामा घाउ हुने
–गर्भवती महिलाले मदिराको सेवन गरेमा बच्चा जन्माउँदा जटिलता आउने, जन्मेको बच्चा शारीरिक र मानसिक रूपमा सुस्त र रोगी हुने तथा गर्भपतन समेत पनि हुन सक्छ ।
मदिराको सेवन गर्ने कुलतबाट कसरी बच्ने ?
मदिराको सेवनका कारण थुप्रै मानिसहरू अकालमै मृत्युको मुखमा परेका छन् । त्यसैले यसको सेवन नगर्नु नै स्वास्थ्यको लागि राम्रो हुन्छ ।
मदिराको सेवन गर्नबाट उम्किने केही उपायहरू
–साथीभाइको दबाबमा नपर्ने र कसैको लहैलहैमा नलाग्ने
–मदिरापान शुरु गर्दै नगर्ने र नचाख्ने
–मदिरा सेवनका दीर्घकालीन असरहरूको मनन गर्ने
–स्वास्थ्यकर्मीको सल्लाह लिने वा यसलाई त्याग्न व्यक्ति आफैले दृढ सङ्कल्प अठोट लिने