थप समाचार मेनु
सबै चित्रहरु

जोखिमपूर्ण यात्रा
दाङको घोराहीबाट बंगलाचुलीजाने यात्रुबहाक बसको छ्तमा बसेर जोखिमपूर्ण यात्रा गर्दै नागरिक । गाडी कम चल्ने भएकाले जोखिम मोलेर भए पनि यात्रा गर्नुपरेको यात्रु बताउँछन् । तस्बिर: रञ्जिता अधिकारी

नवनिर्वाचित राष्ट्रपति पौडेललाई शपथ
काठमाडाै । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सोमबार राष्ट्रपति कार्यालयल शीतल निवासमा आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै ।
तस्बिरः रासस

लुम्बिनीकाे मायादेवी मन्दिर
लुम्बिनी । नयाँ गजुर स्थापनापछि बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर ।
तस्बिरः भरत केसी/रासस

काठमाडौँको घना बस्ती
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ३ स्थिति हल्चोक आकाश भैरवनाथ गुठी घरबाट देखिएको काठमाडौँको घना बस्ती ।
तस्बिर : रासस

काठमाडाै । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन उपस्थित हुर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।
तस्बिरः रासस

२२औँ सशस्त्र प्रहरी दिवस कार्यक्रममा सहभागी
काठमाडाै । सशस्त्र प्रहरीबल नेपालको प्रधान कार्यालय हलचोकमा २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा सहभागी हुनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' साथै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ।

२२औँ सशस्त्र प्रहरी दिवस कार्यक्रममा सहभागी प्रधानमन्त्री र गृहमन्त्री
काठमाडाै । सशस्त्र प्रहरीबल नेपालको प्रधान कार्यालय हलचोकमा २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा सहभागी हुनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' साथै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ।
तस्बिरः प्रदीपराज वन्त/रासस

राष्ट्रिय सोनाम ल्होसार कार्यक्रमका सहभागी
काठमाडाै । आफ्नो भेषभूषामा सजिएर काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित राष्ट्रिय सोनाम ल्होसार कार्यक्रममा सहभागी युवतीहरु ।
तस्बिरः प्रदीपराज वन्त/रासस

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३, पिपलाडीमा परम्परागत पहिनमा सजिएका थारु युवती । थारु युवतीले परम्परागत पहिन लगाउन थालेपछि संस्कृति संरक्षणमा टेवा पुगेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु

राष्ट्रपतिद्धारा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ
काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउँदै ।
तस्बिरः रासस

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश दुई प्रदेश जोड्ने पुल
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–११ को कुइनेघाटस्थित कर्णाली नदी माथिको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश जोड्ने पुल ।
तस्बिरः सुरेश आचार्य/रासस

मौसम सफा भएपछि देखिएको माछापुच्छ्रे हिमाल
पोखरा । पोखरा महानगरपालिका–१० बाट बुधबार मौसम सफा भएपछि देखिएको माछापुछ्रे हिमाल ।
तस्बिर: रामबहादुर थापा

लभ पार्क
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ९ मा रहेको पर्यटकीय क्षेत्र गुफाडाँडामा निर्माण गरिएको लभ पार्क । तस्बिरः रूपक पुरी

बुढापाकाहरु देउडा खेल खेल्दै
सुर्खेत । सुर्खेतको बराहताल गाउँपलिका–४ तरङ्गामा देउडा खेल खेल्दै स्थानीय बासिन्दा । संस्कृति जोगाउन यहाँको बुढापाकाहरुले समय–समयमा देउडा खेल खेल्ने गर्दछन् ।
तस्बिरः सुरेश आचार्य/रासस

सचेत गराउँदै ट्राफिक प्रहरी
कोभिड-१९ को सङ्क्रमणबाट बच्नका लागि मास्कको अनिवार्य प्रयोग गर्न यात्रुलाई सचेत गराउँदै ट्राफिक प्रहरी । तस्बिरः किरणराज विष्ट

हनुमानसँगै पर्यटक
बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य सर्वसिद्धिधाम पञ्चकोटमा रहेको हनुमान शिलामा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । तस्बिर ः खेमराज गौतम

दुई वर्षपछि प्रचण्ड निवास पुगे केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

टौदह पोखरी
किर्तिपुर नगरपालिका– ६ मा अवस्थित टौदह पोखरी । यस पोखरीको बनावट अष्टकोण आकार एवं काठमाडौँ उपत्यकाको आकारसँग मिल्दोजुल्दो छ । पोखरीलाई कुनैपनि ठाउँबाट पूरा देख्न सकिदैन । यो पोखरी श्री कर्कट नागराजा नागरानीको बासस्थान रहेको किम्बदन्ती रहेको छ । तस्बिरः हरिराम भेटुवाल

नवनियुक्त उपप्रधानमन्त्री शपथ
नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुहुँदै । तस्बिरः प्रदीपराज वन्त