थप समाचार मेनु

मौरी व्यवसायीबाट वार्षिक १३ लाख आम्दानी

- / मंगलबार, फागुन ३०, २०७९ १५:५९

 

बेलबारी । मौरीले परागसेचन गरेर उत्पादन वृद्धि र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । मौरी बिना उचित परागसेचन नहुँदा खाद्य वस्तुको उत्पादनमा समेत ह्रास आउँछ । 

विश्वमा खाद्य उत्पादन वृद्धि गर्न र खाद्य सुरक्षाको प्रत्याभूति गर्न मौरीले पनि अहम् भूमिका निर्वाह गर्दछ । राम्रो बजार र लोभलाग्दो गुण भएकै कारण मौरीपालन कृषकको रोजाइमा पर्दछ ।

मोरङको लेटाङ नगरपालिका भित्रबाट मात्रै व्यावसायिक किसानहरुले उत्पादन गरेको मह औसतमा वार्षिक आठ सय क्विन्टलभन्दा बढी पालिकाबाहिर निर्यात हुने गरेकामा विगत वर्षहरुमा भन्दा यस वर्ष मह उत्पादनमा कमी आउने सङ्केत देखिएको लेटाङ–९ जाँते मनकामना मौरीपालक केन्द्रका सञ्चालक इमनाथ पोख्रेलले बताए । जङ्गली फूल फुल्नु अगाडि पानी पर्न नसक्दा बोटबिरुवाका फूलहरु सुक्न थालेकाले मौरीलाई चरणको अभाव भएको र  मह कम उत्पादन हुने सङ्केत देखिएको उनको भनाइ छ । 

विसं २०५८ देखि लगातार मौरीपालन गर्दै आएका पोख्रेलले दुई सय ५० घारभन्दा बढी मौरी पालेर वार्षिक ३० देखि ३५ क्विन्टलभन्दा बढी मह उत्पादन गरिरहेको उल्लेख गरे । तोरीको समयमा मात्रै २० क्विन्टल मह उत्पादन हुुने गरेको उहाँको जिकिर छ । तोरीको फूल फुल्ने समयभन्दा अन्य समयमा मह कम उत्पादन हुने गर्दछ । वार्षिक रु १२–१३ लाख कमाई हुने गरेको कृषक पोख्रेलले बताए । 

“हाल प्रतिकिलो आठ सयका दरले मह बिक्री गर्ने गरेको र सम्पूर्ण खर्च कटाएर प्रतिकिलो रु तीन सय नाफा हुने गरेको छ”, पोख्रेल भने,“नेपालमा राम्रो मह उत्पादन हुन्छ तर राज्यले यसलाई ब्रान्डिङ गर्न पहल गरिदिनुर्पयो।  अझ चारकोसे झाडी तथा जङ्गलमा चराएका मौरीको महमा औषधीय गुण हुन्छ ।” 

मेलिफेरा र सेराना जातका मौरीपालन गर्दा राम्रोसँग उत्पादन लिन सकिन्छ । मेलिफेरा जातको मौरीलाई तराई र भित्री मधेसमा पालन गर्न सकिन्छ भने सेराना जातको मौरीलाई उच्च पहाडी क्षेत्रमा पालन गर्न सकिन्छ । चरण क्षेत्रमा लगाइएका बालीमा प्रयोग हुने विषादीका कारण मौरीमा प्रतिकूल असर परी मौरीपालन व्यवसायीहरु मारमा पर्दै आएको मौरी चरण क्षेत्र बेलबारी ११ भाङबारीका जीवन अधिकारीले बताए ।

विदेशी कम गुणस्तरीय मह स्वदेशी बजारमा छ्याप्छ्याप्ती भित्रिदा स्वदेशी महले उचित मूल्य पाउन नसकेको किसान इमनाथ पोख्रेलले बताए । स्वदेशी महको गुणस्तर मापन गरेर ग्राहकसम्म पु¥याउन सरकारले भूमिका निर्वाह गरे कृषकलाई राहत पुग्ने उनको अपेक्षा छ । निजी क्षेत्रबाट गोल्छा अर्गनाइजेसन कम्पनी र मह कृषकबीच सम्झौता भए पनि कार्यान्वयन भने अझै हुन नसकेको लेटाङ नगरपालिकाका कृषि शाखाप्रमुख करण श्रेष्ठले बताए । मह परीक्षण ल्याब स्थापना गर्न ढिलाइ भएको कारण देखाउँदै उक्त कम्पनी पन्छिएको कृषक इमनाथ पोख्रेलको आरोप छ । उक्त नगरपालिका क्षेत्रभित्र एक हजार पाँच सयभन्दा धेरै व्यावसायिक मौरीका घारहरु रहेकामा १० वटा मौरीपालन फार्म र एउटा मौरीपालन समूह छन् । वडा नं १, २, ५ र ६ का कृषकहरु मिलेर उक्त समूह सञ्चालन गरिरहेका छन् ।

महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी, सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्त्व पाइन्छ, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छ । महमा ११ वटा महत्त्वपूर्ण मिनिरल पाइन्छ, जुन मानव शरीरको बनावट र विकासका लागि निकै आवश्यक हुन्छ । 

सम्बन्धित समाचार

जलवायु अनुकूलित गाउँका किसान व्यावसायिक बन्दै

- / शनिबार, चैत ११, २०७९

 

इलाम । चैत महिनाको सुक्खायाममा समेत नामसालिङका किसानको बारीमा हरियाली छ । खेतबारीमा तरकारी र टनेलमा विभिन्न बाली लगाएर आम्दानीसमेत बढेको छ । 

मौसममा अकबरेको उत्पादन, टमाटर, खुर्सानीका बिरुवा उत्पादन गरी बिक्री गरेको किसानको भनाइ छ । इलामको माइजोगमाई गाउँपालिकाको नामसालिङ गाउँका किसान तरकारीसहितका खेतीमा व्यावसायिक बन्न थालेका छन् । जलवायु अनुकूलन

 

इलाम । चैत महिनाको सुक्खायाममा समेत नामसालिङका किसानको बारीमा हरियाली छ । खेतबारीमा तरकारी र टनेलमा विभिन्न बाली लगाएर आम्दानीसमेत बढेको छ । 

मौसममा अकबरेको उत्पादन, टमाटर, खुर्सानीका बिरुवा उत्पादन गरी बिक्री गरेको किसानको भनाइ छ । इलामको माइजोगमाई गाउँपालिकाको नामसालिङ गाउँका किसान तरकारीसहितका खेतीमा व्यावसायिक बन्न थालेका छन् । जलवायु अनुकूलन गाउँ बनाउने किसानको प्रयासमा नोरेक नर्वेको सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्रले कृषकलाई सहयोग गर्दै आएको छ ।

विगत वर्षहरुमा भन्दा यस वर्ष आफ्नो उत्पादनसमेत वृद्धि भएको किसान मुकेश सञ्जेलले बताए । गएका वर्षमा भन्दा यस वर्ष उत्पादन र आम्दानी बढेको उनको भनाइ छ । किसानको उत्साहमा यहाँ सञ्चालित जलवायु अनुकूलन गाउँ उन्मुख योजनाले थप सहयोग गरेको छ । किसानलाई विभिन्न कृषि सामग्री अनुदान र कृषि सहकारीका सदस्यलाई गोठ सुधार र प्राङ्गारिक मल बनाउन सहयोग पुगेको संस्थाको दाबी छ । 

जलवायु अनुकूलित खेती प्रणाली प्रवद्र्धन गर्न तालिम र नवीकणीय ऊर्जा, प्रवद्र्धन गरिएको छ । गाइखुरे सहकारी संस्थाका सदस्यलाई सिँचाइका लागि स्प्रिङकल, गोठ सुधारका लागि चाहिने सामाग्री, टनेल खेतीमा चाहिने प्लाष्टिक र नेट वितरण गरिएको छ । प्लाष्टिक पोखरी निर्माण र टनेलमा तरकारी खेतीमा किसान अग्रसर भएका छन् ।

Read More

रुकुमपश्चिममा कृषकलाई दूधमा प्रोत्साहन

- / शनिबार, चैत ४, २०७९

काठमाडौं । रुकुमपश्चिममा कृषकले दूधमा प्रोत्साहन पाउन सुरु गरेका छन् । कर्णाली प्रदेश सरकारले पशु अस्पताल तथा पशु सेवा कार्यालयमार्फत जिल्लाका दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गर्न सुरु गरेको हो । 

    चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालनमा आएको हो । कृषकलाई दूधमा प्रतिलिटर रु पाँच प्रोत्साहनस्वरुप अनुदान वितरण भइरहेको पशु अस

काठमाडौं । रुकुमपश्चिममा कृषकले दूधमा प्रोत्साहन पाउन सुरु गरेका छन् । कर्णाली प्रदेश सरकारले पशु अस्पताल तथा पशु सेवा कार्यालयमार्फत जिल्लाका दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गर्न सुरु गरेको हो । 

    चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालनमा आएको हो । कृषकलाई दूधमा प्रतिलिटर रु पाँच प्रोत्साहनस्वरुप अनुदान वितरण भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिए । जिल्लामा अहिलेसम्म ९० कृषकले प्रोत्साहन पाउन सुरु गरेको उनले बताए । अहिलेसम्म प्रोत्साहनस्वरुप रु छ लाख ६५ हजार कृषकको खातामा रकम गएको उनको भनाइ छ ।

    अहिलेसम्म एक कृषकले कम्तीमा रु एक हजार दुई सयदेखि बढीमा रु ६५ हजारसम्म प्रोत्साहन रकम पाएको उनले जानकारी दिए । कृषकले बेचेको दूधका आधारमा प्रतिलिटर रु पाँच प्रोत्साहन रकम दिने व्यवस्था गरिएको छ । यसका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालय र स्थानीय तहमा दर्ता भएका दुग्ध सहकारी, डेरी र चिस्यान केन्द्रमा मात्र दूध बिक्री गर्नुपर्ने हुन्छ ।

    दूधमा प्रोत्साहन कार्यक्रमका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालयले कृषको आवेदन माग गरेको थियो । त्यसअनुसार जिल्लामा चार सय बढी कृषकले आवेदन दिएका थिए । प्रमुख शर्माका अनुसार प्रत्येक तीन–तीन महिनामा कृषकको खातामा रकम जम्मा हुने व्यवस्था गरिएको छ ।

    कृषकले कति दूध बिक्री गरे भनेर कार्यालय आफँैले सम्बन्धित दुग्ध सहकारी, डेरी तथा चिस्यान केन्द्रबाट विवरण लिने गरेको छ । त्यस्ता सहकारी, डेरी र चिस्यान केन्द्र अहिलेसम्म १७ रहेको बताइएको छ । दूधमा प्रोत्साहनका लागि प्रदेश सरकारले जिल्लामा चालु आवका लागि रु ४० लाख पठाएको छ ।

Read More
ads-image
ads-image
ads-image
ads-image